कवि सुरेश राईको स्वरमा ‘माया गर्छु नि हौ’ सार्वजनिक

कवि सुरेश राईको शब्द, संगीत र स्वर रहेको गीत ‘माया गर्छु नि हौ तिमीलाई’ सार्वजनिक भएको छ । ‘सुरेश राई एन्ड द शफायर’ (Suresh Rai & The Sapphire) को सहकार्यमा तयार भएको यस गीतको एरेन्जमेन्ट देवेश राईले गर्नुभएको हो ।
उक्त गीत गत बुधबार, चैत ४ गते ‘Suresh Rai & The Sapphire’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । ‘अन्कन्डिशनल प्रेम’ (निस्वार्थ प्रेम) को भाव समेटिएको यो गीत अनामनगरस्थित ‘रङ्कासु स्टुडियो’ (RANGKASU STUDIO) मा रेकर्ड गरिएको हो ।
वेदना राईद्वारा निर्देशित म्युजिक भिडियोमा कलाकारहरू जीवन भट्टराई, द शफायर र सन्जय थुलुङ राईको अभिनय रहेको छ । भिडियोको पोस्ट-प्रोडक्सनको काम ‘पुमा फिल्मस्’ र ‘छड्के टोपी आर्ट्स’ ले गरेका हुन् ।
कवि राईले आफ्नो स्वरमा अन्य दुई गीतहरू पनि छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । यसअघि उहाँको कविता संग्रह ‘सम्झनाको फोटोकपी’ (२०८०) प्रकाशित भइसकेको छ ।


