इलामका कवि दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ लोकार्पण गरिएको छ। इन्डिगो इन्कद्वारा प्रकाशित र ६५ वटा कविता समेटेर तयार पारिएको उक्त सङ्ग्रहको शनिबार सूर्योदय नगरपालिकामा एक कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो।
सूर्योदय गजल मञ्चको आयोजनामा भएको लोकार्पण कार्यक्रममा नेपाली साहित्यमा लीला लेखनका अभियन्ता कृष्ण बराल (प्रमुख अतिथि), साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराई र सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जन लगायतले संयुक्त रूपमा कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो।
प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले लेखकले जुनसुकै कृति लेख्दा पनि स्थानीयतालाई ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले यहाँको माटो, हावापानी र समाजको चित्रण गर्ने गरी कृतिको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
वक्ताका रूपमा बोल्दै साहित्यकार थाम्सुहाङले भन्नुभयो, ‘कविता ईश्वरको बोली हो। कविता लेख्न ईश्वरले ईश्वरले साथ दिनुपर्छ। मुन्दुमी भाषामा माङ चढ्नुपर्छ।’ उहाँले भानुभक्त आचार्यपछिको कविताको खालीपन (ग्याप) दिपेन्द्र आचार्यले पूरा गर्न सक्ने सङ्केत देखिएको बताउनुभयो।
यसैगरी अर्का वक्ता चन्द्र गुरुङले कवितामा देश बोलेको, प्रकृति बोलेको, कवि समाजप्रति सचेत रहेको र सङ्ग्रहमा हरेक क्षेत्रका रङ्गीन कविताहरू समेटिएको बताउनुभयो। उहाँले लामा कविताहरूमाथि थप काम गरेको भए अझ सुनमा सुगन्ध थपिने थियो भनी उल्लेख गर्नुभयो। भारतीय साहित्यकार डा. कमला तामाङले कविता सङ्ग्रहलाई हरेक कोणबाट चिरफार गर्नुभएको थियो।
कार्यक्रममा कवि लीला अनमोल, गणेश निरौला, अभागी थेगुवा, कविता राई गाउँले, विजय वातवा, कैलाशी, के.पी. ढकाल, देवी गौतम लगायतले यसै सङ्ग्रहभित्रका कविताहरू वाचन गर्नुभएको थियो।
कविता सङ्ग्रहका लेखक दिपेन्द्र आचार्यले सबैलाई धन्यवाद दिँदै कविता पढेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो।
सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विक्रम सुन्दासले गर्नुभएको थियो।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।