Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » चलाख बुहारी

चलाख बुहारी

आख्यान - कथा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाकार्तिक ५, २०८१714 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

स्कूल देखिका साथी थिए उदय र आइसा !
सँगै खेल्ने, डुल्ने गर्थे । घर पनि एउटै गाउँमा थियो । मेलापात जाँदा होस् वा घाँस दाउरा खोज्न जाँदा होस् । एकछिन छुट्टिदैन्थे । उमेर पनि करिब सँगसँगैको थियो । विद्यालय एउटै भएकाले पनि ज्यादै मिलाप थियो । घरदेखि विद्यालय करिब एक घण्टा हिँडेर जानुपर्ने हुन्थ्यो । उकाली ओराली गर्दै बोल्दै हिड्दा खासै टाढा भएको भान हुदैन्थ्यो । गाउँका अरु साथी पनि थिए । सबै एकैचोटि संगै विद्यालय जान्थे । त्यस बिचमा पनि उदय र आइसा छुट्टिन भ्याउथे । उनीहरु आफ्नै धुनमा जिस्कदै हिँड्‌थे । साथीहरूले खासै ध्यान दिदैन्थे ।

उनीहरूको पढाइ राम्रो भएता पनि प्रेमसम्बन्धले पढाइमा ध्यान दिएका थिएनन् । यस्तै गरी समय बित्दै थियो । सोचेजस्तो नतिजा दिन सकेनन् दुबैले । घरमा आमाले नतिजा हेर्दै उदयलाई भन्नुभयो । “के हो बाबु तिम्रो पारा, झन राम्रो नतिजा देला भनेको त यहीँ हो नतिजा ? राम्रो गर्ला, पढ्ला भनेर मैले तेत्रो मिहिनेत गरी पढाए । आखिर हेर ! अहिले त नाकै काटिस् नि मेरो । “आमा कराउदै, फेरि थप्नुभयो । “कत्रो आश थियो, मेरो तँ माथि के गरेको यस्तो ?” भन्दै आमा एकसुरले बोलिरहनु भयो ।
त्यो सबै सुनिरहेको उदयले केही आशावादी स्वरमा भन्यो । “हैन आमा निराश नहुनुहोस् । मैले गर्छु, अब झन मिहिनेत गरेर पढ्छु । अर्को परीक्षामा अवश्य पनि राम्रो गर्नेछु । पिर नलिनुहोस् आमा ! ढाडस दियो उदयले ।
“परिवार‌को एक्लो छोरो होस् । तै मात्र त छस्, भोलिको बुढेसकाल‌को सहारा होस् मेरो । अनि तैले नै पढिनस् भने के गरेर खान्छस्, भनेकी हूँ बावु !” मलिन स्वरमा आमाले भन्नुभयो । त्यो सुन्दा त उद‌यले मनमनै सोच्छ । “आखिर म पढ्न जान्ने विद्यार्थी हूँ । मेले राम्रो अङ्क ल्याउन सक्ने थिए । किन यस्तो भयो ।” खिन्नता बोध गर्दछ । उदय फेरि थप्छ, “कतै मेरो र आइसाको नजिकिएको प्रेमको कारण मेरो नतिजामा प्र‌भाव परेको त होइन । यदि त्यस्तो हो भने अब सोच्नुपर्छ । मेरो आमाको आशाको मियो म नै हुँ । अहँ अब म यसलाई डग्मगाउन दिन्न । आजै कुरा गर्छु म आइसासँग ।”

भेट्‌‌यो, आइसालाई र सबै वृत्तान्त बतायो र भन्यो, “हेर आइसा, अब हामीले पढाइमा ध्यान दिनुपर्छ । यो हाम्रो भविष्यको कुरा हो नत्र हामी दुबैको पढाइ बिग्रन्छ । हाम्रो प्रेमको यहीँ बिट मारौँ ।” सचेत गरायो उद‌यले आइसालाई ।

ऊ, केवल सुनी मात्र रही, केही बोलिन हुन्छ, भन्न पनि सकिन किनभने उद‌यले भनेका कुरा सतसत् सत्य हो र हुदैन भन्न पनि सकिन किन भने ऊ बिना बाँच्न नसक्ने भैसकेकी थिई आइसा ।
आमाको अनुहार हेर्छ । आफूमा ऊर्जा थप्छ । उदय पुन: केही दिन त पढाइमा मन लगाउँछ ।

सुरुसुरुमा त पढ्छ तर फेरि ऊ भित्रको गहिरो झाङ्गिसकेको त्यो प्रेम कहाँ त्यसै सहजै भुल्न सक्थ्यो र ? क्रमश: त्यहीँ पुरानै प्रक्रिया चलिरहन्छ । त्यसै विद्यालयबाट दुबैले +२ उत्तीर्ण गर्छन । दुबै परिवार‌को सहमतिमै विवाह हुन्छ । उदय र आइसाको ।

वैवाहिक जीवन पनि सुखसँगै बितिरहेको थियो । परिवारमा तीनैजना खुसी थिए । घाँस दाउरा, पानी पधेँरो मेलापातमा नै दिन बित्न थाल्यो । पहाड़‌मा भए पनि पाखाबारी प्रशस्त थियो । ढुङ्‌‌गाको दुईतले घर थियो । त्यस ठाउँमा सम्पतिवालामै गनिन्थ्यो उदय । एक्लो छोरो भएकाले आमाले केही कुरामा कमी गराउनु भएको थिएन । पहाडमा भएपनि सुख सुविधा, खान लाउनमा दु: ख थिएन । विवाहपछि उद‌यलाई आफूमा जिम्मेवारी थपिएको बोध हुन्छ । आफूसँगैका साथीलाई नियाल्छ । उनीहरू कोही विदेश छन् त कोही सहर ? सबैले पैसा कमाएका छन् । त्यो परिवेशबाट उदय नि अछुतो रहन सकेन । उसले सोच्यो , “यसरी केही नगरी बसेर हुदैन ? आमा हुनुहुन्छ, श्रीमती छिन् अब फेरि सन्तान जन्मिएपछि त झन गाह्रो हुन्छ । त्यसकारण मैले केही काम गर्नुपर्छ ” भन्छ र कामको खोजी गर्न थाल्छ । बुझ्दै जाँदा सहरमा काम प्रशस्त पाइने फाल्तु बस्न नपर्ने कुरा आफ्नै साथी गोकर्णबाट थाहा पाउँछ । घरको पिरले फेरि अनयासै टोलाउँछ , “घरमा दुई जीउकी श्रीमती छिन् । बुढी आमा हुनुहुन्छ । म कसरी छाडेर जाऊ । यिनीहरुलाई केही भयो भने कस्ले हेर्छ ?” मन दोधार पार्छ । “होइन यतिकै बस्नु हुदैन । मर्दले आँटेर गर्नुपर्छ । फेरि यहाँ यत्रो समाज पनि त छ नि ! हेरिहाल्छन नि कसो नहेर्लान र ?” चित्त बुझाउँछ । मन दरिलो पारेर दुबैलाई भन्छ । “यसरी फाल्तु बसेर हुदैन । मैले अब काम गर्नुपर्छ । परिवारकै खुसीका लागि र अब आउने सन्तानको उज्वल भविष्यका लागि काम गर्नुपर्छ । म भोलि नै सहर जान्छु ।” प्रस्ताव राख्छ उदयले । दुबैजना सुनेर चिन्तित हुन्छन् । जाऊ पनि भन्न सक्दैनन् र नजाऊ पनि भन्न सक्दैनन् ।

भोलिपल्ट बिहानै उदय सहरतिर लाग्यो । सहर पुगेर बस्ने कोठाको व्यवस्था गरेर आफ्नो कागजपत्र चारैतिर छोड्‌छ । उसले राम्रो काम पाउँछ । बैंकमा काम गर्न थाल्छ । बिस्तारै आफ्नो शैक्षिक योग्यता बढाउदै काम गर्न थाल्छ । सबै राम्रै चलिरहन्छ । अचानक ! गाउँबाट फोन आउँछ । “ल बधाई छ तिमीलाई घरमा लक्ष्मीको आगमन भएको छ । ” उदयको खुसीको सीमा रहेन छोरीको अगमनको खुसीमा पार्टी दिन्छ । बेला बेलामा घरमा आउने र जाने गर्न थाल्छ । पछिपछि उदय कामको चापले र पढाइले गर्दा परिवारलाई समय दिन भ्याउँदैन घर आउने क्रम पातलिन थाल्यो । त्यो सम्झदा आइसाको पेट पोल्न थाल्यो । पहिला दिनदिनै एकदुई चोटि फोन गरी हालखबर सोध्न्नु हुन्थ्यो । यसो बिदा भयो कि फुर्सद मिलाएर घरमा पनि आउनुहुन्थ्यो तर आजकल किन हो , आउनुहुन्न र फोन पनि आउँदैन । उहीँ मैले नै गरे हो । आखिर ! किन ? कुरा खेलाउन थाल्छे आइसा !
त्यसपछि आइ‌साले निर्णय गर्छे । “अब यसरी हुँदैन । म पनि उहाँसँग सहर जान्छु । नानी पनि पढ्ने बेलाकी भई । यसैलाई निहुँ बनाएर बोलाई । सहर गएर मैले नि काम गर्छु । अब यसरी हुँदैन । सँगै बस्नुपर्छ । पहिला त्यस्तो माया गर्ने श्रीमानमा एकाएक परिवर्तन देख्दा विश्वास गर्न नसक्ने अवस्थामा पुगेकी थिई । “आइसा
बोलाई उदयलाई । ऊ बिदा मिलाए आउँछ । “छोरी पढाउनु पऱ्यो राम्रो बोडिङमा आखिरी ! हामीले कस्का लागि हो र दुःख गर्ने यसैका लागि त हो ?” सम्झाई आइसाले ।

“घरको पाखा बारी सबै ठेक अधियाँमा दिन्छ । घर भाडामा दिन्छ । आमालाई सबै व्यवस्था मिलाउछ । बुवाको पेन्सन, घरभाडाको रकम खेतबारीको आयस्ता सबै आमालाई सुम्पिन्छ ।” श्रीमती र छोरी लिएर जान्छ उदय ।

आमा पनि छोरा बुहारी र नातिनीको उज्वल भविष्यको कामना दिँदै खुसी साथ सबै सहस्र स्वीकार गर्नुहुन्छ । एउटा कोठामा नै सबै निर्वाह गरेर बस्नुहुन्छ । आमालाई औषधिमूलो खुवाउने दुःख बिमार हुँदा हेर्न नजिकैका भिनाजू पर्नेलाई जिम्मा लगाएको हुन्छ उदयले ।
सहर गएर आइसाले पनि काम गर्न थाली । सबै खुसी र सुखी थिए । समय बित्दै जान्छ । दुबै काममा यति व्यस्त हुन्छन् कि छोरीलाई ध्यान दिन भ्याउदैनन् । छोरीलाई बोडिङ लाने ल्याउने मान्छे नहुदा उतै डे होस्टल राखिदिन्छन् । दुबै बिजी हुँदा उतै भुलेका हुन्छन् ।
एकदिन आइसाले कान फुकी उदयको , “अब आमाले गाउँमा बसेर दुःख गर्न सक्नुहुन्न बिचरा ! आमालाई कम्ता दुःख छ ? पहिले देखि काम गरेको बानी त्यसै त कहाँ बस्नुहुन्छ र ? ” सुन्नुभएन भिनाजूले के भन्नुभयो ? “घर मुनिको बारी आफैँ कमाउन थाल्नु भएछ । बुढी मान्छे कोही छैनन् सहारा ? केही भैहाल्यो भनि हामीलाई भनाऊ पर्छ । जानुहोस् र आमालाईसँगै लिएर आउनुहोस् । हामी सबैसँगै मिलेर खुसी साथ एकै ठाउँमा बस्नुपर्छ ।” सुझाव दिई आइसाले
उदयले सोच्यो, “हो सही कुरा गर्यौ तिमीले । म भोलिनै गएर आमालाई लिएर आउछु । घर साहु‌सँग भनेर बरु एउटा कोठा थपिहाल , आमालाई । पछि उताको सबै बेचेर यतै घर किनौँला ।

“भोलिपल्ट बिहानै गाउँ गयो र भन्यो । ” आमा म तपाईंलाई लिन आएको ल भोलि नै यहाँबाट जानुपर्छ। आफ्ना सबै समान , कागजपत्र राख्नुहोस है ।” भन्छ, आमा अचम्म पर्नुहुन्छ र सोध्नुहुन्छ । ” किन र बाबु के भयो, एक्कासी ! खबरै नगरी कसरी आयौ त ? सबै ठिक छ नि !” तपाईकी बुहारीले अब आमाले गर्न सक्नुहुन्न , आमा बुढी हुनुभयो । हामीसँगै बस्नुपर्छ भनेकी छन् । मैले पनि त्यहीँ सोचेको थिए । अब सहर गएर उतै बस्ने हो ।

आमालाई पनि भित्रभित्रै बडो खुसी लाग्यो , ” जे होस् आफ्नो भनेको आफ्नै हो । बुहारीले कति माया गर्छिन् । म भने के के नै सोचिरहन्छु खाली ? आफूप्रति माया जागेकोमा आमा पुलकित हुनुभयो ।” सोचेर भन्नुभयो , ” हुन्छ बाबु म सामान प्याक गर्छु ।”
घर भाडामा दियो र सबै चाँजोपाँजो मिलायो । अर्को दिन बिहानै आमालाई लिएर सहर गयो । त्यहाँ गएपछि करिब एक महिना जति त बुहारीले खुबै सेवा गरी , आमाको । बिस्तारै मन जिल्दै गए‌‌पछि घरको चाबी आमालाई सुम्पी र भनी । ” आमा हेर्नुहोस् न यो सहरमा यस्तो महङ्‌गी छ । हामी दुबैले काम नगरी घर चलाउन गाह्रो छ । तपाइ‌ले सबै देख्नुभयो क्यारे !” आमालाई दुखेसो पोखी आमाले पनि सोच्नुभयो र भन्नुभयो । ” हो तनि गाह्रो छ, तिमीहरु काम गर । म घर सम्हाली दिउला । नानीलाई स्कूल पुऱ्याउने र ल्याउने खाजा खाना सबै मैले गरिदिन्छु । तिमी ढुक्कले काम गर तनि । घरको चिन्ता नलिग ।” बुहारी मख्ख परी ।

केही दिन पछि उसले आफ्नी साथीसँग फोनमा बात मारी ।” हेर कुशुम ! तैले भने जस्तो गरेर आमा ल्याएर त अहिले मलाई घरको केही तनाव छैन ? आनन्द छ । पैसा पनि वचत भएको छ । उल्टै गाउँबाट पनि भाडा आउन थालेको छ । ”

आमा कोठा बाहिरबाट कान ठाडा पार्दै सुन्नुभयो , “एक तीर दुई निशाना !” झस्किनु भयो आमा ।।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा भुमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: कमलिकान्त जिन्दावाद! | डा. नवीनबन्धु पहाडी | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथा: दृष्टिविकास | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.