घमण्डले भरिएका हुन्छन्
अनुहार राम्रा हुनेहरु
काँडा फिँजाएर बस्छे गुलाफ
चिसो बोकेर बस्छ हिमाल
लेक चढेर फुल्छे गुराँस
गहिरिएर बग्छे नदी
टिप्नै हुँदैन
वैलिएर सड्छे सुनाखरी
हेर्नै हुँदैन
ज्योति छिनेर लान्छ प्रभाकर
डुब्नै हुँदैन
स्वास थुनेर मार्छ समुद्र
सुन्दर बगानहरुभित्र
पीडादायक छ मजदुरको जीवन
मनमोहक हिमालका काखमा
दुःखपूर्ण छ बाँच्ने संघर्षको कथा
‘सुन्दरता’
देख्ने आँखा र रमाउने मनभन्दा
अलग-अलग छ यो भोग्ने शरीर
अलग-अलग नै छन्
दृश्य र भोग्ने संसार
स्वभावले सारै नम्र हुन्छन्
अनुहार नराम्रो हुनेहरु
फोहोरी छ माटो
फोहोरी छ भकारो
तर यिनै फोहोरीले दिइरहेछन्
सबैभन्दा सुन्दर जीवन
गन्धे माटोमै फुल्छन् मनमोहक फूलहरु
दुर्गन्धित भकारोमै फल्छन्
जीवन दिने अन्नबालीहरु
धुस्रे किसान र फुस्रे मजदुरहरु नै हुन्
सुनौलो संसार बनाउने परिश्रमीहरु,
मेहनतीहरु।
°°°
दमक, झापा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।