समय,
तिमी कतै अडिन सकेनौ,
गुलाफको पातमा झरेको शीतझैं।
तिमीलाई छुन खोज्दा,
हातभित्र बगेको बालुवा जस्तै।
जीवनका पाइलाहरूमा
अनि आँखाको कौडीमा
सपना बुनेर ल्याउँछौ,
तर तिनै सपनाहरू
फुल्नै नपाई ओइलिएजस्तो।
तिमी, कतै नदेखिने तर
सबैको अधीनमा रहने
एक अदृश्य साम्राज्य,
तिमीलाई जित्ने रहरमा
हामी आफैँ हारेझैं।
हामीले कति कुरा बुझेनौँ,
तिम्रो गति,
तिम्रो धैर्य,
र तिमीले दिएको मूल्य,
हाम्रा प्रहरमा हराएको जीवन।
✍️नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।