लेखन र पत्रकारिता दुवै क्षेत्रमा सक्रिय रहँदै आएका चालिसे विभिन्न राष्ट्रिय पुरस्कारहरूले सम्मानित भइसकेका छन्। सुरभि साहित्य प्रतिष्ठान, भैरव पुस्तकालयजस्ता साहित्यिक संस्थाहरूसँग आबद्ध चालिसे पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्।
वरिष्ठ साहित्यकारलाई सुख र दुःख दुवै अवस्थामा सम्झने अभियान सञ्चालन गरिरहेको कथा यात्रा समूहले यही वैशाख १२ गते चालिसेलाई भेटी शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नेपाली कथा साहित्यलाई चलायमान बनाउन पाण्डुलिपि चरणदेखि नै बहस आवश्यक छ भन्ने सन्देशसहित क्रियाशील रहेको कथा यात्रा समूहमा दीपक लोहनी, हरिश कल्पित, पवित्रा अधिकारी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले र विश्व कुइकेल संलग्न छन्।


