अस्थिर छ समय,
मान्छेहरू छेपारोजस्तै
रङ परिवर्तन गर्छन्,
र फरक मौसम र फरक दृश्य
प्रदर्शन गर्छन्।
कसैको जीवनमा
जब चुलिँदै जान्छन्
पीडाका पहाडहरू,
तब बुन्न थाल्छन्
छेपाराहरूले जालहरू।
छेपाराहरू
अरूको अनुहार चाट्छन्,
र कलेजो टोक्छन्।
घाउ चहर्याइरहेका बेला
नूनचुक छर्किनेहरूलाई
भेटिरहेछु मैले
आफन्तको रूपमा।
काठमाडौं


