Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ३४

बैशाख २६, २०८२

गजल श्रृङ्खला – १४

बैशाख २६, २०८२

मुक्तक श्रृङ्खला – ३४

बैशाख २६, २०८२

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » भूमिका गैरे तिमिल्सिनाका पाँच लघुकथा

भूमिका गैरे तिमिल्सिनाका पाँच लघुकथा

भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाचैत्र १८, २०८१301 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

१. लघुकथा:
शीर्षक: हाम्रा बा

“हाम्रा बा’ले छ, छ जना छोराछोरी कसरी हुर्काए होलान्?” मैले श्रीमतीसँग जिज्ञासा राखेँ।

सहमति जनाउँदै उनले भनिन्,
“त्यति मात्र हो र? सबैलाई योग्य पनि बनाए। हामीलाई त दुईवटा सन्तान धौ, धौ भएको छ।”

मैले खुइय…! गर्दै भनेँ,
“जता हेर्यो, उतै खर्च मात्रै छ। खै, पैसा कमाउन पनि सकिएन, बचत गर्न त परै जाओस्।”

उनी गम्भीर भइन् र भनिन्,
“कमाउने अनि बचाउने त हाम्रा लागि एकादेशको कथा भयो। यति धेरै ऋण बोकिएको छ। जोड्नेभन्दा पनि बाउबाजेले दिएको सम्पत्ति बेच्न नपरे हुन्थ्यो।”

मैले असमञ्जस्य भावमा भनेँ,
“खै, के पो गर्ने होला? समय अनुसार चल्नै पर्यो। छोराछोरीलाई पनि बोडिङ स्कूलमा पढाउनै पर्यो। त्यही अनुसारका सुविधा दिनुपर्यो। आउने बाटोभन्दा जाने बाटो धेरै भएपछि गाह्रो भयो।”

उनले ढाड्स बाँडिन्,
“गर्दै जाँदा सबै ठीक होला। आत्तिएर भएन। जीवनको गाडी मिलेरै ठेलम्ला नि!”

मैले उनलाई बा’को बारेमा बताएँ,
“बा सधैं फाटेका लुगा, डोरीले बाँधेको चप्पल लगाउनुहुन्थ्यो। हामी कञ्जुस बा! भन्थ्यौँ। हाम्रा बा’को काँधको गहन जिम्मेवारी त बल्ल आज पो बुझ्दैछु।”

हामी गन्थनमा व्यस्त थियौँ। हावा चलेको पत्तै भएन।
झर्याम्म! गर्दा झसङ्ग भयौँ। भितामा टाँगिएको बा’को तस्बीर झरेर फुट्यो।
म सिसाका टुक्रा उठाउँदै थिएँ। तस्बीरका बा बोलेझैँ आभास भयो,
“बाबु, जिम्मेवारी बोक्ने मानिसले आफ्नो धरातल बिर्सिनु हुँदैन है! अरू घोडामाथि चढे भनेर आफू कहिले धुरी नचढ्नू!”

—

२. लघुकथा:
शीर्षक: बुहारी

“बुहारी मान्छे नि यति बेलासम्म सुतिरहेकी, किन हो? बिहान उज्यालो हुँदा त दैलो, कुचो सबै भ्याउनु पर्ने! कस्ती अल्छी रहिछे,” सासुले हकारिन्।

जर्याक जुरुक् उठेर केही नबोली, बुहारी आफ्नो काम गरिरहन्छिन्। नन्द र ससुरा पनि उसैमाथि खनिन्छन्। जति काम गरे पनि कहिले देख्ने होइनन्। विरक्तिएर कोठामा पस्छिन्। लोग्ने सुतिरहेको छ। उसलाइ‌ कसैले केही भन्दैन।

उनी सोच्छिन्,
“आफ्नो छोराछोरी र बुहारीमा यत्ति फरक? आफ्नो पनि छोरी छे, भोलि बुहारी हुन्छे। मनको बह कस्लाई पोख्नु? श्रीमान् पनि कुरै बुझ्दैनन्। परिवारको कान्छो छोरो भएर पो हो कि? जिम्मेवारी भन्ने केही नलिने! यसरी त कति दिन चल्छ र? सधैँ अल्लारेपना।”

लोग्ने बिउँझिन्छ र बेड टी माग्छ। उनी केही नबोली भान्छामा जान्छिन्।
चिया उम्लिदै गर्दा उनी अन्तर्मनलाई सोध्छिन्,
“सबै घरका बुहारीलाई मेरोजस्तै व्यवहार हुन्छ र?”

अर्को मनले भन्छ,
“छैन नि! पल्लोघरे सीतालाई हेर त! उसको परिवारमा सबैजना बुझ्ने छन्।”

ऊ एकोहोरो टोलाउँछे।
उसलाई लाग्छ,
“विभेदको अन्त्य भए त सबै परिवारमा एकता कायम हुन्थ्यो नि!”

—

३. लघुकथा:
शीर्षक: कमी

एक्कासी! नाम सुनियो।
“मेरो बोल्ने पालो आयो। लौन, कसरी बोल्ने हो? के–के बोल्ने हो? कसैले सिकाइदिए नि हुने? कसैसँग सोधिन मैले नि?” अतिथि आतिनुभयो।

कार्यक्रम सञ्चालक,
“अतिथि मोहन काफ्ले ज्यूलाई शुभकामना मन्तव्य राखिदिनुहुन विनम्र अनुरोध गर्दछु।”

अकमक्क पर्दै बल्लबल्ल माइक समाउँदै थिए। अलिअलि आएका कुरा नि अगाडि जाँदा त सबै बिर्सिसकेका थिए। लेखेर ल्याउनुपर्ने रहेछ। आत्तिदै, ओहो! घरिघरि उद्घोषकतिर हेर्दै थिए मोहन काफ्ले।

बिचरा! डरले खलखली पसिना आएको थियो। हात कामिरहेको थियो। घाटीमा केही अड्किएको महसुस भएको थियो। लाग्थ्यो, ठूलो सजाय भोगे जस्तो।

“कहाँबाट बोल्न सुरु गर्नु पर्ने हो, थाहै भएन। सबैले एकटक हेरिरहेका थिए। बोल्दा के बोल्ने, केही गलत पो हुने हो कि?” मोहन डराए।

हात कमाउँदै, “हस्त धन्यवाद!” भन्दै माइक उद्घोषकलाई दिएर बिदा भए।

आफ्नो ठाउँमा आएर बसेपछि मोहनले बडो रवाफ देखाउँदै पसिना पुस्दै भने,
“बसेर त मैले न्यायाधीशले नगर्ने कुरा गर्न जानेको छु तर…..।”

—

४. लघुकथा:
शीर्षक: गणतन्त्र

“लामो समयसम्म लडेको त्यो आन्दोलन कहालीलाग्दो थियो।
पुरुष, महिला, केटाकेटी सबैले भोकै प्यासै लडेका थिए। कति मान्छे मरे। कति अपाङ्ग भए। सम्झँदा नि मुटु काम्छ, मेरो,” कविले भन्यो।

देशको राजनीतिक विषयबारे चौतारीमा बहस चलिरहेको थियो। कविका कुरा सुनेपछि एक बुज्रुकले कड्किएर भन्नुभयो,
“देशमा जतिपनि युगान्तकारी परिवर्तनहरू भएका छन्, ती सबै जनताको अदम्य साहसले गर्दा भएका हुन्। चाहे प्रजातन्त्र ल्याउँदा होस् या बहुदल ल्याउँदा होस्। जनता नै जनार्दन भए। जनताले घुँडा टेकाएरै छाडे।”

उनका विचारले कवि उत्साहित भयो र भन्यो,
“जनता एकजुट भएर सडकमा उत्रिएपछि त मै हुँ भन्नेको पनि सात्तोपुत्लो जाँदो रहेछ। संघर्षका नाममा देशका लागि गोली, जेल, नेल पनि पचाइयो। राजतन्त्र फाल्न कहाँ सजिलो थियो र?”

सबै साथीहरूले हो मा हो गरे।
एकजनाले भन्यो,
“अब त केही परिवर्तन होला कि?”

कविले खिन्नता प्रकट गर्यो,
“माथि कुर्सीमा नपुगन्जेल त के–के न गर्छन् जस्तो लाग्छ, तर कुर्सीमा पुग्ने बित्तिकै यिनीहरूलाई के हुन्छ के? म त बुझ्नै सक्दिनँ।”

बुज्रुकले हाँस्दै भने,
“त्यहाँ पुगेपछि कमाउन मात्र मन लाग्ने कुर्सी, जादुको रहेछ कि केटा हो? जुन जोगी आए पनि कानै चिरेका!”

—

५. लघुकथा:
शीर्षक: बेवारिसे

“गन्हाएर बाटोमा हिँड्नै नसकिने भयो। के मरेछ, कुन्नि?”
बिहानीको घुमाइमा रमिताले कवितासँग भनिन्।

कविताले नाक छोप्दै थपिन्,
“यता उता हेर्यो, खै केही देखिँदैन त? कति साह्रो गन्हाएको हो छ्या! कुकुर हो कि, बिरालो?”

राम मन्दिर अगाडिको घुम्ती भएको बाटोमा गन्हाएर हिँड्नै नसकिने भएको कुराले गाउँलेलाई चिन्तित बनायो। गाउँका भद्र भलाद्मी जुटे, स्थानीय क्लब पनि जुट्यो। सबैले यताउता खोजी गरे तर केही फेला परेन। अन्तिममा प्रहरी चौकीमा खबर गरियो।

प्रहरीको टोली आयो। चेकजाँच गरे। निषेधित ठाउँ भन्दै कसैलाई प्रवेश गर्न दिएन। खोज्दै जाँदा अरेली काँडाको झाडीभित्र एउटा बोरा भेटियो। बोराको मुख बाँधिएको थियो।
पुलिसले फोटो खिच्यो र बोरा खोल्यो— मान्छेको शव फेला पर्यो।

सबै चकित परे।
“को मान्छे हो? कसको छोरा हो? हेर! घर–परिवारले कति खोजेका होलान्,” अनेकन् तर्कनाहरू चलिरहेको थियो।

पुलिसले,
“मृतकको कोहीसँग वैरभाव वा भनाभन भएको थियो?” भन्दै स्थानीय जनतासँग सोधिरहेको थियो।

स्थानीय सुरेश भने मनमनै गुन्दै थिए,
“आफ्नो जीवनभरि कमाएको पहिचान कतै त्यहीँ बोराभित्रको बेवारिसे शवमा टुङ्गिने त होइन?”

०००
गैंडाकोट – ४, नवलपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

पाँच लघुकथा भूमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

कथा: पश्चाताप

सुरेशकुमार पाण्डेका पाँच लघुकथा

लघुकथा: नयाँ योजना

भूमिका गैरे तिमिल्सिनाका पाँच लघुकथा

कथा: सपना

लघुकथा: पलायन

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: सपना

कथा: पश्चात्ताप

पाक्षिक लघुकथा अभियान – अंक ०७

कथा: स्वास्नी

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ३४

बैशाख २६, २०८२

गजल श्रृङ्खला – १४

बैशाख २६, २०८२

मुक्तक श्रृङ्खला – ३४

बैशाख २६, २०८२

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.