बलेँसीबाट
मनको मझेरीमा
तप्कियो आँसु ।
टप्प तर्कियो
कर्कलो पातबाट
बैगुनी थोपा !
फैलिरहेछ
आँसुको पोखरीमा
कुम्भी लहरा ।
चाँदनी रात
मनको आकाशमा
शरद् पो फुल्यो ।
गोधूलि साँझ
बादलको आकृति
तिम्रो सम्झना !
अन्तिम युद्ध
एक्लै लड्नुपर्छ
मृत्यु शैयामा
जीवन यात्रा
अन्तिमको गन्तव्य
चिहान सम्म !
मोहनी रूप
कङ्क्रिटको सहर
चिडियाखाना ।
– किशन पाैडेल
हेटौंडा -४
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।