सहर भाेकाे छ, दिनभर मलाई चपाउँछ
म उतिकै भाेकाे छु, दिनभर सहर चपाउँछु
याे दिनचर्या अचेल चऱ्याउन थालेकाे छ।
कहिलेकाहीँ बतासिँदै पुगिदिऊँ लाग्छ
पुर्खाले पाखुरा बजारेकाे ठाउँ
हजुरबाले पिएकाे मुलकाे पानीले
प्यास मेटिदिऊँ लाग्छ ।
भुलभूलैयामा छु,
पाउनु र गुमाउनुकाे अर्थ
गल्ली, गल्ली रसडकमा खाेज्छु
थहाछैन गन्तव्य पनि मलाई
घरको बाटाे बिर्सिदो छु
याे यात्रा भाेककाे यात्रा हाे
कहिल्यै नटुङ्गिने जात्रा हाे
डर छ
सहरले मलाई र मैले सहरलाई चपाउँदा चपाउँदा
एकदिन,
एकअर्काको अस्तित्व मेटाउने छाै।
– विजय लुइँटेल
सानाेठिमी भक्तपुर।



