Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा: रमनीया | हाम्रो कथाघर

पुस २१, २०८२

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: संस्कार | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

पुस २१, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

आख्यान - कथा
डा. नवीनबन्धु पहाडीडा. नवीनबन्धु पहाडीपुस २१, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट
कथाकार: डा. नवीनबन्धु पहाडी


कलेजको बिहान सधैँ एउटै दृश्य देखिन्थ्यो—घामले नछोएको आँगन, भीडमा हराएका अनुहार र घण्टीको टिङ्‌टिङ्‌ । नभए साथीहरूका कलरव वा कक्षाकोठाका औपचारिक आवाजहरू । सधैँ यस्तै र यसरी नै चलिरहेको थियो—जसरी सधैँ एकै किसिमले परिवर्तित हुँदै आउँछन् घाम-जुनहरू । बिहान घण्टीका साथ कोठाभित्र हुतुतु पस्छन् विद्यार्थीहरू र निस्कन्छन् उसै गरी ।

सधैँ सधैँ एकैनाश पनि त हुँदो रहेनछ जीवन । एउटा बालक घामपानी र वय पचाएर तरुण हुन्छ, उभिन्छ र शनैः शनैः प्रौढ बन्दै जान्छ । नजान्दा-नजान्दै हाम्रो उमेरको रङ चढिरहँदो रहेछ; थाहा नहुँदा-नहुँदै कसैको सामीप्य रमाइलो लाग्दो रहेछ ।

कक्षा एकमा ६ वर्षको उमेर हुँदादेखि हो बेन्चमा बस्न थालेको । त्यही बेलादेखि हो—परीक्षा र कक्षाका नियमितताहरू थालेको पनि, कापीमा उत्तर लेख्न थालेको पनि । उस्तै उस्तै थियो दैनिकी र जीवनचर्या । तर त्यो वर्ष, त्यो सेमेस्टर, त्यो बेन्च—सबैको अर्थ बदलिएको थियो । केही परिवर्तन भएजस्तो, रमाइलो लागेजस्तो हुन थालेको थियो । बेन्चमा बसेपछि नउठूँ जस्तो लाग्न थालेको थियो । परिवर्तन चर्को थिएन; बिस्तारै, मौनजस्तै, छाया सरेजस्तै सरेको थियो ।

मैले उसलाई नामले कहिल्यै बोलाएकी थिइनँ । त्यसको पनि आरम्भ भएको समय । ऊ पछिल्लो बेन्चमा बस्थ्यो, म अघिल्लो बेन्चमा । कहिलेकाहीँ जुत्ताले मेरो पाइला छुन्थ्यो; म भाग्थें, रिसाउँथें । कता-कता भित्रैदेखि सिरिङ्ग भइरहन्थ्यो र न्यानो महसुस गर्थें, तर आवरणमा आवेग र रिस थियो । उसका अक्षरहरू बाटुला र चम्किला थिए, तर कठोर थिएनन् । सूत्रहरू अनुशासित थिए, तर निर्जीव थिएनन्; किनकि ती उसका सुनौला हातबाट लेखिएका थिए ।

हामी दुवै पढाइमा तेज थियौँ । त्यो हाम्रो साझा पहिचान थियो । समाजले त्यही नामले चिन्थ्यो—“मेहनती”, “होसियार”, “भविष्य बोकेका”, “अनुशासित” । त्यही नामको बोझले मैले भावनालाई पाठ्यक्रमबाहिर राखेकी थिएँ । कलम मेरो नियन्त्रणमा थियो, मन मेरो पहरेदारीमा; तर कागज सधैँ खुला हुन्छ । हो, मन एकोहोरिएर टोलाइरहेका बेला म कि कलम टोक्थें नभए एकोहोरो खुला कागज केरिरहन्थें । किन त्यसो गर्थें, आफैँलाई थाहा छैन ।

गुरुहरूले दिने गृहकार्य र त्यसभित्रका असहज अभ्यास बुझ्न कठिन हुँदा मुस्किलले एक-अर्काका कापी मागिन्थ्यो । बोली फुटाउन पत्थर फोरेजस्तै हुन्थ्यो । नोटकापी साटासाट गर्दा पसिना-पसिना भइएको पनि थियो । ज्ञानको आदानप्रदान, समयको बचत, परिश्रमको साझेदारी—तर कागजले सधैँ केवल उत्तर मात्रै बोक्दो रहेनछ; त्यहाँबाट कहिलेकाहीँ न्यानो मान्छेको सुगन्ध पनि प्रवाह हुँदो रहेछ । त्यसले उसको स्पर्श, दिलको स्पन्दन र अव्यक्त भावहरू पनि बोक्दो रहेछ ।

पहिलो हप्ता केही भएन । दोस्रो हप्ता पनि केही भएन । तेस्रो हप्तामा उसको कापीको किनारामा सानो वक्र देखा पर्‍यो । त्यो न फूल थियो, न चिनो । तर त्यो रेखाले मेरो छातीभित्र अज्ञात तरङ्ग उठायो । तरङ्गको नाम मैले राखिनँ; नाम राखेपछि जिम्मेवारी बढ्छ । रेखा कापीमा मात्रै सीमित भएन, कसरी-कसरी मेरो मनभित्र पस्यो र खेलिरह्यो । उसले कापीको पुछारमा किन वक्र रेखा बनाएको होला ?

मैले आफैँसँग सोधेँ—जाबो एउटा वक्र रेखामाथि मेरो किन यति धेरै चासो ? उसै कोरिएका पनि त हुन सक्छन् ? कापीका अरू पानाहरू पनि हेरेँ, कतै छैन । त्यहाँ मात्रै किन कोर्‍यो ? कतै मलाई केही सङ्केत त होइन ? नहुन सक्छ र हुन पनि त सक्छ । म धेरै प्रश्नहरू गर्न थालेँ । मन अस्थिर भइरह्यो र त्यो अज्ञात रेखाले मनभरि अनेक प्रश्नहरू जन्माइरह्यो । किन यस्तो भयो ? उत्तर आएन, तर प्रश्न बसिरह्यो । प्रश्नहरू कहिलेकाहीँ उत्तरभन्दा शक्तिशाली हुन्छन्; तिनले चेतनालाई जगाइरहन्छन् ।

अर्को दिन मैले पनि किनारामा हल्का फूलको सङ्केत छोडेँ—अक्षरभन्दा बाहिरको, अर्थभन्दा अगाडि र समयभन्दा बलवान् । त्यो आमन्त्रण थिएन; त्यो स्वीकारको अभ्यास पनि थिएन । अर्थहीन सङ्केत-प्रतिसङ्केत मात्रै थियो, अरू केही थिएन ।

त्यसपछि कापी साट्ने क्रम अलि बढिरह्यो । सङ्केतहरू अप्रत्यक्षबाट प्रत्यक्षतिर बन्न थाले; मुटुका चित्रहरू र फूलहरू बन्न थाले । कापीका बीचमा केही सायरीहरू पनि आदानप्रदान हुन थाले । कापी साट्नु कागज साटिनु मात्रै रहेन; त्यो दुई मौन संवादहरूको माध्यम बन्यो । कक्षाकोठामा आँखा सक्रिय भए । ब्ल्याकबोर्ड पृष्ठभूमि बन्यो । अनुहारहरू सङ्केतकै माध्यमबाट दिलभित्र बसे—पाठ र कापीहरू आफैँ डेटिङ स्पट बन्न थाले ।

उनका आँखाले मेरो शरीर मापन गरेनन्; मेरो चेतना पढे । त्यो दृष्टि सम्मानसँगै चाहना बोकेर आएको थियो । चाहना—जसलाई समाजले अपराधजस्तै व्यवहार गर्छ, प्रकृतिले ऊर्जा भर्छ । नारी भएर मैले चाहनालाई सधैँ दुई तहमा देखेकी थिएँ—एक तहमा लाज, अर्को तहमा शक्ति । त्यही द्वन्द्व मेरो अन्तस्करणभित्र आँधीजस्तै चलिरह्यो, आजपर्यन्त चलिरहेको छ ।

हामी बोल्दैनथ्यौँ । मौनता र प्रतीकात्मक संवाद बाक्लिँदै गयो । मौनता खालीपन होइन; मौनता अर्थको भार पनि हो । कापीका पानामा संवाद सुरु भयो—प्रश्न र उत्तरको आवरणमा । “के सबै कुरा परिभाषामा अटाउँछ ?” मैले लेखेँ । कलम रोकियो, फेरि उत्तर आयो—“के सबै कुराको परिभाषा चाहिन्छ र ?”

त्यो प्रश्नोत्तर परीक्षा थिएन; त्यो दुई चेतनाको पहिलो नग्नता थियो—शब्दले ढाकिएको, तर भावले अनावृत । सायद हामी मौनतामै अक्षरहरूजस्तै वस्त्रहीनताको पनि कल्पना गर्थ्यौँ कि, थाहा छैन । बिस्तारै प्रतीकहरू आए । फूल फूलजस्तो रहेन; काँडाको सम्झना थपियो । रेखा रेखाजस्तो रहेन; रेखाहरू लम्बिन थाले जसले दूरी नाप्न थाल्यो । वृत्त अधुरो रहन थाल्यो—रित्तो-रित्तो जस्तो लाग्न थाल्यो, जस्तो हामी दुवै छौँ । कापीका चित्रहरू स्पष्ट थिएनन्; तिनले स्पष्टता चाहँदैनथे । ती चित्रहरू न शरीरका थिए, न दृश्यका । ती त नजिकिन नपाएका भावहरूका तृषित अभिव्यक्ति थिए ।

एक दिन कापी साट्दा औँला छोइयो । त्यो क्षण सामान्य थियो, तर त्यसले लामो समयदेखि थुनिएका भाव र रहरहरूलाई एकमुष्ठ पोखिदियो । छुवाइ संयोग थियो वा बहाना ? त्यो त म भन्न सक्दिनँ, तर त्यसले किन चट्याङ परेजस्तै करेन्ट सिर्जन गर्‍यो ? शिरदेखि पाउसम्म किन झनझनाहट पैदा गर्‍यो, भन्नै सक्दिनँ ।

म भागिनँ । म रोकिएँ । रोकिनु मेरो विद्रोह बन्यो—समाजसँग होइन, आफ्नै डरहरूसँग । अनायास उसको औँला च्याप्प समातिएछ, किन हो उत्तर छैन । कतिबेर समातिरहेँ र किन समातेँ, त्यो पनि यतिबेला भन्न सक्दिनँ । सर्प समातेजस्तै, भ्रम भएजस्तै, एक्कासि आत्तिएर छोडेँ । त्यसपछि हामी अलग बस्यौँ, तर मन भने भित्रभित्रै झन् टाँसिएजस्तो भयो । टाँसिनु छालाको थिएन; विचारको थियो । नामको थिएन; आकाङ्क्षाको थियो र थियो अनौठो मनोविज्ञानको संवेदनात्मक आकर्षणको ।

बिस्तारै तिर्खाएको रहरले कलम समात्थ्यो र ओकल्न थाल्थ्यो—शब्दहरूको समुद्र । बन्दथ्यो पत्रहरूको चाङ अनि हामी हराउन थाल्यौँ प्रेमिल अक्षरहरूमा । चिठी बेहिसाब लेखियो । अक्षरहरू कति कथा बने, कति कविता—त्यसको गणना गरेर सकिन्न । मोबाइलका रिङ्टोन, म्यासेन्जरका लामा-लामा सन्देशहरू, लभ इमोजीका सङ्केतलाई प्रिन्ट गर्ने हो भने कति महाकाव्य बन्थे, कति रूपक र लेखहरू बन्थे होलान् । कति उपन्यास हुन्थे होलान्, आज सम्झन्छु । यही प्रक्रियामा म आफूलाई पढ्न थालेँ—अर्को जीवनका कक्षाहरू ।

बिस्तारै कक्षाकोठाका चार पर्खालहरू जीवनको पाठशालाका लागि साँघुरा लाग्न थाले, सास फेर्ने हावाहरूले उन्मुक्ति खोज्न थाले । जीवनका कक्षाहरूमा प्रयोगात्मक कार्यहरू पनि चाहिंदो रहेछ । शैक्षिक भ्रमणको कार्यतालिका बन्न थाल्यो । कहिले चन्द्रागिरि त कहिले फर्पिङ । कहिले चोभार त कहिले फुलचोकी ।

चुम्बकीय नियम हो—विपरीत ध्रुव आकर्षित हुनु । जति नजिक भयो, उति छुट्टिनै नसकिने—सँगसँगै रहने चाहना । जीवनका समानान्तर रेखाहरूजस्तै । मलाई अहिले पनि सम्झना छ—शिवपुरीको बाक्लो जङ्गल हाम्रो पहिलो भ्रमणको केन्द्र थियो । असोजको महिना हुनुपर्छ । शिवपुरीमा मधुर शीतलता र चिसोपन बढिरहेको थियो । उसले केही ‘ड्राइ फुड्स’ हरू लिएर आएको थियो, मैले अचार र तातो पेय लगेकी थिएँ । एउटा पारिलो जङ्गलको पाखो, जहाँ घाम-छाया बराबर थियो, त्यसलाई हामीले बस्न रोज्यौँ । साथमा कोही थिएन; ऊ थियो र म थिएँ । म पहिलो पटक परपुरुषको साथमा यस एकान्तमा थिएँ । डर थियो—कुनै अप्रिय त हुँदैन ? जिज्ञासा र कौतूहलता पनि थियो, रोमाञ्च पनि उत्तिकै थियो ।

केही उकालो हिँडेर आएकाले म अलि तिर्खाएँ र पानीको बोतल खोल्न खोजेँ । “सुसी, यो जीवनको पाठशालामा पनि पानी यसरी पिइन्छ र ! यो त गलत भो जस्तो लाग्यो,” उनले भने ।

“अनि कसरी पिइन्छ त ? के यसरी घाँटीबाट जाँदैन र ?” मेरो जिज्ञासा थियो ।

“जान त जान्छ, तर यो जीवनको पाठशालाको कक्षामा उत्तम प्रयोग होइन । तिमी कलेजको कक्षामा मात्रै मलाई जित्ने रहिछौ र ‘ए प्लस’ ल्याउने रहेछौ । मैले कलेजको कक्षामा नसके पनि यहाँ तिमीलाई जित्छु, पख,” यति भनेर उसले पानीको बोतल लियो । यतिबेला पारिलो घाम लागेको ठुलो चट्टान अगाडि नै थियो । हामी त्यहीँ बस्यौँ । उसले मलाई तानेर काखमै राख्यो र “आँ गर” भनेर बिस्तारै पानी खुवाइदियो । मैले पानी पिइरहेँ । पानी पिलाउने उसको हात मैले समातेकी थिएँ, उसले मेरो टाउको समातेको थियो । उसको हात निकै तातो थियो, रातो थियो । मलाई लाग्छ, मेरो गाला र सम्पूर्ण शरीरभरि रक्तिम आभा बोकेर करेन्ट दौडिरहेको थियो ।

“छ्या, म पानी खान नसक्ने हुँ र ? के गरेको नि !”

भन्न त मन थियो तर भन्नै सकिनँ । अलि भाउन्न भएजस्तो, केही नसोचेजस्तो भएर लत्रिरहेँ । उसको काखमा मुन्टो लतारेर टाँसिइरहेँ । उसले मलाई बिस्तारै हातमा च्याप्प समात्यो, गाला र घाँटीतिर लागेको पानी पुछिइदियो । म अझै लत्रिरहेँ । यतिबेला हाम्रो संवादहीनता थियो । लाग्छ—यो संवादहीनता ५-७ मिनेटसम्म चल्यो । मैले भनेँ, “भो नछोऊ, काउकुती लाग्दो रहेछ ।”

उसले थप्यो, “पख न, पानीको चिसो भित्र पनि पुगेछ, म रुमालले पुछिदिन्छु । पानी जिउमा पस्दा पनि थाहा नपाउने लाटी !”

उसले घाँटीबाट हात छिराएर सुमसुम्याउन थाल्यो; मभित्र किन हो खै, अर्धचेत नारी बेहोसजस्तै भएँ । उसको काखमा फ्याँकिएँ । उसले कतिबेर कहाँ-कहाँ हात पुर्‍यायो, म भन्न सक्दिनँ । बिस्तारै मलाई सम्हाल्न सिकायो । हामी कहिले झरनाजस्तै झर्‍यौँ, कहिले वायुजस्तै बह्यौँ । निलो आकाशको छातीभित्र हामीले आफूलाई उडिरहेका चरा जस्तै उन्मुक्त पायौँ । प्रकृतिले सृष्टिको निरन्तरताका लागि दिएको अप्रतिम गुप्त स्वप्निल अनुभूति !

यस्ता क्रमहरू निकै दोहोरिएपछि हाम्रो अध्ययन सकियो, कलेज पनि सकियो । हाम्रा जीवनका पाठशालाका प्रभातीय दिन थिए ती, जहाँको कोर्समा निजी अनुभवहरू पढियो—आफ्नै अनुभवले । शैक्षिक भ्रमणका प्रयोगात्मक कार्यहरूको सघनता थियो त्यहाँ । उनी आगो थिए, म मैन । नजिक हुनै नहुने, निकै छिटो पग्लिरहने । कस्तो विचित्रता !

आजकाल हामी जीवनको प्रयोगमा सँगै छौँ । कहिलेकाहीँ म त्यो कलेज सम्झन्छु—बेन्च, घण्टी र किनाराका ती रेखाहरू । ती रेखाहरूले मलाई सिकाए—चेतना टाँसिन सक्छ, चाहना जाग्न सक्छ तर मर्यादाका रेखाहरू पनि हुन सक्छन् । यही सन्तुलन नै प्रेमको परिपक्वता हो—जहाँ शरीरभन्दा अघि मन भेटिन्छ र मन भेटिएपछि शरीरको हतार रहँदैन ।

मेरो जीवनमा कलेजको अन्त्यतिरका ती कक्षाहरू र ऊ; हामी बसेको बेन्च, धर्साहरू कोरेर पठाएको कापी, चिठीका अक्षरहरू, शिवपुरीमा पहिलो जीवनको प्रयोगात्मक कक्षा र नारी-पुरुष हुनुको पहिलो अनुभूति मेरो स्मृतिपटबाट कहिल्यै हटेको छैन । जीवनको अन्त्यसम्म रहिरहनेछन् ।


–०००–
अक्षर आवास, धादिङ

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा डा. नवीनबन्धु पहाडी वक्ररेखाबाट हुर्किएको मायाको बोट

यो पनि पढ्नुहोस्...

कथा: रमनीया | हाम्रो कथाघर

लघुकथा: संस्कार | हाम्रो कथाघर

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

लघुकथा: सन्तुष्टिको बुझाइ | हाम्रो कथाघर

लघुकथा: अदृश्य शक्ति | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

कथा: पाठशाला | हाम्रो कथाघर

कथा: अर्की आमा | हाम्रो कथाघर

भर्खरै

कथा: रमनीया | हाम्रो कथाघर

पुस २१, २०८२

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: संस्कार | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

पुस २१, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.