Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » “चिकित्साका चौध तारा” माथि सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा विमर्श कार्यक्रम

“चिकित्साका चौध तारा” माथि सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा विमर्श कार्यक्रम

समाचार
हाम्रो कथा घरहाम्रो कथा घरफाल्गुन २, २०८१103 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

काठमाडौं। लेखक तथा सञ्चारकर्मी राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त चिकित्साका चौध ताराको विमर्श कार्यक्रम सम्पन्न भएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.सुमनराज ताम्राकार तथा वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारीले पुस्तकको चर्चा गर्नुभएको थियो।

पुस्तकको चर्चा गर्दै प्रा.डा.ताम्राकारले हिजोको चिकित्साक्षेत्रमा लागिपरेकाहरुको बारेमा यसरी कृति लेखिनु महत्वपूर्ण भएको बताउनुभयो। वहाँले भन्नुभयो “यो पुस्तक चिकित्साक्षेत्रमा लाग्ने र नलाग्ने सबैले अध्ययन गर्नुपर्ने पुस्तक रहेछ। हिजोको चिकित्सा पुस्ताले गरेको दुख र भोगाईका कुराहरु कतिपय आफुलाई नयाँ लागेको छ। पुस्तक पढेर थाहा पाएको छु। प्राविधिक रुपमा गाह्रो काम राजेश खनालले गरेकोमा उनी धन्यवादको पात्र छन्।” प्रा.डा.ताम्राकारले आफ्नो अनुभव समेत जोडेर चिकित्साक्षेत्रका चुनौतिहरु बारे जानकारी समेत दिए।

अर्का चर्चाकार डा.अधिकारीले हजुरबुबा र बुबा पुस्ताका चिकित्सकहरुको बारेमा गैह्र चिकित्सकले लेखेको यो कृति महत्वपूर्ण छ भन्दै हिजोका पुस्ताका दुख, हण्डरहरु पाठक समक्ष पुऱ्याउन कृति सफल भएको बताए। “चिकित्साक्षेत्रको पायनियर रहेका व्यक्तित्वहरुको कृतिको रुपमा चिकित्साका चौध तारा आएको छ। अग्रज पुस्ताका १४ जना चिकित्सकहरुको जीवनका विभिन्न पाटो सहित हिजोको चिकित्साक्षेत्र कति कठिन थियो भन्ने बारेमा उनीहरुको भोगाइ पुस्तकले ल्याएको छ। विभिन्न विषयगत क्षेत्रका पायनियर चिकित्सकहरुले बेहोरेका धेरै कुराहरु हामीलाई प्रेरणा दिने खालका भएको र आफुले समेत थाहा नपाएका कुराहरु पुस्तक पढेर थाहा पाएको हुँदा कृति महत्वपर्ण छ।” अधिकारीले बताए।

प्रमुख अतिथि बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले खनालको पुस्तकले स्वास्थ्यक्षेत्रको पृष्ठभूमि र जानकारी दिन सफल रहेको बताए। कृतिले चिकित्सक लगायत स्वास्थ्य क्षेत्रको सम्मान गरेको छ। निबन्धात्मक शैलीको प्रचुरताले कृति भरिएको छ। यो कृति सबैको निम्ति उपयोगी छ। अग्रज चिकित्सकहरुको बारेमा लेखिएको कृतिको चर्चा चिकित्सकहरुबाटै हुनु महत्वपूर्ण भएको उनले बताए।

कृतिकार राजेश खनालले कृति तयार पार्दाका अनुभवहरु सुनाएका थिए।

वाङ्मयका अध्यक्ष साहित्यकार छविरमण सिलवालले उपस्थित सबैलाई स्वागत गर्दै सुुनकोसी वाङ्मय प्रतिष्ठानको उद्देश्यवारे जानकारी दिए।

बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालय वाङ्मयका महासचिव प्रदीप सापकोटाले गरेका थिए।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

समाचार

यो पनि पढ्नुहोस्...

गिद्धे प्रेसद्वारा दुई पुरस्कार वितरण

विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न

खनालको ‘मानिस किन बिदेसिन्छन्!’ सार्वजनिक

साहित्यसेवी विजय चालिसेसँग कथा यात्रा

दमन्ता खनाल स्मृति स्रष्टा सम्मानद्वारा तिवारी आमा सम्मानित

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.