खुला कविता प्रतियोगितासम्बन्धी सूचना
हाम्रो कथाघरको तेस्रो वार्षिकोत्सवको अवसरमा
‘हाम्रो कथाघर’ स्थापनाको तीन वर्ष पूरा गरी आगामी २०८३ असार २ गते चौथो वर्षमा प्रवेश गर्दै छ । यस सुखद अवसरमा संस्थाले विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीभाषी कविहरूलाई लक्षित गरी एक ‘खुला कविता प्रतियोगिता’ आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउँदछौँ ।
तसर्थ, इच्छुक सर्जकहरूलाई तोकिएको समयसीमा र निम्नलिखित नियमहरूको अधीनमा रही आफ्ना सिर्जनाहरू पठाएर यस काव्यिक उत्सवमा सहभागी भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ ।
कविता पठाउने अवधि: २०८३ वैशाख १५ गते (सूचना जारी गरेको समय) देखि वैशाख ३० गते साँझ ७:०० बजे (नेपाली समय) सम्म ।
नियम तथा सर्तहरू:
१. विषयवस्तु र भाषा:
— कविताको विषयवस्तु खुला राखिएको छ । यद्यपि, कविता शुद्ध नेपाली भाषामा, मर्यादित र शिष्ट शब्दहरूको प्रयोग गरी लेखिएको हुनुपर्नेछ । साथै, कविता अनिवार्य रूपमा कम्प्युटर टाइप (युनिकोड वा प्रीति फन्ट) गरिएको हुनुपर्नेछ ।
२. शब्द सीमा:
— गद्य वा पद्य दुवै ढाँचाका कविताहरू स्वीकार गरिनेछन्, तर कविता न्यूनतम ५० र अधिकतम १५० शब्दमा सीमित हुनुपर्नेछ ।
३. मौलिकता:
— कविता पूर्णतः मौलिक हुनुपर्नेछ । यसअघि कुनै पनि छापा, विद्युतीय वा सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भएका कविताहरूलाई समावेश गरिनेछैन ।
४. अस्वीकृत हुने अवस्था:
— तोकिएको म्याद नाघी आएका तथा मापदण्ड पूरा नगरेका कविताहरूलाई प्रतियोगितामा समावेश गरिनेछैन ।
५. व्यक्तिगत विवरण:
— प्रतियोगीहरूले कविताका साथमा आफ्नो हालसालै खिचिएको एक प्रति स्पष्ट फोटो, पूरा नाम, ठेगाना, सक्रिय ह्वाट्सएप नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा पठाउनुपर्नेछ ।
मूल्याङ्कन तथा नतिजा प्रकाशन:
- प्राप्त कविताहरूलाई गोप्य कोडिङ गरी निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उत्कृष्ट ३० कविताहरूको सूची २०८३ जेठ ५ गते सार्वजनिक गरिनेछ र सोही दिन अघिल्लो चरणको विस्तृत जानकारी गराइनेछ ।
- प्रतियोगिताको अन्तिम नतिजा ‘हाम्रो कथाघर’को तेस्रो वार्षिकोत्सवका दिन (२०८३ असार २ गते) संस्थाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Live) गरी घोषणा गरिनेछ । उक्त कार्यक्रममा निर्णायक मण्डलद्वारा विजयी कविताहरूको सूक्ष्म विश्लेषणसहित मन्तव्यसमेत प्रस्तुत हुनेछ ।
पुरस्कार तथा सम्मान:
- प्रथम पुरस्कार: रु. १०,०००/- (दश हजार) र डिजिटल प्रमाणपत्र
- द्वितीय पुरस्कार: रु. ८,०००/- (आठ हजार) र डिजिटल प्रमाणपत्र
- तृतीय पुरस्कार: रु. ५,०००/- (पाँच हजार) र डिजिटल प्रमाणपत्र
- सान्त्वना पुरस्कार (उत्कृष्ट २ जनालाई): जनही रु. १,०००/- (एक हजार) र डिजिटल प्रमाणपत्र
कविता पठाउने इमेल ठेगाना: hamrokathaghar083@gmail.com
थप जानकारीका लागि सम्पर्क:
जीवन सोनी (अध्यक्ष)
ह्वाट्सएप नं.: +९१ ७०९६९५४६२६
फोन नं.: +९१ ८७३८०९३५७३ (भारत)
डा. दामोदर पुडासैनी ‘किशोर’ (संरक्षक)
फोन नं.: +९७७ ९८५१०९२०७७ (काठमाडौँ, नेपाल)
हाम्रो कथाघर परिवार


