Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: अन्तिम गन्तव्य

कथा: अन्तिम गन्तव्य

तारा के. सी
हाम्रो कथा घरहाम्रो कथा घरअशोज २१, २०८१12 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

घरमा पुगेकाे मात्र थिएँ। फाेन आयाे अफिसबाट।

“हेलाे म्याडम! बिनी आमाकाे केस अलि जटिल नै भयाे। डाक्टर हजुरसँग कुरा गर्ने रे।”
त्यसपछि हाम्राे हाेम कियरकि बहिनी अन्जुले फाेन डाक्टरलाई दिइन्।
डाक्टरले भने; म्याडम! बिरामीकाे फाेक्साेमा पनि समस्या देखियाे। हृदयघात भएकाे शंका छ। छिटाे भन्दा छिटाे मुटुकाे ब्लकेज खाेल्नु पर्ने देखियाे। हाम्राेमा त्याे सुविधा छैन कि ग्राण्डी कि नर्भिक रिफर गर्छाै हामी। अँ ss सुन्नुत उहाँलाई अहिले नर्भिककाे डाक्टरले हेरेकाे भएर नर्भिक नै लाँदा राम्राे हाेला।

एकछिन है डाक्टर म भिजिटरकाे राय लिन्छु। भन्दै मैले फाेन राखे र हतार हतार उहाँकाे छाेरालाई भाइवरमा फाेन गरे। फाेन उठेन। सायद अष्ट्रेलियामा यतिखेर रातकाे २ बजेकाे हुदाे हाे। हातमा चिसाे पानी लिएर उभिरहनु भएकि आमाले मेराे मनाेदशा पढेर भन्नुभयाे;
“म्यासेज छाेडिदेऊ। पछि फाेन आउँछ।” मैले त्यसै गरे म्यासेज छाेडिदिए।

आमाले हातमा पानी राखिदिदै भन्नुभयाे,
“नानी भाे छाेडिदेऊ अफिस ? बेकारमा कति अर्काकाे टेन्सन लिनु?”
आमाकाे कुरा सुनेर ल्यापटप चलाउदै गरेकाे भाइले भन्याे;
“त्यसाे भए किन पढाउनुभाकाे त याे विषय खर्च गरिगरि। टेन्सन त हुन्छ नी मानिसकाे संवेदनासँग जाेडिएकाे विषयमा। तर अफिसकाे कामले घरमा भने टेन्सन लिनु हुदैन ।”

आमा चुपचाप भान्सातर्फ लाग्नुभयाे। मेराे माेबाइलमा फाेन आयाे अष्ट्रेलियाबाट बेनी आमाकाे छाेराकाे फाेन। उसले मेराे म्यासेज पढ्याे हाेला सायद। मैले आमाकाे बारेमा सबै कुरा भनिदिए। अहिले आमा मेट्राे हस्पिटलमा हुनुहुन्छ। उहाँलाई हृदयघात भएकाे छ र आइसियुमा राखेर उपचार गर्नु पर्छ र मुटुकाे ब्लकेज खाेल्नुपर्छ भनेकाछन् डाक्टरले। उहाँलाई नर्भिककाे डाक्टरले हेरेकाे हुदाँ नर्भिकनै रिभर गरिएकाे छ।”

मेराे कुरा सुनेर उनलेे भने ;

“नर्भिक लगेर आइसियुमा नराख्ने। म अफाेर्ड गर्न सग्दिन म्याडम ! गंगालाल राखेर त्यत्राे महिना उपचार गरे। मैले माइन मेकप गरिसके । जे हुन्छ हुन्छ? बरू टिचिङसम्म लगिदिदाँ हुन्छ। खबर गरिदिनु हाेेला आमा बितेेेपछि म आउँछु।”

फाेनवार्ता ढाेकाबाट सुनिरहनु भएकि मेरी आमाकाे चाहिँ आँखाबाट आँसु झरिरहेका थिएँ। मैले यी बिरामी आमा र बाकाे बारेमा आमासँग कुरा गरेकाे थिएँ। त्यहि भएर हाेला आमालाई पनि यति दु: खी बनाएकाे याे घटनाले।
बेनी आमाकाे छाेराकाे फाेन कल सकिना साथ मैले तुरुन्तै उहाँकाे साथमा गएकि नर्स बहिनीलाई फाेन गरे, फाेन उठेन। त्यस लगतै एम्बुलेन्स चालक दाइलाई फाेन गरे। उनकाे फाेन उठ्याे। उनले फाेनमा भने;
” म्याडम! बिरामीलाई नर्भिकमा छाेडर म फर्किदै छु बाटाेमा।”
रातकाे १० बजेकाे थियाे । काठमाडौं प्राय: सुनसान भैसकेको थियाे। मैले अनुराेध गरे;

दाइ! बिरामीलाई टिचिङ हस्पिटल महाराजगन्ज लानुपर्ने भयाे।
” दाइ! त्यति हेल्प गर्नु न।”
मलाई अर्काे बिरामी लिएर जानुपर्ने भयाे। अन्तै काेशिस गर्नुस् म्याडम।”

उनले आफ्नाे समस्या देखाए। मैले नर्स बहिनीलाई फाेन गरे। याे पटक उनकाे फाेन उठ्याे। उनले हतारमै भनिन् ;

म्याडम! बेनी आमालाई भर्ना गरेर इकाे गर्दैछाै। त्यसपछि डाक्टरकाे सल्लाह अनुसार आइसियुमा राख्ने कुरा छ। नर्सकाे फाेन काटेर मैले तुरून्त नर्भिकमा मेेराे साथीलाई फाेन गरे । बडाे हिम्मत जुटाएर बाेले डिस्चार्ज गरेर टिचिङ हस्पिट रिफर गरिदेऊ। लागेकाे चार्ज फाेन पे गरिदिन्छु। उनी बिरामीकाे अवस्था बारे बताउदै थिइन्। म भने उनकाे छाेराले भनेकाे सम्झदै थिएँ। म मंंहङ्गाे हस्पिटलमा आमाकाे उपचार गराउन सक्दिनँ।
मेरी साथीले अक्सिजन लाएर नर्भिककै एम्बुलेन्समा बेनी आमालाई टिचिङ पठाइदिइन् रातकाे एघार बजे। मैले बेनी आमाकाे आफन्त पर्नेलाई फाेन गरेर बेनी आमाकाे गम्भीर अवस्थाकाे बारेमा बताएर टिचिङ हस्पिटलमा आइदिन अनुराेध पनि गरे। रातकाे समय काे आउँछ? काेहि आएन । बेनी बुबाले बेला बेलामा फाेन गरेर आमाकाे अवस्था बुझ्थे। बिचरा आफै डाइलाेसिस गराईरहेका बिरामी थिए।

त्याे रात म निदाउनै सकिन। मलाई किन यति धेरै उनिहरूकाे माया लाग्याे। मेराे पेशा नै यहि हाे। धेरै बिरामीहरू आउँछन् जान्छन्। मैले स्वभाभिक लिनुपर्छ, तर म आफै विचलित भए त्याे घटनाले।

तीन बर्ष अगाडि शरीरकाे पाट- पाट राेगले हानेकाे जिर्ण शरीर भएकि श्रीमतीलाई लिएर बेनि बा हाम्राे केयर होममा बस्न र उपचार गराउन आइपुगेका थिए। उनिहरूलाई हाम्राेमा छिमेकिले ल्याएर छाेडेका थिए त्यतिबेला। सत्तरी काटिसकेकी बेनी आमा मस्तिष्क, पक्षघात, मुटुकाे राेग, स्तन क्यानसरकाे शल्यक्रियापछि जीवनकाे अस्त अस्त माेडमा हामी समक्ष आइपुगेकी थिइन्। हाम्राेमा पाएकाे माया, केयर , उपचारले उनी राम्राे पनि हुँदै गइन् । पटक्कै निद्रा लागेन। माेबाईलमा फेरि फाेन आयाे,

” म्याडम ! माेबाईलबाट पे गर्न मिल्दैन रे। क्यास नै चाहिन्छ भन्याे टिचिङ हस्पिटलले ।”
मैले अघि बेनी आमाकाे भर्ना गर्दा टिचिङमा फाेन पे गरेकाे सम्झिएँ। तुरुन्तै डाक्टर अनिललाई क्यास लिएर टिचिङ हस्पिटल जानु भनेर फाेन गरे। हाम्राे तर्फबाट गर्न सक्ने सेवा र सहयाेग बेनी आमाकाे लागि गऱ्यौँ हामीले।

एकदिन खुसी हुँदै माेबाईलमा बाेल्दै बेनी बा मेराे अफिस काेठामा छिर्नु भयाे र मलाई फाेन दिदै भन्नुभयाे,
“नानी! मेराे छाेराकाे फाेन अष्ट्रेलियाबाट, हजुरसँग कुरा गर्ने रे।” आज जति खुसी मैले बेनी बालाई कहिल्यैँ देखेकाे थिइन। मैले फाेनमा कुरा गरे। बिरामीकाे
बारेमा सबै कुरा बताइदिए। केहिदिनमा उनले काठमाडौं आउँछु भनेर फाेन राखे।
मेराे मनमा अहिले धेरै कुराहरू प्रश्न बनेर आए, मैले साेधे,
” बा! हजुरले छाेराकाे बारेमा केहि भन्नुभएननी आजसम्म। यस्ताे अवस्थामा छाेरा साथमा भैदिए सजिलाे हुन्थ्यो नी।”
मेराे कुरा सुनेर सधै दु:ख लुकाएर हाँस्ने बेनी बाकाे आँखाबाट श्रावणकाे झरी झै आँसुहरू बर्षिए। बेकारमा साेधेछु जस्तो पनि लाग्याे तर जान्न जरूरी थियाे। छिमेकिले ल्याएर छाेडेका थिए काेहि सन्तान छैन भनेर। घरकाे भाडा उठाएर बुढीकाे ओैषधी उपचार गर्थे। हामीले सक्ने डिस्काउन्ट गरिदिएका थियाै उनकाे लागि। उनी पनि पछि मृगौलाकाे समस्याले थलिए। हप्तामा दुइचाेटी डाइलाेसिस गराउन पर्ने भयाे। बेनी बाकाे डाइलाेसिस गराउनु पर्ने भएपछि आमाकाे अनुहारकाे उज्यालाे झ्याप्प निभेकाे थियाे। काठमाडौं भेडासिङका स्थानीय नेवार समुदायका व्यक्ति थिए बेनी बा! उनकाे भेडासिङमा रहेकाे तीन तलाकाे पुर्खाैली घरबाट आएकाे भाडाबाट आजसम्मकाे खर्चको ब्यवस्थापन गरेका रहेछन्।

उनले आँसु झार्दै यसरी सुनाए मलाई आफ्नाे राम कहानी।
” नानी! हामी काठमाडौंका स्थानीय नेवार। मेरा बाका हामी दुई भाइ छाेरा। म जेठाे म मुनीकाे भाइ। अंशबण्डा भएपछि मलाई भेडासिङकाे घर र भाइलाई इन्द्रचाेककाे घर पर्याे। हाम्राे भाँडा पसल थियाे घरमा ।
उनी चाैंध बर्ष र म साेह्र बर्षका थियाै विवाह हुँदा । दस बर्षसम्म हाम्राे सन्तान भएन । अनेक गरियाे सन्तान प्राप्तिको लागि दान दक्षिणा, तिर्थ व्रत, भाकल सब गऱ्यौँ । छाेरा जन्मियाे। खुसीकाे सिमा रहेन। हुर्कायाै, पढायाै। पछि पढ्न अष्ट्रेलिया जान्छु भन्याे। मन अमिलाे पारेर बिदा गऱ्यौँ। त्यसपछि ऊ सम्पर्क बिहिन भयाे। तनाव थपियाे हामीमाथि। बुढी त्यहीँ पिरले एकदिन ढली बेहाेस भएर। छिमेकीकाे सहयाेगले उपचारकाे लागि ग्राण्डी हस्पिटल लगियाे। बाेली गुमाएर अरूकाे सहारामा बाँच्ने भएर बुढी ग्राण्डीबाट निस्की। त्यहाँकाे शुल्क तिर्न मैले नसकेर छिमेकीले विभिन्न माध्यमबाट सहयाेग जुटाएर शुल्क तिर्न मद्दत गरे। भराेसा नभएकाे सन्तानलाई मैले कसरी छ भनाै त नानी!”

केही दिनपछि अष्ट्रेलियाबाट आमा बालाई भेट्न छाेरा आयाे। उसले उतै विदेशी नागरिकसँग बिबाह गरेकाे रहेछ। छाेरा छाेरी घर परिवार सबै उसकाे उतै। एक हप्ताकाे बसाईमा उसले घर बेच्ने ग्राहक लगाएर उ पुन अष्ट्रेलिया फर्कियाे।

त्यसपछि बेनी बालाई भेट्न थुप्रै जग्गा दलालीहरू आउन थाले। भेटेर ,फाेनबाट घरकाे माेलमाेलाई हुन थाल्याे। अर्काकाे कराेडाैं पर्ने घरकाे मूल्य न्यून गर्थे दलालीहरू। घर बेच्ने कुराले बुढाबुढी मलिन थिए सायद् घरसँग जाेडीएकाे मानविय संवेदनाले हुनुपर्छ । यहि पीडाले हाेला सायद बुढी ढलिन् कहिले नउठ्ने गरि। टिचिङकाे शवगृहमा सुतेर बेनी आमाले विदेशी छाेरालाई कुरिन एक हप्ता।जिन्दगीकाे सुरू र अन्त नै छुट्टाउन नसकिने गरि कसरी हिडेका बाटाेहरू बद्लिदाे रहेछ। मैले साेचिरहे।

विदेशी भूमीमा भाेग्नु परेका अनेकाै दु:खका किस्साहरू सम्झँदै घर बेचेर बेनी बुबाकाे छाेरा अष्ट्रेलिया उडे। बेनी बा स्वर्गवासी श्रीमतीकाे फाेटाे, एकजाेर कपडा र मृगाैलाकाे राेग बाेकेर वृद्ध आश्रमतिर लागे।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अन्तिम गन्तव्य कथा तारा के. सी

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.