बलेँसीबाट
मनको मझेरीमा
तप्कियो आँसु ।
टप्प तर्कियो
कर्कलो पातबाट
बैगुनी थोपा !
फैलिरहेछ
आँसुको पोखरीमा
कुम्भी लहरा ।
चाँदनी रात
मनको आकाशमा
शरद् पो फुल्यो ।
गोधूलि साँझ
बादलको आकृति
तिम्रो सम्झना !
अन्तिम युद्ध
एक्लै लड्नुपर्छ
मृत्यु शैयामा
जीवन यात्रा
अन्तिमको गन्तव्य
चिहान सम्म !
मोहनी रूप
कङ्क्रिटको सहर
चिडियाखाना ।
– किशन पाैडेल
हेटौंडा -४



