दुई–तीन जना पुलिसवाला फुटपाथमा रहेका ठेला–गाडावालाहरूलाई लाठी बजार्दै हटाइरहेका थिए ।
एकजना ठेलावालाले सोध्यो, “हप्ता दिएपछि पनि हामीलाई किन हटाइँदै छ ?”
पुलिसवालाले सहजै जवाफ दियो— “कुरा के भने, आज साँझ श्रममन्त्री यहीँबाट गुज्रिँदै छन् । नत्र हामीलाई पनि कहाँ रहर छ र, सुनको अन्डा दिने कुखुरालाई उठिबास लगाउन !”
❦
भावानुवाद: जीवन सोनी
सन्दीप तोमर (जन्म: ७ जुन १९७५, मुजफ्फरनगर, उ.प्र., भारत) पेशाले अध्यापक तथा बहुआयामिक हिन्दी साहित्यकार हुन् । उनले कविता, कथा, लघुकथा, उपन्यास, समालोचना र गजल विधामा उल्लेखनीय सिर्जना गरेका छन् । उनका प्रमुख कृतिहरूमा ‘सच के आस पास’, ‘थ्री गर्लफ्रेण्डस्’, ‘कामरेड सञ्जय’ लगायत रहेका छन् ।
प्रस्तुत लघुकथा उनको हालै प्राप्त हिन्दी लघुकथाको नेपालीमा भावानुवाद हो ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद ।
नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।