विद्यालयको आँगनमा, साथीहरूको भीड,
पढाइको हर्षमा, हरेक दिनको लय।
तर अचानकको एक दिन, तिम्राे याद हरायो,
सपना र भविष्यका रङ्ग, कसरी मेटिएको छ।
विद्याको उज्यालोमा, हामी सबै उभियौं,
सपना देख्न थाल्यौं, ज्ञानको शिखर चढ्न ।
तर अहिले तिमी जाँदा, यो संसार सुनसान छ,
सपना र हर्षको लहर, हर एक दिशा हरायो।
कहाँ जान्छ यो प्रेम, विद्या र सौन्दर्य,
तिम्राे नामको हर्षमा, म बाँच्न चाहन्छु।
तर विद्या कहिल्यै बिर्सिदैन, यो ज्ञानको अमृत
जब तिम्रो छाया छैन, सबै थलो थमिन्छ।
पढाइको पानामा, तिम्रो हाँसो छ,
जुन कहिल्यैँ मेटिंदैन, विद्या तिमी बिना।
यादमा बाँच्न चाहन्छु, हरेक पङ्क्तिमा तिम्रो छाया,
तर विद्या बिना, यो जिवनको मजा अधुरो छ।
सपना देख्नको लागि, म प्रयास गर्छु,
तर तिम्राे अनुपस्थितिले, मलाई भुरता बनाउँछ।
विद्याको संसारमा, तिम्रो प्रेमको अभाव,
सपना र हर्षको प्रतिक्षा, म सधैंको लागि बाँच्न चाहन्छु।
यो विद्या हो, जो माया र सम्मानको छाया,
तिमीसँग बाँच्न चाहन्छु, तर तिमी छैनौ।
संसारको रंगहरुमा, तिम्राे नामको महक छ,
तर विद्या सँगै म सधैंको लागि रहन्छु।
– प्रेरणा साह
( यो कविता कलैया बारा, पतौरा १८, रौतहट की १७ वर्षिय प्रेरणा शाहले लेखेकी हुन । उनको छोटा कथा र कविताहरू सङ्ग्रहित कृति “रचना” प्रकाशित छ यो कविता पनि सो ही कृतिमा सङ्ग्रहित छ )
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।