समाचार:
वालिङ महोत्सवमा साहित्यिक उत्सव
वालिङ, स्याङ्जा ।
वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी ‘नवौँ वालिङ महोत्सव’ अन्तर्गत एक विशेष ‘साहित्यिक उत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । ‘साहित्यिक अभियानमा स्याङ्जाली नारी’ र ‘भेषजराज साहित्य प्रतिष्ठान, वालिङ’ को संयुक्त संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षता तथा ज्येष्ठ नागरिक एवं अग्रज साहित्यकार नीलकण्ठ लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिल्लाका सक्रिय स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्लाका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आफ्ना उत्कृष्ट रचनाहरू वाचन गरेका थिए । रचना वाचन गर्नेहरूमा कविहरू खगेन्द्रप्रसाद अर्याल, नीलकण्ठ लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, दमकला बगाले, कमलप्रसाद बगाले, लेखनाथ काफ्ले र अग्निकुमार रेग्मी रहनुभएको थियो ।
त्यस्तै, भवीश्वर पङ्गेनी, लक्ष्मी काफ्ले, सरस्वती अर्याल काफ्ले, कमला अधिकारी, भोजकुमारी पाण्डे, सावित्री अर्याल, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, डोलराज सुवेदी, विष्णु पङ्गेनी पाण्डे, स्मारिका अर्याल, दिलीप मगर, विप्लव खनाल र वसन्त खनालले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
‘साहित्यिक अभियानमा स्याङ्जाली नारी’ की सचिव लक्ष्मी काफ्लेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण ‘भेषजराज साहित्य प्रतिष्ठान’ का सचिव श्याम ढुङ्गानाले गर्नुभएको थियो ।
स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा साहित्यिक कार्यक्रमलाई पनि विशेष स्थान दिइएको खबर आयोजकद्वारा प्राप्त भएको हो ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



