डा. घनश्याम परिश्रमी
पद्य छन्द – भुजङ्गप्रयात
चतुष्काेण बन्छन् मिली चार काेण
कहाँ बन्छ षट्काेण हट्दा त्रिकोण
दुई चार गुन्दा हुने आठ नै हो
हुँदा वृक्ष बेर्नाे हुने काठ नै हो
//१//
थिए ती कुनै वेदनाका पुकार
थिए ती कुनै साधनाका प्रसार
थिए ती कुनै भावनाका प्रकार
भए आज आफ्नै सबैका विचार
//२//
सबैको हुने गर्छ अस्तित्व आफ्नै
छ लम्बाइ चौडाइ पर्दैन नाप्नै
छ जे त्यो त्यही हो हुँदै हैन अर्को
अस्वीकार गर्ने नगर्नू जमर्को
//३//
कलाकार आफ्नै कलामा छ मख्ख
छ सेवाप्रदायी स्वयम्मा गमक्क
उठी चार बज्दा नबज्दै बिहान
पुगेको छ कर्मस्थलीमा किसान
//४//
म मेरै कुवाभित्र जे भाेग्छु, देख्छु
तिनै चित्रजस्ता बनाएर लेख्छु
निदाएर थाेरै म धेरै छु जाग्दै
यही जिन्दगी हो कि जस्तो छ लाग्दै
//५//
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।