हरिश कल्पित
❛❛
दैवको लीला भनुँ या,
नियतिको खेल भनुँ म !
बिछोडको पीडा भनुँ या,
समयको भूल भनुँ म !
सोच्दैमा कहाली लाग्ने,
जिन्दगीको खेल भनुँ म !
हेर्दाहेर्दै आँखाभरि अँध्यारो छाउँछ,
सोच्दासोच्दै मुटुभरि वेदना भरिन्छ !
सम्हालिन खोज्दाखोज्दै जड बन्छु म,
उफ! कति गाह्रो रहेछ जिउनलाई,
असैह्य हुन्छु, बिछोडको पीडा पिउनलाई !
भुलुँ म कसरी, सहुँला बिछोड कसो गरी !
हे भगवान ! यो दुःखको भुमरीबाट,
पार लगाइदेऊ मलाई जसो गरी !
मेरो आशा र विश्वासमा लागेको घाउमा,
निको हुने मलम लगाइदेऊ जसो गरी !
ईश्वर तिम्रै शरणमा आएको छु म,
मेरो जिन्दगीको पार लगाइदेऊ कसो गरी !
कामीनोगे, टोकियो जापान।


