समय,
तिमी कतै अडिन सकेनौ,
गुलाफको पातमा झरेको शीतझैं।
तिमीलाई छुन खोज्दा,
हातभित्र बगेको बालुवा जस्तै।
जीवनका पाइलाहरूमा
अनि आँखाको कौडीमा
सपना बुनेर ल्याउँछौ,
तर तिनै सपनाहरू
फुल्नै नपाई ओइलिएजस्तो।
तिमी, कतै नदेखिने तर
सबैको अधीनमा रहने
एक अदृश्य साम्राज्य,
तिमीलाई जित्ने रहरमा
हामी आफैँ हारेझैं।
हामीले कति कुरा बुझेनौँ,
तिम्रो गति,
तिम्रो धैर्य,
र तिमीले दिएको मूल्य,
हाम्रा प्रहरमा हराएको जीवन।
✍️नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, उदयपुर



