बनेपा, साउन १७ । शब्दयात्रा प्रकाशन, अक्षरधामले यस वर्षको ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार–२०८२’ कथाकार कुमार काफ्ले र कमला महतलाई संयुक्त रूपमा प्रदान गरेको छ। शनिबार बनेपाको नीलकण्ठेश्वर धाममा आयोजित एक विशेष समारोहमा उहाँहरूलाई उक्त पुरस्कार अर्पण गरिएको हो।

सोही समारोहमा विभिन्न विधामा योगदान पुर्याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। जसअनुसार सम्मानित हुने व्यक्तित्वहरू निम्न हुनुहुन्छ:

- लिलादेवी गड्तौला: ‘प्रशासनिक महिला प्रतिभा पुरस्कार’
- डा. शैलेन्द्र प्रकाश नेपाल: ‘भोजपुर प्रतिभा पुरस्कार’
- लोकमान मास्के: ‘संखुवासभा प्रतिभा पुरस्कार’
- सत्यनारायण मानन्धर: ‘भक्तपुर प्रतिभा पुरस्कार’

यसैगरी, रेणुका भट्टराई ‘मञ्जरी’ ‘कर्मशीलता पुरस्कार’ बाट र कृष्णहरि मैनाली ‘काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ बाट सम्मानित हुनुभयो।
कार्यक्रमकै अवसरमा डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘पवित्र समाजवाद’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो।




