रोइरहेछ मेरो देश,
प्रसवको पीडाझैँ गरी,
झ्याली पिट्दै, ताली बजाउँदै ।
छातीमाथि कुल्चँदै, उफ्रँदै छन्,
छटपटी उग्र भयो, आमा जलिरहेकी छिन्!
मुटु जलन भयो! ज्वाला ज्वलन्त भए ।
आशाहरू कालो धब्बा धुवाँसँगै रमाए,
मिलन बिन्दु खोज्न सकिनँ,
कोख रित्तिए, सुनसान दिउँसै रात भयो ।
खुनले धर्ती लतपतियो के भनुँ,
मुटुमाथि बन्दुक, गोली र छर्रा हाँस्दै,
इतिहासमा रगतको निशानछाप भयो ।
आँधी, हुरीको वेगमा फैसला मागे,
जननी म बिर्सिएँ, ढुङ्गामुढा बर्साए,
शिरदेखि पाउसम्म खरानी बनाए ।
गन्तव्य शून्य भयो, वचन मौनता छायो,
खुला गगन नै हुस्सुसँग बास भयो,
फूलका कोपिला नफक्रँदै लास भयो ।
फक्रेका कोपिला चुँडिए नफूल्दै,
स्वर्णिम सपना बुनेर सडकमा,
सहादत भए, होली खेले खुनको,
रोइरहेछ मेरो देश, जलिरहिछिन् मेरी आमा ।
–०००–
सिद्धलेक गा पा -३ गैरीगाउँ, धादिङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



