Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » हाम्रो कथाघर ई-पत्रिकाको संरक्षकमा डा. पुडासैनी मनोनयन

हाम्रो कथाघर ई-पत्रिकाको संरक्षकमा डा. पुडासैनी मनोनयन

हाम्रो कथा घरहाम्रो कथा घरपुस १२, २०८१833 Views
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"square_fit":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

हाम्रो कथाघर अनलाइन पत्रिकाको कार्यकारी समितिको बैठकले वरिष्ठ साहित्यकार डा. श्री दामोदर पुडासैनी ‘किशोर’ लाई हाम्रो कथाघर अनलाइन पत्रिकाको संरक्षक मनोनयन गरेको छ ।

बैठकले एक विज्ञप्ति जारी गर्दै डा. दामोदर पुडासैनी ‘किशोर’ जस्तो बहुप्रतिभाका धनी साहित्यकारलाई संरक्षकको रूपमा पाउनु असीम खुशीको विषय भएको बताएको छ ।

हाम्रो कथाघर पत्रिकाका प्रधान संपादक जीवन सोनीले हाम्रो कथाघर पत्रिकाको वृहत्तर हित र उन्नयनमा डा. पुडासैनी को मार्गदर्शन, अमूल्य सल्लाह, सुझाव र सहकार्यले पत्रिका विशेष रूपमा अगाडि बढ्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
डा. पुडासैनी विज्ञान, अर्थशास्त्र, भूगोल, राजनीतिशास्त्र, भौतिक विज्ञान, जीवनविज्ञान लगायत धेरै क्षेत्रमा दख्खल राख्नुहुन्छ । विश्व परिवेशलाई सधैं नजिकबाट नियालिरहने डा. पुडासैनी आध्यात्मिक र भौतिक दर्शनका विविध पक्षमा गहन विचारहरू व्यक्त गरिरहनुहुन्छ ।

विसं २०१९ साल जेठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मनुभएका डा. पुडासैनी लेखापरीक्षण (अडिटिङ) विषयमा विद्यावारिधि पूरा गर्ने पहिलो नेपाली हुनुहुन्छ । डा. दामोदर पुडासैनीका हालसम्म प्रकाशित १९ कृतिहरू जीवन र जगतका रहस्यहरू खोतल्ने सार्थक रचनाका रुपमा आएका छन् ।

डा. पुडासैनीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँको कृति नमेटिएका चित्रहरूले अन्तरराष्ट्रिय साहित्य समाज अमेरिकाबाट सन् २०१५ मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेको थियो भने सो पुस्तकले उत्तम शान्ति पुरस्कार पनि प्राप्त गरेको थियो । उहाँका कृतिहरू – सिमानाको रङ : सिमानाको तरङ्‍ग (वि. सं. २०७२) र ग्रीष्मको नीलो बतास (बि. सं. २०७९) मदन पुरस्कारको उत्कृष्ट सूचीमा छनौट भएका कृतिहरू हुन् । साझा प्रकाशनबाट प्रकाशित उहाँको नियात्रा कृति ‘डोल्पो ओ डोल्पो’ २०७९ को वर्षभरि प्रकाशित कृतिहरूमध्ये सर्वोत्कृष्ट ठहराइ साहित्य सङ्‍गम मकवानपुरबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल भएको थियो । हाल बजारमा उहाँको कविता सँग्रह- मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे निकै चर्चामा छ । त्यसबाहेक उहाँले प्रवल जनसेवाश्री, व्यथित काव्य पुरस्कार, शङ्‍कर लामिछाने युवा निबन्ध पुरस्कार, रेयुकाई सर्वोत्कृष्ट साहित्य पुरस्कार, दीपज्योति साहित्य पुस्कार, प्रतिभा पुरस्कार, स्याङ्जा साहित्य पुरस्कार, धर्मानन्द रामप्यारी सिटौला साहित्य संरक्षण पुरस्कार जस्ता अनेकौं पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । उहाँको अमूल्य योगदानको कदर गर्दै वि.सं. २०७४ सालमा लायन्स क्लब र पोखरा महानगरपालिकाले उहाँलाई रथारोहण गराई पोखरा नगर परिक्रमा गराएका थिए। उहाँका कृतिहरू विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् भने विश्‍वविद्यालयका कैयौँ विद्यार्थीहरूले डा. पुडासैनी को व्यक्तित्व र उहाँका कृतिहरूको बारेमा दर्जनौँ शोध पूरा गरेका छन् ।

उहाँ उपहार खबर, जनमत मासिक, कल्पतरू मासिक जस्ता पत्रिकाहरूको संरक्षक र कल्पलता, तन्नेरी, संसाक जस्ता दर्जनौ पत्रिकाका सल्लाहकार हुनुहुन्छ ।
साहित्य, कला र संस्कृति सहित वाङ्मयको विकासमा अघि बढेको हाम्रो कथाघर वर्तमान समयमा आम लेखक र पाठकको पहिलो छनौटमा पर्न सफल पत्रिका हो । जसको संरक्षकत्वको जिम्मेवारी मा डा. पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरिएको प्रधान सम्पादक सोनीले जानकारी दिनुभयो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

सम्पादकीय

यो पनि पढ्नुहोस्...

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

स्मार्ट कविता: विन्दुदेखि सिन्धुसम्म

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.