Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कवि हिरण्य भट्टराईप्रति कविता – विष्णु न्यौपाने

कवि हिरण्य भट्टराईप्रति कविता – विष्णु न्यौपाने

पद्य कविता
विष्णु न्यौपानेविष्णु न्यौपानेफाल्गुन ३, २०८१173 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

साथी सङ्गति संस्कार ज्ञान बुद्धि विवेकले
बन्छ मानिसको लक्ष्य हुन्छ सिद्धि सुकर्मले
कर्मको फल हो प्राप्ति मान सम्मान आदर
कर्म सेवामुखी बन्दा बन्छ जीवन सुन्दर।

यस्तै जीवन बाँचेका कवि हिरण्य खातिर
शब्द सम्मान अर्पन्छु बनोस् सेवा सुगन्धित
अरुको स्वास्थ्य शिक्षाको जसले ख्याल राख्तछ
उनै दीर्घायु भै बाँच्छन् सुख आनन्द बढ्दछ।

पाँच नम्बर दुम्मा जो भोजपुर पहाडमा
पर्छ दुर्गमको गाउँ जन्मे शान्त प्रभातमा
उनान्सय सालमा राँणा थिए शासक राज्यमा
तथापि ज्ञानको ज्योति थियो दिङ्ला समाजमा।

औपचारिक शिक्षामा प्रवेशिका परीक्षण
हुँदा उत्तीर्ण भै गर्थे गाउँकै प्रावि शिक्षण
सिंहदेवी महादेवी प्राविका प्र.अ. हुन् उनी
स्वास्थ्यकर्मी बने फेरि गए भन्सारमा पनि।

प्रकृति काखमा खेल्दा बढ्यो ज्ञान अनेकन
बुद्धिमा शुद्धि ल्याएर गरे काम दिई मन
स्थास्थ्यका क्षेत्रको ज्ञान जडिबुटी वनौषधि
बनाई ज्यान रोगीको बँचाए व्याधिमा अति।

विधिशास्त्र सधैँ लेखे अनुसन्धान पद्धति
चिनाए बिरुवा झार जडिबुटी चिनेजति
अनुसन्धानको पाटो गहकिलो फराकिलो
छ उस्तै फेरि भाषाको साहित्य उच्च काँटको।

खाँदा जागिर नेपाली माटो पाटो घुमी चिनी
छिराए लेखनीभित्र कला साहित्यको ध्वनि
अनुभूतिहरू पोखी गरियो काव्यसाधना
छापिए जिन्दगी बोक्ने तीन पुस्तक अन्त्यमा।

विद्या ज्ञान लिई सेवा निवृत्त भैसकेपछि
लेखनी चल्न थालेथ्यो सिङ्गो साहित्यमा पसी
छवि बनाउँदै जाँदा भए यी बलिया कवि
समर्पित भई लाग्दा किन हुन्न समुन्नति?

अनुसन्धानमा जस्तै शिक्षा, स्वास्थ्य हुँदै अघि
बढेका भट्टराईको देखियो काव्यमा छवि
पुगेन यत्ति मात्रैले सेवा समाजको गरी
दानवीर हुने यात्रा बढाए यिनले अघि।

पुस्तकालयमा चन्दा दान पुस्तकका गरे
जहाँ दान दिए विद्या सहयोग त्यहीँ गरे
त्रिफलामा दिए केही दिए अन्त यसैगरी
थियो जे मनमा आफ्नो दिए देन सकेजति।

सेवा समाजको गर्दा ज्ञान मान बढोस् अझै
परोपकारमा डुब्दा आत्मशान्ति मिलोस् सधैँ
सारा सत्तानको माया पाउन् स्नेह बरोबर
गुणीका गुणको श्रद्धा गरुन् ख्याल तिरन्तर।
✤✤✤
जन्मस्थानः चुङमाङ, धनकुटा
हालको बसोबासः दमक- ६, झापा

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कविता विष्णु न्यौपाने

यो पनि पढ्नुहोस्...

कविता: संघर्ष र संकल्प | सरस्वती पुडासैनी | हाम्रो कथाघर

कविता: आज गाउँमा अन्तिम रात | सबिन पौडेल | हाम्रो कथाघर

कविता: मुना | हिराराज राई | हाम्रो कथाघर

कविता: सपनाको मृत्यु ! | मोहन खतिवडा | हाम्रो कथाघर

कविता: प्रकृति ! | सुशील लामा | हाम्रो कथाघर

कविता: पर्खाल तोडेँ र उज्यालो बोकेँ | याम बहादुर थापा मगर | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.