कति राम्री नानी
मेरी प्यारी सानी
छुनुमुनु गर्छे
दुई आँखाकी नानी
पापा दिन्छु आँ गर
कति राम्रो घाँघर
साथीसँग मिली खेल्ने
अति राम्रो जाँगर
मामाघर जाने कि
मीठो पापा खाने कि
बा आमाले भनेको
कति राम्रो मानेकी
दुई चुल्ठी बाटेकी
स्कुल जान आँटेकी
सत्य कुरा बोल्छे ऊ
छैन कहिले ढाँटेकी
सफा नाना लाउँछे
मीठो गीत गाउँछे
स्कुलमा पनि ऊ
सबको माया पाउँछे
प्रतिक्रिया