कहिले विश्वयुद्धमा मारिनु छ,
कहिले इराकमा रेटिनु छ,
कहिले ‘गोर्खा राइफल’ भई बहादुरी कहलिनु छ,
कहिले रसियाका सिमानामा गरिबीले ढल्नु छ,
कहिले सिमानामा कुटिनु छ,
कहिले देशभित्रै तानाशाहबाट भुटिनु छ,
कहिले बाँच्ने आशामा पलपल चिहाउँदै
बङ्करभित्र दबिनु छ।
ए शासकहरू हो!
मेरो जस्तै नियति तिम्रा सन्तानले भोगेमा
सक्छौ सहन?
मेरी आमा जस्तै अर्धचेत तिम्रो परिवारमा
सक्छौ हेर्न?
बेहोसीमा बर्बराउने मेरो बाबुजस्तै
सक्छौ सम्हाल्न?
मेरा सन्तानझैँ टुहुरा तिम्रा सन्तान भए भने
कसरी सहन्छन्?
ए तानाशाह!
उत्तर दिने साहस छ?
शिर ठाडो पार्ने साहस छ?
इन्कलाब जिन्दावाद!
तानाशाह मुर्दावाद!
–०००–
इलाम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

