Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » बंगलादेश–नेपाल बीच साहित्यिक आदान-प्रदान

बंगलादेश–नेपाल बीच साहित्यिक आदान-प्रदान

हाम्रो कथा घरहाम्रो कथा घरफाल्गुन १५, २०८१602 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

ढाका, बंगलादेश। बंगलादेश–नेपाल बीच साहित्यिक आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। ढाकास्थित नेपाली दूतावास तथा बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम बंगलादेशका संस्कृति मन्त्री मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले दूतावासको सार्वजनिक कूटनीतिक प्रयासको प्रशंसा गरे। साथै, नेपाल–बंगलादेश मित्रताको मूलमा रहेको बलियो भाषिक, साहित्यिक तथा सांस्कृतिक समानताहरूमा प्रकाश पारे।

कार्यक्रममा बोल्दै राजदूत श्री घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै जनता-जनता बीचको सम्पर्कलाई अझ सुदृढ पार्न साहित्यिक आदान-प्रदानको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरूको कलाकृतिको पनि प्रशंसा गरे। उनका अनुसार, विद्यार्थीहरूको रचनात्मक कृतिहरूले अन्तर-सांस्कृतिक समझदारी बढाउनुका साथै दुई देशबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।

नेपाल स्रस्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ ले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गरे। त्यसैगरी, बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य: संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा कार्यपत्र प्रस्तुत गरे।

नेपालका तर्फबाट नेपाल स्रस्टा समाजका संरक्षक पवन आलोक, जयदेव भट्टराई, प्रदुम्न जोशी र प्रदीप सापकोटाले आफ्ना सिर्जना प्रस्तुत गरे। उता, बंगलादेशका तर्फबाट सलिम सुलेरी र उस्मान गोनीले आफ्ना सिर्जनाहरू सुनाए।

यसअघि, बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैनले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न विद्यार्थी र साहित्यिक विद्वानहरूलाई संलग्न गराउनुको महत्त्वमा जोड दिँदै स्वागत मन्तव्य व्यक्त गरे।

कार्यक्रममा चित्रकला प्रतियोगिताबाट छनोट गरिएका २० कलाकृतिहरू समावेश गरिएको विशेष प्रकाशन विमोचन गरियो।

दूतावास तथा बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीद्वारा २४ जनवरी २०२५ मा ‘नेपाल मेरो आँखाबाट’ भन्ने विषयवस्तु अन्तर्गत विभिन्न उमेर समूहका विद्यालयहरूका बालबालिकाबीच सम्पन्न ‘चित्रकला प्रतियोगिता-२०२५’ का विजेताहरूलाई प्रमुख अतिथि, महामहिम राजदूत तथा अन्य अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

फागुन १३ गते सम्पन्न उक्त कार्यक्रमको सञ्चालन योजना बमजनले गरेकी थिइन्।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

बंगलादेश-नेपाल साहित्य कार्यक्रम साहित्य समाचार

यो पनि पढ्नुहोस्...

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

गाईघाटमा दुई कृतिको लोकार्पण : ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ पाठकमाझ | हाम्रो कथाघर

‘अनेसास सर्वोत्कृष्ट गीति गजल पुरस्कार’बाट पुरस्कृत हुँदै सिटौलाको ‘धर्तीको ध्वनि’ | हाम्रो कथाघर

लहानमा भानुभक्तको सम्झनामा कविता प्रतियोगिता सम्पन्न

लघुकथाकार लक्ष्मी रेग्मी खनालको कृति ‘अन्त्य’को विमर्श सम्पन्न

गिद्धे प्रेसद्वारा दुई पुरस्कार वितरण

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.