ओढेर बालुवाको पछ्यौरी
चढेर लहरको डुङ्गा
सुस्त सुस्त आएको बतासले
तिम्रा मसिना केश चलाएको
औधी मन पर्यो मलाई त्यो दृष्य
तिम्रा सुन्दर मसिना औंलाहरूले
फूललाई सुस्तरी खेलाए
फूल मुस्कुरायो
मलाई असाध्यै मन पर्यो त्यो पल
ओठसम्म पुर्याएर
ती साना औंलाका संकेतले
नउडाउन भन्छ्यौ पुतलीहरू
बिदाईमा हात हल्लाए झै
बुट्टेदार पखेटाले
छोडेर उडी जान्छन् पुतलीका बथान
म हेर्छु आकाश र
आकाश जस्तै निलो नातिनीको आँखा
पुतलीसंगै
तिम्रो मन पनि पुतली झै
आकाश छुन लम्केको देख्दा
लाग्छ पुतलीहरू छोपेर
तिम्रा साना हत्केलामा राखुँ र रमाउँ
मेरी नातिनी
तिमी पुतली जस्ती होइनौ
तिमी जस्तै छ पुतली र त ऊ सुन्दर छ
अझ भनौं ?
सुन्दर छ तिम्रो बालापन
नातिनी !
तिम्रो मन जस्तै
आकाश छुन उडान भरेका पुतलीसंगै
तिम्री हजुरमा पनि
उमेरले बाँधिएको चङ्गा रूपी मनको
धागो समातेर उड्छिन् र फेरि एकपटक
फर्किन्छिन तिम्रै उमेरमा ।
– सुमन थापा ‘सङ्गम’
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।