सहर भाेकाे छ, दिनभर मलाई चपाउँछ
म उतिकै भाेकाे छु, दिनभर सहर चपाउँछु
याे दिनचर्या अचेल चऱ्याउन थालेकाे छ।
कहिलेकाहीँ बतासिँदै पुगिदिऊँ लाग्छ
पुर्खाले पाखुरा बजारेकाे ठाउँ
हजुरबाले पिएकाे मुलकाे पानीले
प्यास मेटिदिऊँ लाग्छ ।
भुलभूलैयामा छु,
पाउनु र गुमाउनुकाे अर्थ
गल्ली, गल्ली रसडकमा खाेज्छु
थहाछैन गन्तव्य पनि मलाई
घरको बाटाे बिर्सिदो छु
याे यात्रा भाेककाे यात्रा हाे
कहिल्यै नटुङ्गिने जात्रा हाे
डर छ
सहरले मलाई र मैले सहरलाई चपाउँदा चपाउँदा
एकदिन,
एकअर्काको अस्तित्व मेटाउने छाै।
– विजय लुइँटेल
सानाेठिमी भक्तपुर।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।