आजभोलि यो आँखाले
तिमीलाई नै रोज्छ
मानिसहरू को भीडमा पनि
तिमीलाई नै खोज्छ
कस्तो मोहनी लगायौ मलाई
आफैंलाई बिर्सन्छु म
तिमी मेरो सुन्दर तस्विर
आँखा जुधाइ हेर्न मन पर्छ
तिम्रो मुस्कानले मेरा मनका सारा
पीडा भुलाइदिन्छ
आउ एक अर्कालाई माया गरौं
फेरि यो दिन आउला या नआउला
मेरो जीवनमा उज्यालो छाउला या नछाउला
बुनिदेउ मायाका मीठा मीठा सपनाहरू
बेरियौं मायाको डोरीले तन मन एकै बनि
रूझौं मायाले मीठो सपना सजाएर
भोली उज्यालो दिन होला या नहोला
फेरि यो समय आउला या नआउला
तिमी बिनाको मेरो जीवन अपुरो लाग्छ
तिमी साथ नभए हरेक यात्रा सुनसान लाग्छ
तिमी बिनाको हरेक क्षण अधुरो लाग्छ
तिमी बिनाको जीवन अर्थहीन लाग्छ |
तिमी मेरो सुन्दर तस्वीर
यो आँखा ले तिमिलाई रोज्छ |
– सरिता पराजुली



