सुनसरी। श्री जनसहयोग २०५० समूह, सुनसरीले कवि नारायणप्रसाद पौडेलको स्मृतिमा एक लाख ७१ हजार रुपैयाँ पुरस्कार राशिको राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
समूहका अनुसार प्रतियोगितामा प्रथम हुने कविताले प्रमाणपत्रसहित ५१ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार स्वरूप क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय तथा ११ हजार एक सय (दुई जना) नगद पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट दशमा पर्ने अन्य पाँच जनालाई पनि प्रमाणपत्रसहित जनही ५ हजार एक सय प्रदान गरिनेछ।
देश तथा विदेशमा रहेका नेपालीभाषी कविहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ। इच्छुक कविहरूले वि.सं. २०८१ चैत्र मसान्तभित्र आफ्नो रचना janasahayog2050@gmail.com मा पठाउन सक्नेछन्।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।