Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » नियात्रा: कालिञ्चोक भगवती दर्शन

नियात्रा: कालिञ्चोक भगवती दर्शन

गैर आख्यान - नियात्रा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाअशोज १५, २०८१1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“मार्गशीर्ष शुभे मासि यादाद्यात्रा महीपति”

यस भनाइबाट यो स्पष्ट हुन्छ कि ? यात्राको अर्थ गति हो ।
नियात्रामा यात्राको क्रममा देखिएका, भोगिएका राम्रा-नराम्रा अनुभवहरुलाई जस्ताको तस्तै वर्णन गरिन्छ । हामीले कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर नियात्रा तयार गरिन्छ । अनुभवहरु संकलन गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न यात्रा अनिवार्य हुन्छ । पढेका कुरा बिर्सन सकिन्छ तर प्रत्यक्ष देखेका, अनुभव गरेका कुरा हाम्रो मानसपटलमा सदा ताजा रहिरहने हुँनाले पनि यात्रा गर्नुपर्ने हुन्छ । मानिसलाई व्यस्त जीवन, दिनरातको काम गरिरहदा कहिलेकसो यात्राले पनि पुन: ताजापन आउँने हुँनाले पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ । कुनै पनि ठाउँको धार्मिक, सांस्कृतिक , प्राकृतिक, पौराणीक , ऐतिहासिक महत्त्व बुझ्न त्यस ठाउँको भाषा, धर्म, संस्कृति , रहनसहन, जीवनशैली, चालचलन नजिकैबाट नियाल्न यात्रा आवश्यक हुन्छ । यात्राबाट हामीले प्रत्यक्ष रुपमा धेरै तितामिठा अनुभवहरु संकलन गर्छौँ ।

हामी शिक्षक साथीहरु नेपालको दोलखा जिल्लामा अवस्थित कालीञ्चोक भगवतीको थानमा जाने निर्णय गर्यौँ । त्यसका लागि पौष २८ र २९ गतेलाई रोज्यौँ । हामी २० जना शिक्षक साथीहरु बिहानको ५:०० बजे हाइसमा चढ्यौँ । जसमा कमल तिवारी, तुलसी प्रसाद सापकोटा , रविन भट्टराई, भूमिका गैरे तिमिल्सिना, सावित्री अर्जेल सापकोटा, विकास श्रेष्ठ, भावना पण्डित , सुरज भण्डारी, सागर अधिकारी, दिपेन्द्र पौडेल , राजेन्द्र सापकोटा, कपिल लामिछाने, मुरारी तिमिल्सिना , सरिता आचार्य , देवकी के. सी., गोमा लुइटेल, सबिता खनाल, सामना शर्मा, दीक्षा सिम्खडा, आरती पराजुली हुनुहुन्थ्यो ।

नारायणगढ, मुग्लिनको सडकखण्ड हुँदै हाम्रो यात्रा अगाडि बढ्यो । हामी बिहान ११:०० बजे कलङ्की पुग्यौँ र खाना खायौँ । त्यसपछि हाम्रो यात्रा बनेपा, धुलीखेल, पाँचखाल , दोलालघाट सिन्धुपाल्चोक , सुकुटे, जलबिरे, खाडीचौर, सुनकोशी हुँदै अगाडि बढ्यौँ । सिलढुङ्गा, मुडेमा खाजा खाई खरीढुङ्गा, गोच, मकैबारी हुँदै चरिकोटसम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ८: ०० बजेको थियो । त्यहाँ किनमेल गरेपछि चरिकोटबाट अलिकति अगाडिबाट कुरीगाउँ जानका लागि छुट्टै वलेरो जीप र हाइसमा दस- दसजना गरी गयौँ । १८ किलोमिटरको पहाडी घुमाउरो , साघुँरो बाटो रहेछ । कहीँ कच्ची त कहीँ पक्की बाटो हुँदै हामी उकालो चढ्दै गयौँ । रातीको समय जङ्गली जनावरहरुको डर, दुबैतर्फ घना जङ्गलका बीच साघुँरो बाटो हुँदै हामी उकालो लाग्यौँ । हामी कुरी गाउँ ९:३० मा पुग्यौँ । त्यहाँ गएर हामी होमस्टेमा बस्यौँ । अत्यन्तै चिसो , हिउँ पर्ने ठाउँ रहेछ कुरी गाउँ । होमस्टेका दाजुले दुईटा मकलमा आगो बालिदिनु भयो । हामी चिया पिउँदै त्यहीँ आगोको नजिक गोलो भएर बस्यौँ । झिरमा जालीमा मासु पोल्दै खादैँ गयौँ । दिनभरिका यात्राका लगाएत अन्य विषयमा गफ गर्दै रमाइलो गर्यौ । रातीको ११:३० बजे खाना खायौँ । त्यसपछि केही साथीहरू हिउँ परेको हेर्न जानुभयो । राती १:०० बजे सुत्यौँ ।

भोलिपल्ट बिहान ५:०० बजे हामी सबैजना उठ्यौँ । बिहानको नित्य कर्म सकेर हामी कालिञ्चोक भगवतीको थानतर्फ लाग्यौँ ।

नेपालको दोलखा जिल्लामा रहेको समुन्द्री सतहदेखि करिब ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको थानतर्फ प्रस्थान गर्यौँ । हामी जादैँ गर्दा कोही साथी पैदल हिँडेर त कोही साथी केवलकारबाट गयौँ । हामी ५:०० मिनेटमा केवलकारबाट डाँडामा पुग्यौँ । त्यहाँबाट चारैतिर देखिने हिमश्रृखला, मनोरम प्राकृतिक दृश्यले सबैको मन लोभ्यायो । त्यहाँबाट देखिने। कञ्चनजंघा , जुगल, गणेश, गौरीशंकर लगाएतका अन्य हिमाली दृश्य अत्यन्तै मनमोहक पायौँ । त्यहाँ नजिकै सेल्फी डाँडा रहेछ । त्यहाँबाट देखिने चारैतिर पहाड बीचमा झुरुप्प कुरी गाउँ , जसमा एकै किसिमका घरहरुले पनि सबैको ध्यान खिचिरहेको थियो । प्राकृतिक , धार्मिक, सांस्कृतिक , पौराणिक विविधताले भरिएको उक्त ठाउँले स्वर्गीय , अलौकिक आनन्दको अनुभूती गरायो । जसको कोही हुँदैन त्यसको कालिञ्चोक भगवती हुन्छिन् भन्ने जनविश्वास रहेको पायौँ । भगवतीको थानमा एउटामात्र वरदान मागेमा सो वरदान पूरा हुँने जनविश्वास रहेको पायौँ । लामो लाइन मानिसहरूको उत्तिकै भिड थियो । भगवतीको थानमा विशेषगरी त्रिशूल र घन्टी चढाइने रहेछ । त्यहाँ मङ्गलबार र शनिबार भक्तजनहरुको भिड हुँने कुरा मन्दिरका पुजारी भिम थापाबाट जानकारी पायौँ । त्यहाँ विशेष गरेर नयाँवर्ष, वडादशैं, चैतेदशैं , जनैपूर्णिमा लगाएतका पर्वहरुमा बढी भिड हुँने पनि जानकारी पायौँ ।

हामी करिब ८:३० बजेतिर त्यहाँबाट फर्कियौँ । सबैजनाले खाना खाई ९:३० मा जीप चढी तल झर्यौ । साह्रै मनमोहक दृश्य , हिमाल, पहाड, वरिपरिको बजार सबै देखिने हुँदा रमाइलो अनुभव गर्यौँ । बाटो साघुँरो भएपनि त्यहाँबाट देखिने दृश्य अत्यन्तै सुन्दर थियो ।

करिब ११:३० मा हामी दोलखा, चरिकोटको भीमेश्वर मन्दिर दर्शन गर्न पुग्यौँ । मन्दिर पुग्नुभन्दा केही अगाडिबाट ढुङ्गाले छापेको साघुँरो बाटो रहेछ । मन्दिरमा बिहान, दिउँसो गरी विशेषत: तीन अवतारको पूजा गरिने कुरा जानकारी पायौँ । देशमा ठूलै अनिष्ट हुँनु पूर्व भीमेश्वर महादेवको मूर्तिमा पसिना आउँने कुराको जानकारी पायौँ । शाहवंशीय राजा बिरेन्द्रको वंशनाश हुँनु पूर्व, २०७२ सालको भूकम्प जानु पूर्व मूर्तिमा पसिना आएको जानकारी पायौँ । मूर्तिमा पसिना आएदेखि देशमा ठूलै अनिष्ट घटना घट्न सक्ने सङ्केत हो भनि स्थानीय बासिन्दाहरुले विशेष किसिमको पूजा गर्ने गर्दा रहेछन् भन्ने जानकारी मन्दिरका पुजारीबाट पायौँ । धार्मिक मान्यता, व्यापारिक दृष्टिकोणले पनि भीमेश्वर मन्दिर चिनिने रहेछ । कालिञ्चोक भगवतीको थानमा दर्शन गरेपश्चात भीमेश्वर मन्दिरको दर्शन गरेपछि मात्र मनोकाङ्क्षा पूरा हुँने जनविश्वास रहेको पनि मन्दिर पुजारीबाट जानकारी पायौँ ।

हामी सबैजना १:०० बजे त्यहाँबाट फर्कियौँ । करिब ३:०० बजे मुडेमा खाजा खायौँ । सिन्धुपाल्चोकको खाडीचौरबाट लामोसाँघु हुँदै हामी अगाडि बढ्यौँ । हामीले बाटो वरिपरिको प्राकृतिक स्रोत एवम् कृतिम संरचना हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । बाह्रबिसे, राम्चे, भोटेकोशीमा रहेको ठूला- ठूला सुरुङहरु हेर्दै गयौँ । तातोपानी हुँदै नेपाल र चीनको सङ्गम स्थल खासासम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ५:२० भएको थियो ।

करिब ७:०० बजे हामी त्यहाँबाट पुन: फर्कियौँ । हाम्रो घर फर्कने रात्रीकालीन यात्रा शुरु भयो । राती ११:०० काठमाडौँको कलङ्की आएर खाना खायौँ । १२:२० मा हामी त्यहाँबाट हिड्यौँ । धादिङ्मा चिया पियौँ । पुन: हामी त्यहाँबाट फर्कदै गर्दा हामीसबै निदाएका थियौँ । समय २:४० भएको थियो । बेनीघाटमा आइपुग्दा मुग्लिनबाट जाँदै गरेको बस र हामी चढेको हाइस करिब १० मिटरको बीच दुरी थियो । एक्कासी ! माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खस्यो । दुबै गाडी टक्क रोकियो । हामी चढेको हाइसमा ठूलै ढुङ्गाले लाग्यो । हाइस अगाडिको भागमा क्षति भयो । सबैजना हतासियौँ र डरायौँ पनि । हाइस व्याक गर्दा पछाडि जीपमा नराम्रोसित ठोकियो । पछाडि जाम परी सकेको रहेछ । सबैजना अतालिदै ओर्लिनु भयो । मभने अगाडि थिए । हाइसको ढोका खुलेन सायद ! आत्तिएर होला । यसो पछाडि हेर्दा त सबै निस्किसक्नु भएको रहेछ । यसो हेर्दा त सुरज सर र ड्राइभर दाजु पनि निस्किसक्नु भएको रहेछ। अनि त झन आत्तिदै ड्राइभरको साइडबाट निस्किए । पहिरो खस्ने क्रम जारी रह्यो । सबैजना स्तब्ध भयौँ । एक- अर्काको मुखमा टुलुटुलु हेरिरह्यौँ । हातगोडा थरथर कापिरहेका थिए । आज ! ठूलै कालले बाँचियो भन्यौँ भगवान् सम्झियौँ । त्यहाँ जीप र हाइस बीचमा विवाद सृजना हुँन थाल्यो । अनुकुल समय हेरेर हामी बाटो कट्यौँ । केही अगाडि बेनीघाटको अस्थायी प्रहरी क्याम्पमा आयौँ । विवादले ठूलै रुप लियो । हाइस र जीप बीच कानुनी प्रक्रियाबाट सहमति भयो । हामी बिहान ४:२० मा पुन: त्यहाँबाट नारायणगढतर्फ अगाडि बढ्यौँ । यसरी बिहान ६:३० बजे सकुसल घरमा आइपुयौँ ।

नेपालमा सडकको अवस्था अत्यन्तै नाजुक छ । कति बेला कहाँ के हुँने हो, थाहा छैन ? यस्तो स्थितिमा आन्तरिक पर्यटक लगाएत अन्यलाई पनि अत्यन्त जोखिम छ । पहाडी बाटो डोजर चलेपछिको खुकुलो माटो कतिखेर खस्ने हो थाहै छैन ? आफनो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपर्ने कस्तो बाध्यता ? यस्मा सम्बन्धित निकायको ध्यानाकर्षण होस् । आन्तरिक पर्यटकलाई प्रवर्द्धन गराउँन सकेमा हाम्रो देशमा विभिन्न ठाउँका कुनाकाप्चामा रहेका स्वर्गीय आनन्द महसुस गराउँने यस्ता कैँयौँ ठाउँहरु छन् । जुन हामीले नजिकैबाट देख्न, बुझ्न र जान्न जरुरी छ । हामी विदेशका झिलमिलदेखि रमाउँन खोज्छौँ तर आफ्नै देशको बारेमा खासै चासो राख्दैनौँ । पहिला आफ्नै देशका विभिन्न ठाउँको बारेमा अध्ययन, अवलोकन, भ्रमण गरी जानकार रहनुपर्छ । जसले गर्दा नेपालमा रहेका विभिन्न जात, विभिन्न भाषा, विभिन्न संस्कृति , रहनसहन, चालचलन, दिनचर्या , भौगोलिक पर्यावरण , जनजीवन, परम्परालाई नजिकैबाट अध्ययन गर्न सकिन्छ । नेपालका विभिन्न आस्था बोकेका धार्मिक स्थलहरुको पनि जानकारी हुन्छ । नेपाल क्षेत्रफलमा सानो भएता पनि यहाँ विभिन्न भाषा, जात, धर्म, संस्कृति , परम्परा अटेकाले यो आफैंमा विशाल छ ।

गैंडाकोट: ४, नवलपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नियात्रा भुमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

बाल उपन्यास : अद्भुत विवाह | भाग: एक | नन्दलाल आचार्य

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

भर्खरै

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.