आज रमिता छ देशमा
हाहाकार छन् जनता
लुछाचुँडी छन् नेता
हो आज रमिता छ देशमा
कोरोना को मारले छट्पटिदै जनता
सत्ता को मातमा लुटपुटिदै नेता
हो आज रमिता छ देशमा ।
कस्तो लोकतन्त्र, पायौँ हामीले
जनताको दुःखमा ताण्डव मच्चाउने
कस्तो नेता छन्यौँ हामीले
काखमा राखि छुरी धस्ने
हो आज रमिता छ देशमा ।
आँखामा आँशु थामिएन
बिरामीको तडपले
घरबाट बाहिर निस्कनै सकेन
कोरोना को त्रासले
हो आज रमिता छ देशमा
सत्ताको दाउ खेल्ने नेता
लाचार छन् जनता
कोरोनाको मारमा पिल्सिएका
गरिबीको भारले दबिएका
हो आज रमिता छ देशमा ।।