Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: कार्यकर्ता

कथा: कार्यकर्ता

आख्यान - कथा
लीलाराज दाहाललीलाराज दाहालमंसिर १७, २०८१381 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निर्क्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने, पार्टी अझै सुदृढ र लोकप्रिय हुने जस्ता तर्कहरु अघि सारेर आफूलाई उम्मेदवार बनाउन नेतृत्व समक्ष दबाब दिइरहेको थियो । उसको अनुरोधजन्य दबाबले पटक्कै काम नगरेपछि आफ्नो पार्टीबाट निर्वाचन क्षेत्रमा खडा हुने आधिकारिक उम्मेदवारलाई हराईदिने भनेर उसले अलि धम्कीपूर्ण दबाब पनि दिन थालेको थियो ।

यतिले पनि सकारात्मक परिणाम आएन । अब उ षड्यन्त्रको तरबार बोकेर जिल्ला र केन्द्र धाइरहेको थियो । उसको मनमा बेचैनीको हुरी चल्न थालेको थियो । अनि उ अन्तिममा पार्टीलाई ठूलै रकम चन्दा दिने आशयको अन्तिम अश्त्र बोकेर पार्टी नेतृत्व कहाँ पुग्यो । उसको कुरा सुनिसकेपछि पार्टी अध्यक्ष मुसुक्क हाँसे र आनन्दरामको काँधमा धाप मार्दै साउतीको स्वरमा भने, “कति ढिलो कुरा बुझेको तपाईंले ? तर केही छैन । म मिलाउँला ।”

यताउता हेरेर फेरि भने, “कहिले सम्म हुन्छ नि व्यवस्था ? ”
अध्यक्षको आशय बुझेपछि उ निकै नै उत्साहित भयो । उसले कृतज्ञ नेत्रले अध्यक्षलाई हेर्दै भन्यो, “व्यवस्था भैसकेको छ अध्यक्षज्यू ! अहिल्यै टक्र्याउं कि ! टिकट चाहीं पक्का हुनुपर्छ नि !” यति भनेर उ निकै बेर हाँस्यो । आफ्नो गाडीमा रहेको ब्रिफकेस लिएर आउनू भनेर उसले मोबाइलमा कसैलाई आदेशपूर्वक भनेपछि उ र अध्यक्ष बैठक कोठाबाट भित्री गुप्ती कोठामा पसे ।

केहीबेरमा हातमा ब्रिफकेस बोकेको, आँखामा कालो चस्मा र शीरमा छत्रे टोपी लगाएको अधबैंसे पुरुष बैठक कोठामा आइपुग्यो । अध्यक्षको निजी सहायकले उसको हातबाट ब्रिफकेस लियो र आगन्तुकलाई बाहिरै फर्काइ दियो । अब ब्रिफकेस पनि गुप्ती कोठामै आइपुग्यो ।

अध्यक्ष संगको गोप्य भेटघाटपछि उ बाहिरियो र सडकमा आयो । उसैलाई पर्खिरहेको जीपमा आसन जमायो र सिधै आफ्नो निर्वाचन क्षेत्रतिर रमाना भयो । यतिखेर उ जीपको कुर्सीमा बसेर संसदको कुर्सीमा बसेको सपना देख्न थालेको थियो । मनभरि उठेको सन्तुष्टीको लहरमा लहरिंदै उ जिल्ला आइपुग्यो ।

आनन्दरामले रोजेकै संसदीय निर्वाचन क्षेत्रबाट टिकट पाएपछि उ भन्दा पुराना, लोकप्रिय र जुझारु नेताहरु आश्चर्यचकित भएका थिए । उनीहरु निराश पनि देखिए ! चोक चोक, चिया पसल, भट्टी चारैतिर उसैको चर्चा थियो ।

“होइन, कसरी पायो हँ आनन्दरामले संसदको टिकट ? ”
उ भन्दा पुराना, जनतामा भिजेका लोकप्रिय नेताले अवसर नै पाएनन् । पार्टीका अध्यक्ष र केन्द्रीय नेताहरुसंग नजिक मानिएकाले समेत उम्मेद्वारी नपाएको अवस्थाले कार्यकर्ताहरु निराश थिए । उ परिचित नेता थिएन । उ जनतामा लोकप्रिय पनि थिएन । गाउँका मानिसहरुले उसलाई केही समयअघि सम्मको काठ तस्कर र माफियाका रुपमा बुझेका थिए । उ आफ्नै पार्टीका कार्यकर्तासंग पनि नजिक थिएन ।

चुनावको दिन नजिकिएपछि उसले दश बाह्र वटा जीप भाडामा लियो र बीस पच्चीस जना जति मुन्द्रे र जगल्टेहरू जम्मा पारेर चुनाव प्रचार प्रसार अभियानमा लागेको थियो । अब जीपमा बसेर मुन्द्रेहरुले उसको प्रचार गर्न थाले । एउटा झ्याप्ले चिच्च्यायो “भोट कसलाई ? ” अन्य मुन्द्रेहरूको कोरस स्वर गुन्जियो , “आनन्दरामलाई !”
मुन्द्रेहरुका गाडी गाउँमा कुइरीमण्डल धुलो उडाउँदै यता र उता दौडिरहेका हुन्थें । ती गाडीमा बज्ने हिन्दी गीत र कर्कसध्वनी सुनेर गाउँलेहरूले कान थुन्न थालेका थिए ।

चुनाव प्रचार प्रसारमा खटिएका कार्यकर्ताहरूलाई आनन्दरामले जीप भित्रै कुखुराका साँप्रा टोक्ने र बियरको बिर्को खोल्ने सुबिधा उपलब्ध गराउँदै आएको थियो । यस्तो सुविधाले गर्दा जिल्ला भरिका मुन्द्रे र झ्याप्लेहरू उसका खाँटी कार्यकर्ता बनिसकेका थिए । मात्तिएको स्वरमा उनीहरु जिन्दावाद र मुर्दावादका नारा लगाउँथे अनि घरिघरि आफ्नो नेताको गुणगानमा समय खर्चन्थे ।

उसको चुनाव प्रचार अभियान देखेर अरू उम्मेदवारहरू एकातिर खुसी भैरहेका थिए भने अर्कातिर सशङ्कित पनि थिए । खुसी यस हिसाबले कि उनीहरू जनताको मन जितेर घरघर भोट मागेर हिँडेका थिएनन् । सडकमा धुलो उडाएर जनतालाई आतङ्कित बनाउँदै बियरको मातमा मुन्द्रेहरूले जीपको छतबाट चिच्च्याएर भोट माग्दैमा भोट पाइन्न भन्नेमा विपक्षीहरू ढुक्क थिए । आफ्नो प्रचारप्रसारमा मुन्द्रेहरूको अभावले भने उनीहरूलाई खल्लो बनाएको थियो । बियर र कुखुराको साँप्रा छोडेर कुन मुन्द्रे जाओस् विपक्षीको चुनावी प्रचारमा ? आनन्दरामसंग पो तस्करी गरेर कमाएको अकूत धन थियो । त्यसैले जिल्लाभरिका मुन्द्रे र आवाराहरु उसका यार भए ।

चुनाव अझ नजिकियो । मुन्द्रेहरू अझै बढे । जीपहरू अझै थपिए । लाउडस्पिकरहरू पनि अझै थपिए । उसले मुन्द्रे कार्यकर्ताहरूको खान्की र पकेटखर्च पनि बढाई दियो । कार्यकर्ताको मनोबल बढेकाले उनीहरूले अझै जोडजोडले आनन्दरामको जयगान गर्न थाले ।
उसको निर्वाचन क्षेत्र निकै गुन्जायमान भैरहेको थियो । जीपको छतमा राखिएका माइकहरुले एउटा कुरा सधैं भन्ने गर्थे ।

“आनन्दराम जिन्दावाद !! आनन्दरामलाई भोट दिनुस् !”

माइकहरूले आनन्दरामलाई भोट दिनुस् त भन्थे तर भोट किन दिनु पर्ने हो त्यो चाहीं भन्दैनथे । तर पनि जनताले आफूलाई भोट दिएर जिताउनेमा उ ढुक्क थियो ।

अब मतदानको दिन आउन तीन दिन मात्र बाँकी थियो । अब उसका जीपहरू दगुर्न छाडे । माइकहरू बन्द भए । निर्वाचन आचार संहिताले रातो बत्ती बालिसकेको थियो ।

उसले मुन्द्रेहरुलाई सोध्यो , “के छ केटा हो चुनावी हालखबर ? जितिन्छ नि ?”
मुन्द्रेहरुले बस्तुस्थिति बताए , “मज्जाले जितिन्छ । हाम्रो प्रतिस्पर्धामा आउन सक्ने उम्मेदवार कोही छैन दाइ । विपक्षी पार्टीका उम्मेदवार रघुबीर पनि हामी भन्दा धेरै पछि छन् ।”
उनीहरूले फेरि थपे , “अलिअलि पैसा पनि बाँड्नु पर्ला दाइ ।”

मुन्द्रेहरूका हात हातमा लाख लाखका थाकहरूथपिंदै गए । अब टोल टोलमा खसी, राँगा, बंगुर, कुखुरा काटिन थाले । चोलो, सारी बाँडिए । सर्ट, पाइन्ट बाँडिए । यी सबैमा आनन्दरामको नाम जोडिएकै थियो । उ दिउँसोको सट्टा राती राती प्रचार प्रसारमा हिडिरहेको थियो । उसका कार्यकर्ताहरूले जनताहरूलाई आश्वासनको चेक र नगद बाँडेर प्रलोभनको खोरमा थुन्ने प्रयास गरिरहेका थिए ।

देशैभरि चुनाव भयो । उसको निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मत खस्यो । झन्डै त्रियासी प्रतिशत । उ खुसीले यताउता दगुरिरहेको थियो । विजयको माला लाउन उ व्यग्र भएर पर्खिरह्यो ।

मतगणना पनि शुरू भयो । आनन्दराम नतिजाको पर्खाईमा छटपटिएको थियो । मुन्द्रेहरूका हात हातमा रहेका माला र अबिरतिर उसको ध्यान थियो । उ कतिखेर मुन्द्रेहरूले आफूलाई बधाई दिंदै अबिर र माला लगाइदेलान् भनेर रोमान्चक पनि भैरहेको थियो । मुन्द्रेहरू भने अबिर र माला आफ्ना काखमा राखेर कुखुराका फिला टोक्दै थिए ।

मतगणनाको नतिजा आयो ।
बियरको मातमा एउटा मुन्द्रे करायो , “यो जीत कसको ?”
मुन्द्रेहरूको लर्बरिएको कोरस स्वर गुन्जियो , “रघुबीरको !”

मत परिणाम आइसकेछ । उसले भन्दा पहिले त मुन्द्रेहरूले थाहा पाइसकेछन्। उनीहरू त अबिर र माला बोकेर रघुबीरतर्फ दौडिए । आनन्दराम एक टकले हेरिरहेको थियो तर केही बुझ्न सकिरहेको थिएन ।

मुन्द्रेहरू रघुबीरलाई काँधमा बोकेर जयकारको ध्वनी निकालेर विजय जुलुसमा सामेल भैसकेका थिए । तर अफसोच ! आनन्दरामको आँशु पुछिदिन र उसको दुखमा साथ दिन उसको परिवार बाहेक एउटा पनि मुन्द्रे बाँकी थिएन ।

– लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा लीलाराज दाहाल

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.