कवि: अञ्जु कुँवर
तिमी सर्वप्रिय छौ,
आशाको किरण बनिरहेका छौ ।
निराशाको लहरमा तिम्रो उदयले
“उज्यालो नेपाल” बन्ने सपना
पुनः जागृत गराएको छ ।
तिमी तमाम सपनाका आधार हौ,
लोकप्रियताको उच्च कसीमा
हिँडिरहँदा आफैँ मनन गर्नु—
देशले मलाई खोज्यो कि मैले देशलाई ?
धैर्य र सौहार्दको आलोकमा
तिमीलाई जनताले खोजेका छन्,
यो विश्वास सधैँ कायम राखिरहनु ।
सफलताको बाटो कठिन छ,
तर अवश्यम्भावी छ ।
तिम्रो राजनीतिक यात्रा सफल होस्—
हृदयदेखि शुभकामना ।


