Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » व्यंग्य कविता: समानता र समता

व्यंग्य कविता: समानता र समता

काव्य – व्यंग्य कविता
सुजन पन्थसुजन पन्थजेष्ठ ५, २०८२284 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

❛❛

समानता! समता! यी शब्द हावामा उड्छन्,
चिया पसलदेखि संसदसम्म हुर्कन्छन्।
पर्चा र पोस्टरमा छपिन्छन् बाक्लो,
सडकको धूलोमा हराउँछन् सक्लो।

किसान भन्छ – म पनि हो नि नागरिक,
पानी, बाटो, विद्यालय – छैन अधिकारिक।
नेता आउँछ, हात मिलाउँछ, फोटो खिचाउँछ,
फर्केर कहिल्यै नहेरी, कुर्सीमा निदाउँछ।

शिक्षक भन्छन् – सबै बच्चा समान,
तर डोनेसनले बनाउँछ छुट्टै स्थान।
कोही पढ्नै नपाई पर्दछन् घरमै थला,
किताबको समता, खोक्रो कुरा जस्तो भला।

मन्दिरमा लेखिएको “समान प्रवेशको हक”,
तर ढोकामा सोधिन्छ थर र जातको पक्ष।
अनुहार हेरी आँखा झुकाइन्छ,
समता त्यसैगरी कतै लुकाइन्छ।

राजा छैन, तर नयाँ राजा छन्,
सायरनमा चिच्याउँने बाटा फरक छन्।
बोल्छन् – “सबै नागरिक बराबर”,
तर नियम छ उनीहरूका लागि मात्र जवार।

भोट हाल्दा मात्र हामी समान,
पछि हाम्रै भाग्यमा बस्ने अपमान।
हामी त दर्शक, बजाउने ताली,
नेता र सिस्टमको चलिरहन्छ हाली–मोहाली।

समानता र समता किताबमा होइन, जीवनमा देऊ,
तिम्रा नारामा मात्र होइन, नियतमा देऊ।
जुन दिन व्यवहारमा आउँछ यी शब्दका रंग,
त्यो दिन हो साँचो समता, जहाँ नहोस् कुनै भंग।


सुजन पन्थ

शिवपुरी–५, नुवाकोट


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

व्यंग्य कविता समानता र समता सुजन पन्थ

यो पनि पढ्नुहोस्...

कविता: एक्लै रोइरहन्छ शोक! | हाम्रो कथाघर

छन्द कविता: चिता | कुमार दाहाल ‘कुसुम’ | हाम्रो कथाघर

कृष्ण कमलको मौलिक डोटेली भाषाको गजल | हाम्रो कथाघर

कविता : सद्गुणी मनहरू | हाम्रो कथाघर

कविता : धर्मको पुनर्जन्म | हाम्रो कथाघर

कविता : मानव-मिथ्या | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.