!! An Orphic Story !!
– ओठ फुटेछ त, उसले सोधी !
– उम, तिमीसँग भेट नभएको थुप्रै भयो नि त !
– खुब, बदमाश नखरा देखाइहाली !
– अनि यो कपाल, यो दाह्री ?
– मलाई राम्रो हुनु नै छैन् !
– अनि, यो हुलिया ?
– मेरो पहिचान हो हुलिया !
– अनि परिचय ?
– झल्लु !
– धेरै बोल्ने भएछौ !
– धेरै सुनेर अघाए ! अब धेरै बोलेर पचाउँदै छु !
– कसलाई??
…आफैलाई !
मौन, हामी दुई !
– चुरोट छोड्यौ कि अझै खान्छौं ?
– छोड्नलाई त कसैले तिमीबाट सिकोस् !
– अनि रक्सी ? रक्सी पनि पिउछौ होला ?
– जिउनको लागि पिउँछु !
– के रक्सी पिउने सबै जिउँछन् त ?
– पिउने सबै जिउँछन् ! जिउँने सबै पिउँछन्, म यो भन्दिन !
– छोड्न सक्दैनौ ?
– तिम्ले पिउन सुरु गर्न सक्छौ ?
– मैले, सोधेको यो हैन् !
– मैले सोधेको त आखिर यहीँ हो नि !
– नङ् टोक्ने बानी ?
– उम, अँझै टोक्छु !
– घडी बाँध्न छोडेछौ त ?
– उम, समय पनि तिमीसँगै पराई भयो !
– म त आज फेरि आएनी !
– तिमी अब फेरि जान्छौँ !
– गैन भने !
– म गैदिन्छु !
– ok ! chill !!
– कोइसँग अफयेर ?
– उम्, छ !
– माया गर्छौ नि एकअर्कालाई !
– गर्छौं र त अफेयरमा छौँ !
– फोटो हेर्न सकिन्छ ?
– हेर्न चाहे सक्छौँ !
– भयो, हेर्दिन !
– फेरि किन सोध्यौँ !
– हस्, मेरो गल्ती साहित्यकार !
– म शब्दको बफादार हुँ साहित्यकार होइन !
– तब फेरि किन बफादारि निभाउछौ ?
– मलाई शब्द जिउन मनपर्छ !
– कफी पिलाउ भनेँ भने !
– म सँग चिया पिलाउने मात्रै पैसा छ !(म)
– साहुजी दुई कप गोरो चिया !
– ए ! रोक्नुस ! कफि गर्नुस् !(उ)
– हेहे ! उसो भए २ वटा चुरोट पनि मगाउँ !
“साहुजी अर्डर लिएर कफि बनाउन भित्र पस्यो !”
– मेरो याद कहिल्यैँ आएन् ?
–तिम्रो याद पनि सायद् तिम्रो माया जस्तै नपुंसक हुन्थ्यो त आउन्न थ्यो होला !
– भनेसी तिम्रो दिललाई मेरो यादले खुबै डिस्ट्रब गरें ?
– उम्म, यसरी नै बुझ !
– ओहो ! भनेसी, तिम्रो मेमोरिमिटरमा मेरो यादको मर्करी लेभल हाई नै रहेछ !
“तीन दिन देखि नमाझेको दाँत खिस्स देखाइदिए ! सायद हुँदो हो, एक नमिठो मुस्कान मेरो ओठबाट चिप्लियो कि ?”
– मैले तिम्रो ओठलाई किस गरें भने ?
– ओठ, जुठो भैसकेको छ ! र कालो पनि ! अरु कसैको दाग लागेको छ !
– दाग भएको हर चिज मनपर्छ, मलाई ! जस्तै……
– जस्तै…..?
– चन्द्रमा !
– कुरा गर्न खप्पिस भैछौ !
– हे ! मिस्टर ! भो भो, अर्काले चुमिसकेको ओठ म चुम्दिन !
– मैले चुम पनि त भनिन !
– मलाई तिम्रो ठुटेँ जुँघा देखि डर लाग्यो !
– मलाई तिम्रो मेन्टालिटी देखि डर लाग्यो !
– एनिवोए ! मसिनो दाह्रीमा सेक्सी देख्या छौ !
र राम्रो पनि ! उ: त्यो बादँर जस्तै !
“हासोँको चिसो पर्रा फुट्यो !
साथमै दुईकप गोरो कफी बाफ छुटाउदैँ थियो !”
– गाजल लाएको खुब सुहाएको छ !
– उम, अचेल आँसु हाँस्ने गरेको छु !
– हेहे ! आँसु रुने पनि गर ! इट्स गुड फोर् योर हेल्थ ! नत्र आँखा मुर्झाइजाला !
– उफ्फ ! तिमी र तिम्रो कुरा ! टोटल्ली म्याड !
– कोहीसँग तिम्रो अफेयर ?(मैले सोधे )
– “उम !”,
– चुरोटलाई ओठमा च्यापेर लाइटर झोसिभ्याएर भने,
“आज कफि, त्यै खुसीमा ?”
– जे सम्झ !
– ए मिस्टर ! चिसो स्याठले कफीको तातोपन चोर्नु भयो ! कफी पिउने कि ?
– हट एण्ड सेक्सी ! गोरो कफी ! (फुत्त चिप्लिइ हाल्यो) !
Yeah ! तिमी जस्तै ! (उ)
माहोल तातो कफि पिइसकेपछी एकछिन कोमामा गएको थियो ! सन्नटा मात्रै !
– ह्वाट अबाउट् सेक्स ?
– ह्म्म? (कफिको चुस्की निलि भ्याएसी बोले !)
– सेक्स गऱ्यौ ? उसँग ?
– कोसँग ?
– हे ! मिस्टर, तिम्रो प्रिय मान्छेसँग !
– उम्म !
सेक्स …?…?..??…?…(मज्जैले झस्किइ !)
– समय मिलाएर आउ ! म सेक्स अभ्यास गरेर देखाइदिउला ! देन यु बिलिभ मि !
– ओकेज ! मेरो लागि तेत्ती दु:ख नगरिदेउ बिन्ती !
(उसको गुलाबि ओठ बाट एक टुक्रा मुस्कान चिप्लिइयो !)
– यदि मैले फेरि सिग्रेट पिएं भने ?
– म धुवाँ पिउला नि !
– इट्स् ब्याड फोर् योर् हेल्थ !(म)
– ओ ! रियल्ली मिस्टर ??😏 (उ मलाई स्याट्र्र हान्दै थिइ !)
– बट ! आइ लभ दि सेन्ट ! मलाई जुठो धुवाँ मनपर्छ !(उ)
– तब, फेरि किन पिउन्नौ ?
– मलाई आफ्नो जुठो मनपर्दैन !
– हाहा ! (म हाँसिदिए मात्रै !😁)
नाकबाट बारबार म पातलो विर्य जस्तो पानी खसाइरहेको थिए !
– hey, मिस्टर ! रुमाल छैन् ?
– छ ! (म)
– युज् गर न त !
– आँसु पुछ्ने रुमालले म सिँगान पुछ्ने गर्दिन !
…
– एउटा कुरा भनुँ ? … ! छाड त्यो अर्कै भैसक्यो !(म)
– ह्याँ ! भन्न लाग्या कुरा खुरुक्क भन्नू नि !
– सुन !
– ओकेज ! सुनाउ !(ऊ)
–हामि एकअर्काको प्रेममा ज्यादा बिमार भएछौ हगि ? त्यो दिनहरुमा ?
– त्यो दिनहरुको बिरामीपना, यो स्वस्थ बिहानमा किन सोध्दै छौ ?
– हैन ! सोधेको ! …..(म)
– मलाई तिम्ले पहिलोचोटि देख्दा के भाथ्यो ?
– भन्न जरुरी छ ?( मुख बिगारि !)
– छ, र त सोधे !(म)
– ओकेज् ! आइ न्यारेट माई स्टोरी, ह्वेन आइ सि यु फर्स्ट टाइम !
– नेपालीमा है !(म)
“प्याट्ट गालामा हानी ! उस्को चिसो हात मेरो ठुटे दार्हीमा घिसृदा अनायसै मुटु बाफिलो भएर आइदियो !”
ह्वाट अ ननसेन्स डाइलग ! आइ रिसेन्टली टोल्ड !
– उम, म मात्रै यत्ती भन्छु !
– तिम्लाई पहिलोचोटि देख्दा नै म तिम्रो क्रियटिभ स्खलनमा लिप्त भएको थिए ! लाग्यो मेरो मेरै आफ्नो मान्छे यै हो !(उ)
– हाहा !
पहेलो दाँत, कालो ओठबिच रंगहिन मुस्कान चिप्लाउदै थियो ! येस् ! माई म्यान, त्यो ओठ मेरो थियो ! र मुस्कान, मेरो ओठको !
– मलाई कहिल्यै खोजेनौ ? (उसको प्रश्न !)
– तिमी मेरो दिलको आजिवन बासिन्दा ! फगद, यी गल्ली र चोकमा किन खोजी हिड्थे ?
“ओठ लेप्राइ !”
– हे ! मिस्टर साहित्यकार ! प्लिज करेक्ट योर्स योर्ड्स ! म तिम्रो दिलमा होइन, यो शहरमै गुमनाम हराइरहेँ ! न तिम्ले मलाई खोज्यौ, न मैले नै आफुलाई भेट्टाए !
र, एउटा कुरा !…
दिलबाट त तिम्ले मलाई उहिल्यै निकालेका थियौ, होइन र? (उ)
– हेहे ! तिम्लाई होइन, अविश्वासको नकाव ओढेको तिम्रो गद्दार चेहरालाई !
तिम्रो प्रेमलाई होइन, तिम्रो नग्न कुरुप विचारधारालाई !
र, अर्को कुरा !…
उम ! तिमी, तिमीभित्रै हराइरहेयौ ! तर मैले तिम्लाई सधै म भित्रै पाइरहे !
इट जस्ट लाइक अ ओन् साइडेड अफेयर , यु नो ?
– ह्वाट अ डेड एक्सपायर्स एक्जामपल ! यु रिसेन्ट्ली डिस्क्राइब,मिस्टर साहित्यकार ! (जुवारी खुबै पर्यो, हाम्रो यो विषयमा !)
– तिमी कहिल्यै तिमी भएर बाचेका छौ !
– म जहिले तिमी भएरै त बाचेको छु ! तिमी, तिम्रो रिटायर्ड याद, तिम्रो गद्दार माया, तिम्रो नपुंसक सम्झना, तिम्रो ग्रे प्रेमलाप ! ब्ला….ब्ला…ब्ला..
– हे ! मैले त्यो भनिन ! र, यो कुरा तिम्लाई सम्झाउनु मेरो मुर्खता हुन्छ !
– तेसो त म, आफ्नै कुरा पनि सम्झिन्न !
– अनि लेखनकार्य, तिम्रो ?
– उम ! अहिलेसम्म तिमी लेख्दै थिए ! आज भेटे ! अब लेख्दिन !
– लेख्नै छोड्छौ ?
– तिमी लेख्न छोड्छु ! लेख्न होइन् !
– ह्वाट अ हेल, यु सेइयिङ ! तिमी मलाई लेख्थ्यौ ?
– उम, म तिम्लाई लेख्थें !
– म खुसी भए !
– अब लेख्दिन् ! दुखी होउ !
– अनि के लेख्छौ ?
– म, म लेख्छु ! तिमी लेख्दालेख्दै मैले मेरो ‘म’ लाई बिर्सिए !
“मैले कान्छी औंला देखाए ! हामी बिल तिरेर उठेयौँ !”
(घडी घुमिरहेथ्यो, ८ र ९ बिचमा ! थाहा थिएन हामी यसरी सवालजवाफ गर्न किन भेटेका थियौँ ! तर हामी हाम्लाई बुझ्दै थियौ ! ह्ह ! यसो भनौँ ! हामी आफूआफूलाई बुझ्दै थियौँ !)
साला ! पिसाबको पनि हिसाब बुझाउनु पर्ने यो शहर !
हाय ! ५ रुपैयाँ लगानी गरेर, मैले ५०० एम. एल. पिसाब बगाए !
एस माइ म्यान ! आइ पेड् ओन रुपिज् फोर पर् १०० एम.एल. शुशु !!
– तिम्रो अनुहार हेरेर यस्तो लाग्छ…..!(उ)
– कस्तो ?
– तिम्रो खुसी, उमंग, पहिचान सबैले उहिल्यै आत्महत्या गरिसकेका छन् !
– आत्महत्या होइन, हत्या थियो यो ! मात्रै हत्या ! दायाँबायाँ केही पनि नाइँ ! मात्रै हत्या !(म)
– अनि हत्यारा को थियो ?
– जो अहिले मेरो हात समाइरहेको छ !
– हे ! त्यो चौरमा जाउँ है !
– हवस् !
शीतमा हिनेको राम्रो हुन्छ ! सँगै हिनौँ न !
“सित ! कुनै ४ वर्षे बच्चाको जस्तो थियो उसको !
चौरमा पुषको चिसो शीतहरु ज्यादै चिसा थिए ! यसैले हामी हत्तपत्त नजिकैको टेबलमा बस्यौँ !”
– हे ! केइ त सुनाउ तिम्ले लेखेको तिमी उर्फ म बारे !
“आफ्ना पुराना स्टाटसहरु रिभिजिट गरेर उसलाई केइ सुनाइदिए !”
– आइ सेल्युट, मिस्टर साहित्यकार !
– फोर् ह्वाट ?
– फर् योर सेल्फ कम्पोज्ड प्यासान, म्यान !
“कठाङ्ग्रिएका दाँत, ङिच्च पारिदिए !”
– किस् मि मिस !
– हँ ?(उ)
– किसमिस भनेको ! झोलामा रहेछ खान्छौँ ?(म)
(सुकमेल, दालचीनी, किसमिस प्राय भैरहन्छन् मसँग ! चुरोट पिइसकेसी खाने गर्छु ! )
दिएको किसमिस आफ्नो ब्याग राखी र भनी, तिम्रो किसलाई म खुब मिस गरिरहनेछु !
– हँ ?(म)
– किसमिसलाई म खुब मिस गरिरहनेछु !
– कहाँ बस्छौ रे तिमी अचेल ?
– केइ समय अगाडि नयनराज पाण्डेको सल्लीपिरमा बसेको थिएँ ! अहिले रामलाल जोशिको १५४ औं पेज तिर बस्दै छु ।
– यु आर टोटल्ली म्याड ! (आफ्नो जगल्टा लुछौला झै गरिसकेर बोली )
साइको ! मैले रुम कहाँ छ तिम्रो भनेको !
– किर्तिपुर ।
– कोको बस्छौ ?
– एक्वेरियमको १० जोडि गोल्डेन फिस्, देहत्याग गरेका सयौँ चुरोट, कयौँ फिक्सन/नन-फिक्सन नोभेल ! मृत डायरीहरु ….! आदि…. इत्यादी …..सँग !
प्रेमीहरुले त यस्तो डेटमा कि गुलाब कि कन्डम अफर गर्छन क्यारे ! ह्वाट अबाउट यु ? मिस्टर साहित्यकार ??
(उ बारबार मलाई साहित्यकारको नामले बोलाएर साहित्यको अपमान गर्दै थिइ !)
म:- हे ! लिसन ! एम नट दि योर प्रेमी फर्स्ट अफ अल ! र, मसँग यी दुवै चिज छैनन ! मसँग मात्रै यो “तिमी” लेखिएको डायरी छ ! चाहन्छौ त लिन सक्छौ !
र अर्को कुरा….
यदि तिम्लाई गुलाब र कन्डम मध्ये कुनै एक चाहिन्छ नै भने ! ओकेज् आइ म्यानेज्ड !
– ह्वाउ ? मिस्टर साहित्यकार ?
म:- लेट अस् कन्सिडर ! गुलाब इज दि टोकन अफ् आँसु ! एन्ड कन्डम ईज दि सिम्बोल अफ् विर्य !
च्वाइस इज योर्स मिस् ! बट् आइ प्रिफर यु फर दि सेकेन्ड वाँन !
– इफ माइ च्वाइस इज बिइङ फर्स्ट वाँन ? देन् ??
– मेरो आखाँमा आँसु कमै भेटिन्छन् !
– यु मीन ??
– हे ! नट द्याट अल् ! यत्ति भन्न खोजेको, मेरो आखामा तिम्ले, आँसुले लेखिएको रुन्चे शब्दकोष मात्रै भेट्नेछौ ! आँसु होइन !
ह्वाट दि हेल यु सेयिङ ! एन्ड,थ्यान्क्स फर योर वोर्डस ! इटस् हिएरिङ रिदमिक एन्ड राइमिङ अल्सो !
– इफ् माई च्वाइस इज बिइङ् सेकेन्ड ! देन् ??(उ)
– तिमी मसँग भर्खरै कुनै झाडी पस्नुपर्नेछ !
– ओकेज् ! एम रेडि !
(ह्वाट टाइप्स अफ लेडि, इज शि ??)
….केइ समयको मौन संवाद पछि !……..
मेरो प्रेमको त अपमान गऱ्यौ, संभोगको त सम्मान गर यार ! (उ साच्चै…….ह्या ! छोड्नुस यार … उ के थिइ मैले बुझिन ! )
– तिमी तन संभोग चाहन्छौ ! म मन संभोग ! कारण यहीँ थियो, हाम्रो दुई वर्ष अगाडि ब्रेक अप हुनुको ! (म)
– तनको सविंधानमा मनको कुरालाई जबरजस्ति समावेश गराइनु बर्जित मानिन्छ थाहा छैन मिस्टर ? (उ)
– तिम्रो बुझाइमा प्रेमको सर्वनाम संभोग हो, भनेसी ?(म)
– आ-आफ्नो बुझाई हो मिस्टर ! अलमोस्ट अल् पिपोल्स् सेड द्याट, प्रेमको प्रयावाची शब्द चाहिँ संभोग हो !
– नट अल पिपोल्स् ! इट जस्ट योर्स…. एन्ड, क्यान यु स्टप दि ननसेन्स टकिङ अबाउट दिस टपिक्स ?
– हे ! चियर्स ! मिस्टर साहित्यकार ! म मात्रै तिम्रो राय बुझ्न चाहान्थे, यसबारेमा !
“मैले दुवै हातको माझी औंला देखाइदिए !”
उसको ओठमा लाजको कालो ट्याग झुण्डियो !
“उसको अनुहारबाट लाजको कालो ट्याग ले आत्महत्या गरेपश्चात् उ बोल्न सुरु गरि !”
– देन्, मिस्टर साहित्यकार ! ह्वाट योर् डिफिनेसन अबाउट् लाइफ् ?
– जीवन, जन्म र मृत्युको संभोग मात्रै हो ! मात्रै यत्ती ! न धेरै न कम !
– ह्वाट अ इन्स्टान्ट आन्सार म्यान् ! (सँगसँगै यो पनि भनी !)
“आइ वेन्त तु किस यु मिस्तर साहित्यकार, रेसेन्तली !” (अफ्रो-अमरेकिन लवज !)
– यस्तो सिरियस सिचुयसनमा छिल्लिएको कुरा नगर न यार !
– हु केयर्स् ! बाल मतलब !
“उ आफ्नो पर्पल ओठ चुच्चाउदै म नजिक आइ ! मैले रोके र भने….”
नो, नो यार ! योर् पर्पल किस आइ डु नत दाइजेस्त !( मेरो चाहिँ अफ्रो-अमेरिकन नभएर ज्यापू-अमेरिकन झै लाग्थ्यो !)
“उसको लिप सेक्सको असर ममा ज्यादै परिगएछ ! बेअर्थी खोकी निस्कियो !”
– देखेउ, भनेथे त म तिम्रो किस डाइजेस्ट गर्न सक्दिन भनेर ! खोकी लाग्यो एक्कासि देखेउ ?(म)
– उसो भए अब टङ् किस गरौँ न त ! खोकी ठिक हुन्छ !(उ)
– हाहा !
( टङ किस ले खोकी पनि चैट, पुष पनि चैत ! ह्वाट अ ननसेन्स को-इन्सिडेन्स म्यान ?)
– तिम्ले लभ इन दि टाइम अफ केरला पढ्यौँ ? (उ)
– छैन !
– हेहे ! तिमी कुन टेस्टको बुकहरु पढ्ने गर्छौँ !
– फिक्सन मजा लाग्छ ! पढ्न चाहिँ भेटे जत्ति सबै पढ्छु !
“उ केवल मुसुक्क हाँसी ! मात्रै मुसुक्क !”
ह्वाट अ गुलाबी मुस्कान ? (कतै ती मुस्कानले उसको गुलाबी ओठको रङ त तस्कर गरेनन् ?)
– ह्म्म ?(उ)
– तिम्रो ओठबाट खुसुक्क झरेको मुसुक्क मुस्कानको कुरा गर्दै छु !
– लैजाउ उसो भए यी ओठहरु ! यसैपनि यी ओठमा तिम्रो रफ किसको ह्याङओभर बसिहाल्यो क्यारे ! (उ)
– हाहा ! हे मेडम ! यु आँर टु मच फार्स्ट फर्वार्ड !
(फेरि दुई प्राणीको आँखा हेराहेर !)
तिम्रो बाङिएको परेली खुब् मनपर्छ यार ! योर आइज् आँर सो इनोसेन्ट !(उ)
हाहा !(म खासै बोल्न चाहिरहेकै थिइन ! गद्दार मेरो हासोँ, हासीहासी सब बोली भ्याउथ्यो !)
– तिम्लाई सम्झना छ, त्यो हाम्रो…..(मेरो कुरा को बिचमै देहत्याग भयो !)
– उम्म? सम्झनै सम्झनामा मैले सम्झिन्न भनेर सम्झीरहेको एउटा सम्झनाको याद आयो ! तिम्ले यी दुई वर्षमा सबैभन्दा बढी कसलाई सम्झियौ?(उ)
“’तिमी !’ सायद उ यै सुन्न चाहान्थी ! तर म भन्न चाहन्न्थे !”
भने,
– उम, त्यति साह्राे त मैले कसैलाई नि सम्झिन ! तर कहिलेकाहीं हजुरबुबालाई सम्झिएर खुब रोएक छु !….
(उसको पर्पल ओठमा खिन्नता भर्खरै राजमान भयो !)
बुढा, खुब खोक्थे ! ढाड दुख्ने बिमारी थ्यो !(मैले आफ्नो कुरा पज् गर्न चाहिन ) मरेपछि स्वर्ग नै जान्छु भन्थे, आफै !
म यै सोचेर हैरान हुन्छु कि, स्वर्गमा बुढालाई त्यो तुलसी/अदुवा/ युक्त चिया पिलाउने कोही छ कि छैन होला ?
मैले मेरो हजुरबुबालाई दिनहुँ दिने ढाड मालिस, त्यहाँ उपलब्ध होला कि नहोला ?
बुढा, दमले कतै स्वर्गैमा त…. ?…..??……?..?…..???
“साला पिन्चे मन, रुञ्चे आँखा मेरो ! मलाई नसोधी रुझीदियो ! हाय ! उसका आँखा पनि त रसाएछन् ! मैले आफैले कुरा घुमाएर, आफू सँगसँगै उसलाई पनि रुवाए !”
“उ क्यालीग्राफर पनि रहिछे ! राम्राराम्रा अक्षर लेख्दी रहिछे ! स्केच बनाउने गर्थी, यो मलाई पहिल्यै थाहा थियो !”
सादा जेरोक्स पेपरमा कालो मार्करले कालो गुलाब कोरि अनि तल
‘टुनाइट ८:३० पि.एम. , माई होम्, ‘लेखी !
ह्वाट दि हेल ! उ मलाई सिधै आज रातीको लागि सेक्स अपिल गर्दै थिई !
मैले नाइँ भन्ने सुरुचीपुर्ण जागँर देखाइन ! उसले बनाएको कालो गुलाफ बिचमा रातो मार्करले हर्ट साइन बनाइदिए !
“साथसाथै झोलाबाट १००% cashmere लेखिएको खैरो मफलर निकालेर दिई र भनी !”
– हे मिस्टर ! टेक इट, एज दि टोकन अफ आउर् रि-जोइन्ड लभ अफेयर यार ! कम् अ…अ…अन्, म्यान् !
“हाय ! बडो विचित्रको केटि ! पहिले सेक्स अपिल गरि अनि रि-जोइन्ड लभ अफेयेर !”
हाउ फर्वाड इज शि ? इजन्ट शि ? ……?….??….??
शरिर भित्र मन्द धड्कन र धड्कन भित्र मन्द ढुकढुकी !
र, त्यो रात एकअर्काको हृदयमा हामीले मौन संवाद लेख्यौँ !
मायावी रातलाई हामीले सराबी मात चढाएर थप हरामी बनाइदियौँ !
उ मेरो अगाँलोमा मस्त निदाउन चाहान्थी !
उसको सहरमा उ भयानक एक्लि थिइ ! र लाग्दै थियो, उसको सहरमा उसले चैनको निद ननिदाएको थुप्रै समय भैसकेको थियो !
– तिमी कहाँ पुग्न चाहान्छौं ?(उ)
– अलि पर ! जहाँ मृत्यु छ !
– कति पर ?
– अलि पर भन्दा अलिकति पर !(म)
– एक्लै जान्छौ ?
– मलाई साथ मनपर्दैन !(म)
उसको कोठामा, किताबहरु हाम्रै जिन्दगी जस्तो असरल्ल छरिएर बसेका थिए ! टिप्ने जागँर हामी दुवैले देखाएनौं ? हाय ! छरिएको जिन्दगी सँगाल्ने होइन, सिगार्ने पो हो त !
रातको आकाशमा एक्लि चन्द्रमा सायद एक अर्कामा बेरिएको एक जोडी प्रेमीलाई चोरीचोरी हेर्दै थिइ ! मैले मनमनै भने? तेरो प्रेमी छैन् ! गएर उसँग बेरिइ न ! उसले टेरिन !
अनन्त , मैले झ्यालमा आत्महत्या गर्न तम्तयार बाक्लो पर्दालाई वरैसम्म तानिदिए !
– कविता सुनाउँ ?(म)
– भो,भो ! मलाई टाउको दुखिरहेछ !
– टाउकोले सुन्ने हो र ? हृदयले सुनिन्छ नि कविता त !
– मेरो हृदय पनि दुखेको छ मिस्टर साहित्यकार ! (अनेकार्थी कुरा गरेर उसले मेरो कवि मन फेरि हरामी बनाईदिइ !)
“तिम्लाई एउटा कुरा भनौँ ? (मेरो स्विकारोक्ति बिना नै उसले भन्न सुरु गरि !)
– शब्दको साम्राज्य ज्यादै खतरनाक हुन्छ ! Beware of word, मिस्टर साहित्यकार !
शब्दलाई डिभोर्स देउ, खुरुक्क !
देन, यु लिभ् योर् लाइफ ! देन यु फाइन्ड योर्सेल्फ !
– ह्वाट ? (म)
– मलाई निधारमा एक किस गरि र भनी, “डर छ मलाई ! कतै तिमी शब्दमै झुन्डिएर मर्लाउ कि भनेर ! हे ! लिसन ! जस्ट राइट दि वर्डस, नट लिभ विथ देम् !”
– था छ त तिम्लाई ? शब्द जिउने गर्छु म, लेख्ने भन्दा पनि ! इटस टोटल्ली इम्पोसिबल फर मि ! (म)
– त्यो तिम्रो कुरा ! मैले त लागेको कुरा मात्रै भनिदिएको !(उ)
– मैले उसलाई ‘ब्याड गर्ल वाला किस’ गरे !
– उस्ले मलाई ‘बदमास ब्वाई वाला हग’ गरि !
– तिम्रो र मेरो प्रेम मर्न त मर्दैन नि, यो रात पछि ?
– हाम्रो प्रेम जन्मिएकै छैन् ? कहाँ मर्छ अहिल्यै?(म)
– बदमास !
“उसको नरम हातको गरम मुड्की मेरो पाखुरामा बज्रियो”
म सिग्रेट पिउन थाले ! मैले मेरो जिवनको सात मिनेट आयु ऐस्ट्रेमा खसाइदिए !
प्रिय मौन !
म पनि तँ जस्तै मौन छु के हामी एकअर्कालाई चुपचाप सुनिरहन सक्छौ ?
“म यस्तै केइ हरफहरु सिग्रेट पिउदै कल्पीरहेथे ! उसले झस्काईदिइ !”
– मिस्टर साहित्यकार ! तिम्लाई मृत्यु मनपर्छ ?(उ मृत्यु सोचिरहेकी रहिछे !)
– हँ ? यो अवस्थामा त केइ नन-भेज गफ निकाल्नु पर्ने ? तिमी मृत्यु सोच्दै छौ !(म)
– जेसुकै होस् ! ह्या, भन न छिटो !
– मनपर्छ ! (म)
– कारण ?
– मृत्यु एक्लो छ यार ! मलाई एक्लो चिज मनपर्छ !
..
– तिमि के भन्छौ ?
– तिमी जे भन्छौ !(म)
– देन, मिस्टर साहित्यकार ! युइ आर गोइङ टु ……
…………
म (राजु झल्लु प्रसाद, not the character of this story) , मेरो कलमलाई केइ यस्तो लेख्न लगाएर एक जोडि प्रेमीहरुको कथा यहि अन्त्य भएको घोषणा गर्दछु !
कालो रातले कालो कात्रो ओढाइदियो, एक सुन्दर प्रेम जोडीलाई !
एक अर्काको काखमा संभोगलिन अवस्थामा निदाएका प्रेम जोडी, घाटसम्म पनि एकअर्काकै काखमा प्रेमलिन अवस्थामा निदाइरहेका थिए !
म सोच्दै छु ! स्वर्ग, उनिहरु गएसी मात्रै स्वर्ग हुनेछ ! ह्वाउ रोमान्टिसिजम् अन दियर लभ ? इज्न्ट इट ?
जहाँसम्म तपाईंको शहरमा प्रेमी मात्रै मर्छन, प्रेम अमर छ भन्ने कुरा छ ! हो त्यै तपाईंको शहरमा, प्रिय पाठक ! आज प्रेमको मृत्यु भएको छ ! या भन्नुस मृत्युको प्रेम भएको छ !
Dear Readers !
भन्नुस तपाईं के मनाउनुहुन्छ ?
प्रेमउत्सव ?
या,
मृत्युउत्सव ??
!! समाप्त !!