विद्यालयको आँगनमा, साथीहरूको भीड,
पढाइको हर्षमा, हरेक दिनको लय।
तर अचानकको एक दिन, तिम्राे याद हरायो,
सपना र भविष्यका रङ्ग, कसरी मेटिएको छ।
विद्याको उज्यालोमा, हामी सबै उभियौं,
सपना देख्न थाल्यौं, ज्ञानको शिखर चढ्न ।
तर अहिले तिमी जाँदा, यो संसार सुनसान छ,
सपना र हर्षको लहर, हर एक दिशा हरायो।
कहाँ जान्छ यो प्रेम, विद्या र सौन्दर्य,
तिम्राे नामको हर्षमा, म बाँच्न चाहन्छु।
तर विद्या कहिल्यै बिर्सिदैन, यो ज्ञानको अमृत
जब तिम्रो छाया छैन, सबै थलो थमिन्छ।
पढाइको पानामा, तिम्रो हाँसो छ,
जुन कहिल्यैँ मेटिंदैन, विद्या तिमी बिना।
यादमा बाँच्न चाहन्छु, हरेक पङ्क्तिमा तिम्रो छाया,
तर विद्या बिना, यो जिवनको मजा अधुरो छ।
सपना देख्नको लागि, म प्रयास गर्छु,
तर तिम्राे अनुपस्थितिले, मलाई भुरता बनाउँछ।
विद्याको संसारमा, तिम्रो प्रेमको अभाव,
सपना र हर्षको प्रतिक्षा, म सधैंको लागि बाँच्न चाहन्छु।
यो विद्या हो, जो माया र सम्मानको छाया,
तिमीसँग बाँच्न चाहन्छु, तर तिमी छैनौ।
संसारको रंगहरुमा, तिम्राे नामको महक छ,
तर विद्या सँगै म सधैंको लागि रहन्छु।
– प्रेरणा साह
( यो कविता कलैया बारा, पतौरा १८, रौतहट की १७ वर्षिय प्रेरणा शाहले लेखेकी हुन । उनको छोटा कथा र कविताहरू सङ्ग्रहित कृति “रचना” प्रकाशित छ यो कविता पनि सो ही कृतिमा सङ्ग्रहित छ )




