आज अकस्मात् याद आयो
गाउँको एक जना हलीको
ऊ सधैं माटोको विरोध गर्थ्यो
धाँजा पारेर दिनभरि जोत्थ्यो खेतको पेटैमा
माटोको डल्ला फुटाल्थ्यो टाउकै टाउकै
भन्थ्यो बर्बराउँथ्यो गाली गर्थ्यो
नाथे ! माटो जति मल हाल्दा पनि मलिलो हुँदैन
सधैं माटोको विरुद्धमा हुन्थ्यो
तर माटो नबोलेरै
बिना प्रतिशोध
माटोले दिन्थ्यो सुन्दर,कोमल मकैका पोथ्राहरु
मकैका भरिला घोँगाहरु
जब खेत हराभरा हुन्थ्यो
तब आफूलाई ईश्वरको विरोधमा उत्रिएकोमा रुन्थ्यो
माटोको विरुद्धमा उठेकोमा रुन्थ्यो ।
लाग्छ जस्ले गर्छ, गाली पनि गर्छ
हुनेतिर उजेलो नहुनेतिर अँधेरो
लाग्छ कविहरु पनि भ्रष्ट हुँदैछन्
यिनीहरु पनि बिकाउ छन्
माटोको विरुद्धमा जुरुक्क उठ्छन्
म पनि हलो अड्काउने हली पर्छु कि कुन्नि?
अचेल कसैले चोकतिर गन्दैनन्
एउटा हली एउटा हलनटाट ।
✍️निम्बतरु
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।