सुनसरी। श्री जनसहयोग २०५० समूह, सुनसरीले कवि नारायणप्रसाद पौडेलको स्मृतिमा एक लाख ७१ हजार रुपैयाँ पुरस्कार राशिको राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
समूहका अनुसार प्रतियोगितामा प्रथम हुने कविताले प्रमाणपत्रसहित ५१ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार स्वरूप क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय तथा ११ हजार एक सय (दुई जना) नगद पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट दशमा पर्ने अन्य पाँच जनालाई पनि प्रमाणपत्रसहित जनही ५ हजार एक सय प्रदान गरिनेछ।
देश तथा विदेशमा रहेका नेपालीभाषी कविहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ। इच्छुक कविहरूले वि.सं. २०८१ चैत्र मसान्तभित्र आफ्नो रचना janasahayog2050@gmail.com मा पठाउन सक्नेछन्।



