Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: धनवीरेको विद्रोह

कथा: धनवीरेको विद्रोह

आख्यान - कथा
सत्यजीतसत्यजीतमंसिर २४, २०८१834 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

जिल्ला सदरमुकामबाट केही घण्टाको दूरीमा एउटा प्राकृतिक सुन्दरताले हाराभरा गाउँ थियोे। जहाँ चारैतिर पहाडी भूभागको बीचमा समथल बाक्लो बस्ती थियो। गाँउको बीचमा एकजना मुखियाबाको ठूलो बंगला थियो। त्यहाँ जमिन पनि एकदमै मलिलो र उब्जाउयोग्य थियोे। गाउँको अधिकांश जग्गा मुखियाबा कै अधिनमा थियोे। थोरै थोरै जग्गामात्रै किसानहरुसंग थियोे। त्यस बस्तीका परिश्रमी र मेहनती किसानहरु मुखियाबाको खेतमा र अन्यत्र ठाउँमा ज्याला मजदुरी नगरी जीविकोपार्जन गर्न सक्दैनथे। मुखियाबा जो साह्रै धनी, शोषक र तानाशाही थिए। गाउँले किसानहरु माथि शासन, शोषण र उत्पीडन गर्नु उनको कर्म थियो।

त्यस गाँउमा मुखियाबाको हुकुम चल्दथ्यो तर कुनै पनि गाउँलेले मुखियाबाको बिरोध गर्ने हिम्मत गर्दैनथे। उनीले गाउँलेहरूलाई बिना ज्याला वा कम ज्यालामा काम लगाउँथे र भूमिको जबर्जस्ती कर पनि उठाउँथे । कर तिर्न नसक्ने किसानहरुको जमिन आफ्नो कब्जामा लिन्थे। मुखियाबाको बोली नै त्यस ठाउँको नियम कानुन हुन्थ्यो र मुखियबा न्याय निसाफ हेर्ने न्यायाधीश पनि आफै बन्थे। कयौं पुस्तादेखि जनताले अन्याय र उत्पीडनबाट न्याय नपाउँदै आफ्नो जीवन व्यतीत गरेका थिए। मुखियाको पुस्तौंदेखिको शोषण, दमन र उत्पीडनबाट गाउँलेहरू दिन प्रतिदिन गरिबी, अशिक्षा र भोकमरीको चपेटामा पिल्सिरहेका थिए।

गाउँमा एक जना धनवीरे नामको पढेलेखेको चलाख युवक थियो। धनवीरे कामको सिलसिलामा विभिन्न सहरहरुमा पुगिरहन्थ्यो। धनवीरेकी बहिनी सुन्तली असाध्यै सुन्दरी थिइ। मुखियाबाको छोराले सुन्तली र अन्य युवतीहरुलाई घरिघरि पछ्याइ रहन्थ्यो। सुन्तली र उसका साथीहरू उसको त्यस्तो व्यवहार र आचरण मन पराउदैनथे। मुखियाका बाऊ छोराको ज्यादती र अत्याचारबाट धनवीरे र गाँउलेहरु दिक्क भइसकेका थिए। तैपनि मुखियाको अगाडि विरोध गर्ने आँट र हिम्मत कसैमा थिएन।

धनवीरे एकदिन पल्लो गाउमा ज्यालादारी गर्ने क्रममा विद्रोहीहरुको कार्यक्रम भैरहेको ठाउँमा पुग्यो। कार्यक्रममा विद्रोही कमान्डरले जनतालाई अन्याय र अत्याचार विरुद्ध संगठीत भै संघर्ष गर्नुपर्ने कुरा बतायो। उसको कुरा सुनेर धनवीरे धेरै प्रभावित भयो। उसले सोच्यो कि आफ्नो बस्तीका युवा साथीहरूसँग परामर्श गरेर नयाँ ढंगले अगाडि नबढी मुखियाको अत्याचारबाट मुक्त हुन सकिदैन। उसले थप प्रशिक्षित हुन विद्रोहीहरुसंगको सम्पर्कलाई निरन्तरता दियो। उनीहरुले धानवीरेलाई गुप्त संगठनमा संगठित गरे। उसलाई राम्रोसँग प्रशिक्षण दिए र थप सशक्त नेतृत्व विकासको लागि केही पुस्तकहरु पनि दिए।

उसले संगठनको योजना अनुसार गाउँलेहरूलाई गुप्त रूपमा भेला गराउँदै मुखियाको अत्याचार विरुद्ध संगठिन गर्न थाल्यो। बस्तीका ज्यामी, युवा, विद्यार्थी, महिला र किसानको अलगअलग समूह बनायो। एक समूह र अर्को समूहको बीचमा कुनै पहिचान नहुने गरी गुप्त रुपले संगठनलाई प्रशिक्षित गर्दै गयो। यसरी बस्तीका उमेर पुगेका सबैलाई एकतामा बाँध्न सफल भयो। उसले अन्याय र अत्याचारको विरुद्धमा विद्रोह गर्न गाउँलेहरूलाई प्रेरित गर्यो। सबै संगठन विद्रोहको लागि अग्रपंक्तिमा उभिन तयार भए। महिलाहरूले यस आन्दोलनलाई अगुवाइ गर्ने माग राखे। धनवीरेसंग सबै संगठनहरुले विद्रोह गर्न ढिलाइ भएको गुनासो गर्दै त्यसको तयारीमा छिटै जुट्नु पर्नेमा जोड दिए।

विद्रोहको दिन नजिकिँदै थियो। गाउँलेहरूले आफूले बनाएका घरेलु हतियार, खुकुरी, हँसिया, गैंती र खेतीपातीका साधनहरूलाई हातहतियारको रूपमा तयारी गरे। धनवीरेले माथिल्लो तहको विद्रोही नेतासंग परामर्श र प्रशिक्षण लियो। मुखियालाई पैष १९ गते साँझ ७ बजेबाट कारबाही शुरु गर्ने निर्णय भयो। उसले अत्यन्तै गुप्तरुपमा गोपनीयताका साथ सबै संगठनको अलग-अलग प्रशिक्षण बैठकको तयारी गर्यो । उक्त बैठकमा माथिल्लो तहको विद्रोही कमान्डरलाई आमन्त्रण गर्यो। विद्रोही कमान्डरले बैठकमा रगत उम्लने खालको जोशिलो प्रशिक्षण, कारबाही सम्बन्धि फौजी अनुशासन र कार्यक्रमको बारेमा आफ्नो मन्तव्य दियो। प्रशिक्षण बैठकबाट सबै जना उत्साहित हुदै विद्रोहको तयारीमा जुटे। धनवीरेलाई कमान्डरले कारबाही सम्बन्धी समग्र योजनाबारे खाका दियो।

विद्रोहको अघिल्लो दिन सबै सर्जामको तयारी र फिल्ड रेकीको काम सम्पन्न भयो। कारबाहीको लागि सबै समूहका कमान्डरले आ-आफ्नो आर्कको कमान्ड सम्हाल्ने र आ-आफ्नो समूहलाई तयारी अवस्थामा राख्ने निर्देशन भयो। विद्रोहका लागि आवश्यक सर्जामसहित बन्दोबस्तीको तयारी पूरा भयो।

पौष १९ गते साँझको ६:०० बज्यो, सबै जना आ-आफ्नो आर्कतिर लागे। गाउँमा केटाकेटी र बुढापाका भन्दा अरु कोही थिएनन्। गाउँ सुनसान र चकमन्न भयो। गाउँको माथिल्लो भागमा चारैतिरबाट सबै समूहले एकैसाथ मशाल जुलुस निकाले र माइकबाट मुखियाको विरुद्धमा नाराबाजी लाग्यो। ठाउँठाउँमा सानोतिनो विष्फोट पनि भयो, विस्फोटन र विरोधको आवाजले मुखियाबा त्रसित भए। उनले परिवारका सबै सदस्य लिएर सुरक्षित स्थान सदरमुकाम पस्ने योजना बनाए। आफूसंग भएको सुनचाँदी र पैसा बोकेर तत्कालै मुखियाबाले बाटो तताए।

गाँउलेहरुको विद्रोह यति सशक्त थियोे कि मुखियाबाले केही सोच्न सक्ने स्थिति नै थिएन। गाँउलाई चारैतिरबाट मशाल जुलुस र नाराबाजीले घेरेको थियोे। सबै समूहहरु घेरा कस्दै मुखियाबाको घर घेर्न पुगे। घर घेर्नु अघि नै मुखियाबा भागिसकेका थिए। बस्तीका सबै जनताहरु विभिन्न समूहमा कारबाहीमा सहभागी थिए। यसअघि एउटै समूहमा नभएकाले अचम्मित हुँदै एकआपसमा मुखामुख गर्न थाले। आखिर सबैजनाले एउटै विचार, संगठन र कारबाहीमा सामेल हुदा गौरवको अनुभूति गरे। धनवीरेको कमान्डमा मुखियाबाको घर खानतलासी गरियो, घरमा कोही थिएनन्। धनवीरेले नयाँ यूगको शुरवात भएको घोषणा गर्दै भोलि विहान ७: बजे सभामा भेला हुन सबै जनतालाई अपिल गर्यो। धनवीरे र फिल्ड कमान्डरहरु त्यहीँ बसेर भोलिको कार्ययोजना निर्माणमा जुटे।

बिहानैबाट मुखियाको घरपरिसरमा केटीकेटी, बुढाबुढी र सबै गाँउले भेला भए। घोषणासभाको सुरुवात गर्दै धनवीरेले गाउँबासीलाई धन्यवाद दियो। उसले यो घोषणा गर्यो कि पुस्तौ देखि मुखियाको शासन, शोषण र अत्याचारबाट हामी मुक्त भएका छौ। अब उप्रान्त हामी नयाँ यूगका नयाँ मानिस बनेर नौलो समाजको स्थापना गर्नेछौं। सबैखाले अत्याचार र अन्याय विरुद्ध एकजुट भएर नयाँ समाज निर्माणमा जुट्न सबै जनसमूदायलाई अपिल गर्यो।

धनवीरेले यस ऐतिहासिक अवसरमा यस्तो घोषणा गर्यो कि- मुखियाबाको सबै चल अचल सम्पत्ति सामुदायिकरण गरेका छौं। यस घरलाई सामुदायिक भवन बनाईनेछ भने उसको जग्गा जमिनलाई सामुदायिक कृषि कम्युन बनाईने छ। यस सुन्दर बस्तीमा स्कुल, स्वस्थ केन्द्र, उद्योग, आवासगृह, खानेपानी, खेलकुद, वृक्षारोपण, वातावरण संरक्षण जस्ता कामको शुरुवात आजैबाट हुनेछ। सबै समूहहरुलाई एउटा एउटा कामको कामाण्डको जिम्मा हुनेछ।

धनवीरेको प्रस्तावलाई सबैले गड्गडाहट ताली बजाएर अनुमोदन गरे। विद्रोहमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कम्युनलाई जीवित राख्न, सशक्तीकरण गर्न र यसको उन्नत विकास गर्ने अभियानमा सबैजना एकजुट हुन धनवीरेले आग्रह गर्यो। गाउँलेहरुले उल्लासकासाथ स्वतन्त्रता, न्याय र मुक्तिको अनुभूत गर्दै धनवीरेको उद्घोषलाई समर्थन गर्दै खुसीयाली मनाए।

– सत्यजीत

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा सत्यजीत

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.