Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

आख्यान - कथा
रासारासाअशोज १८, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

एकाबिहानै दुई भाइहरू आए। मलाई भेट्न आएका उनीहरूले पहिला मेरी स्वास्नीलाई भेटे। भेटेर के भने, थाहा भएन।

•••

एकदम जाडो थियो। बिउँझिसकेको थिएँ। सिरकभित्र गुटमुटिएको थिएँ। मेरी स्वास्नी बाहिरै थिई। उनीहरू आउँदा म भने एक्लो थिएँ, कोठामा।

•••

“दाजु, नमस्कार।” दुवैले समवेत स्वरमा भने। जवाफमा म मौन रहेँ, केवल मुस्कुराएँ। उनीहरूलाई सोफामा बस्न सङ्केत गरें। म भने ओछ्यानमै बसें।

•••

“के कामले पाल्नुभो?” मेरो यो प्रश्नको जवाफमा उनीहरूमध्ये एकले अनकनाई भने, “अचेल के गर्दै हुनुहुन्छ? दाजुको लेखन केकस्तो चल्दैछ?”

•••

बोलिनँ। कुनै उत्तर दिइनँ। एकछिन गम खाएँ। पछि, सुस्तरी बोलें, “जागिरबाट अवकाश पाएँ, स्वैच्छिक अवकाश। अरू खास काम छैन।” एकले पुनः बोले, “हामीले एउटा नयाँ साहित्यिक पत्रिका निकाल्दैछौं, त्यसका लागि हजुरको एउटा ताजा कथा चाहिएको।”

•••

मैले पुनः बोलें, “अहिले लेख्न सकेको छैन। लेख्न सकें भने दिन्छु, हुन्न?” उनीहरू स्वीकृतिमा टाउको हल्लाएर बिदावारी भए।

•••

साँच्चि, कथा नलेखेको पनि वर्षौं भएछ। कहिले कार्यालयको व्यस्तता, कहिले घरायसी तनाव। करिब डेढ दशकअघि एउटा कथा लेखेर छपाएको थिएँ एउटा चर्चित पत्रिकामा। ‘विदेश’ शीर्षकको त्यो कथा निकै प्रशंसित रह्यो, र विवादास्पद पनि। सकारात्मक एवं नकारात्मक प्रतिक्रिया थुप्रै आए। एक सम्पादक महोदयले त विना प्रमाण चोरीको बात समेत लगाए। म निरपेक्ष रहेँ। विरक्त लाग्यो। मोहभङ्ग भयो। साहित्यिक क्षेत्रमा व्याप्त विकृति विसङ्गतिप्रति क्षोभ उत्पन्न भयो। त्यसपछि लेख्नै छोडें।

•••

टोलका एक भाइ मकहाँ आइरहन्थे। उनी एकदम अध्ययनशील थिए। बेलामौका मलाई केही न केही लेख्न उक्साइरहन्थे। म पनि लेख्थें, उनलाई देखाउँथें। उनी सल्लाह सुझाव दिन्थे, साह्रै असल थिए। अचेल त्यति आउँदैनन्। देखभेट नभएको पनि धेरै भयो, सायद विदेशतिर पलायन भए कि!

•••

“खाना खान आउनू,” स्वास्नीको कर्कश आवाजले म झसङ्ग भएँ। तन्द्रा भङ्ग भयो। खान पटक्कै मन लाग्दैन, रुच्दै रुच्दैन। के भएको हो यस्तो!

•••

“तिमी खाएर बस, म पछि खाउँला,” मेरो जवाफले ऊ फनक्क फर्किइ र फतफत्ताएर गइन्। केही क्षण त्यत्तिकै बसें, बसिरहें। निष्क्रिय बस्नुभन्दा…! सरासर भान्सातिर गएँ।

•••

उसले खाना खाइसकेकी थिई। भाँडाकुँडा माझ्ने सुरसारमा थिई। मलाई देखेर झट्ट खाना पस्कन थाली। उही दाल, भात र तरकारी। राँगाको मासु पकाएकी थिई, गोलभेंडाको पिरो चटनी पनि। मन नलागी–नलागी खान थालें। निकै समय लगाएर खाइभ्याएँ। उठें, सीधा कोठामा आएँ।

•••

हालसालै मेरो नवीनतम कथा सञ्चयन ‘अवाक्’ देशकै पुरातन एवं प्रतिष्ठित प्रकाशन संस्थाले छाप्यो। पुस्तकले सर्वत्र चर्चा र प्रशंसा पायो। पछि मदन पुरस्कार पनि प्राप्त गर्‍यो। म पुलकित भएँ।

•••

खाटमा पल्टिएर यसो आँखा चिम्लेको मात्र थिएँ, झपक्कै निदाएछु। सपना पो देखेको रहेछु दिउँसै! कहाँ मेरो पुस्तक छापिनु, कहाँ म पुरस्कृत हुनु! फगत दिवास्वप्न!

•••

हठात् उठें। आफैंदेखि लाज लाग्यो, वितृष्णा जाग्यो। सरासर ट्वाइलेटतिर गएँ, पसें। सु गरें, निस्कें। हातमुख धोएँ, कोठामै फर्किएँ।

•••

स्वास्नीले आँखा तरेर हेरिरहेकी थिई। “के हेरिरहेकी?” भन्न सकिनँ। तत्काल ऊ ठमठम बाहिर निस्किई।

•••

क्षणमै ऊ आइपुगी, हातमा चियाको कप लिएर, मुसुमुसु हाँस्दै पनि। ऊ किन हाँसिरहेकी छ? मलाई गिज्याइरहेकी त छैन? म असमञ्जसमा परें।

•••

“अघि बिहान आएका भाइहरूले मलाई हजार रुपियाँ दिएर गएका छन्, त्यो काम छिट्टै गर्दिनू।” स्वास्नीको कुराले म झसङ्ग भएँ। केही जवाफ दिन सकिनँ, दिइनँ पनि।

•••

चिया स्वाट्ट पारें। लुगा फेरें। लगत्तै घरबाट निस्कें केही नभनीकन। ऊ टोलाइरहेकी थिई। खासमा म एउटा कथा लेख्नका लागि कथाको खोजीमा निस्केको थिएँ।

•••

सडकमा निस्किएँ। एकदम चहलपहल छ। गाडीहरू गुडिरहेका छन्, मान्छेहरू ओहोरदोहोर गरिरहेका छन्। म भने एकोहोरो हिँडिरहेको छु।

•••

मलाई कहीं पुग्नु छैन, फगत कथा खोज्नु छ, एउटा कथा लेख्नुछ जसरी पनि।

•••

मन्दिरछेउ आइपुगें। प्राङ्गणमा पाइला टेकें। अलिक पर सानो पाटी। त्यहाँ केही मगन्ते गफ चुटिरहेका छन्, भुस्याहा कुकुरहरू सुस्ताइरहेका छन्। छिनमै एउटी आइमाई एक लोग्नेमान्छेलाई धारे हात लाएर कराई, “मलाई दिनदिनै मनलागी गर्न मात्र जान्या छ, ख्वाउनु पर्दैन!”

•••

लोग्नेमान्छे रिसले आगो भयो, “तँलाई त्यै गर्ने त हो नि, अरू…” कोलाहल व्याप्त। म अघि लम्किएँ, हिँडिरहेकै छु। कुनै निश्चित गन्तव्य छैन। यताउता पल्याकपुलुक हेर्ने, अनि हिँड्ने, बस्। नजिकै घाट। यहीं रोकिएँ। खोला फोहोर बगिरहेको छ। पारिपट्टि मानिसहरू रमिता हेरिरहेका छन्। पर्यटकहरू वरिपरिका दृश्यलाई आ-आफ्ना क्यामेरामा कैद गरिरहेका छन्। अझ माथि वनमा एक हूल बाँदर रूखका हाँगाहाँगामा उफ्रिरहेका छन्। यता वारि ब्रह्मनालमा एउटा लास सुताइएको छ। वरिपरि मलामी आएका आफन्तजनहरू कोही गफमा निमग्न छन्, कोही सुँकसुँकाइरहेका छन्। अन्य दुई चितामा दुई लास जलिरहेका छन्। अन्य मानिस आवाजहीन छन्। म पनि चुपचाप उभिएर तमासा हेरिरहेको छु, अर्थात् कथा खोजिरहेको छु।

•••

सन्ध्या ओर्लिने तरखरमा छिन्। मन्दिरमा आरतीका लागि मानिसहरू एकत्रित हुँदैछन्। म चाहिँ निःसहाय घर फर्किने मनस्थितिमा छु।

•••

घर फर्किरहेको छु। बाटामा अनेक मान्छेहरू भेट हुन्छन्। कोहीसित बात मार्छु, कोहीसित हात मिलाउँछु र कोहीसित टाउको हल्लाउँछु मात्र। घरमा आइपुग्छु। सँघारमै ऊसित जम्काभेट हुन्छ। तत्क्षण ऊ चर्किन्छे, “कहाँ पुगेर आउनु भो? कि आज पनि रक्सी धोकेर…?”

•••

म जवाफहीन उभिन्छु। ऊ पुनः प्रश्न गर्छे, “मलाई नढाँटी भन्नू, कहाँ के गरेर फर्किनु भो?” रिस नउठेको त होइन, तर पनि शान्त भावमा उत्तरित हुन्छु, “घाटतिर डुलेर आएको।”

•••

“किन?” उसको सोधाइमा म किञ्चित आवेशमा बोल्छु, “मर्न गएको, मर्न सकिनँ र फर्केर आएँ।” यसपछि…, हामी दुवै निःशब्द।

•••

कोठामा प्रविष्ट। सँगसँगै ऊ पनि। सबैसबै चुप। सुनसान। मनमा अनेकौँ तर्कना उठेका छन्, र तनमा आलस्य टाँसिएको छ।

•••

एउटै कथा फेला परेन। जाबो एउटा कथा पनि लेख्न सकिएन। मानसमा ग्लानिबोध छ। लाग्छ, म मर्दैछु। होइन, मभित्रको कथाकार चाहिँ मरणासन्न छ। के गर्ने होला!

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा मरणासन्न रासा

यो पनि पढ्नुहोस्...

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथा: सजाय | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: आइफोन | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

लघुकथा: पेसा | कल्पना मरासिनी | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.