Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ४०

असार २९, २०८२

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

असार २८, २०८२

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

असार २६, २०८२

छन्द कविता: जीवन मन

असार २४, २०८२

कविता: अनुहारमा सूर्य उदाउनुपर्छ

असार २४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: स्मृतिका पानाहरू

कथा: स्मृतिका पानाहरू

आख्यान - कथा
डा. गोपाल पौड्याल `मण्डने′डा. गोपाल पौड्याल `मण्डने′पुस १, २०८१507 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मान्छे धन सम्पत्ति खोज्छन्, सहरिया वातावरण मन पराउँछन्, महल, सुख सयलको जिन्दगी रोज्छन् ! खै मेरो भाग्यमा नभएर हो कि ? मेरो सोच र विचार नै उल्टो हो ! किन किन मलाई गाउँ नै असाध्यै प्यारो लाग्छ । त्यही वातावरणमा रम्न मन पर्छ ! गाउँ भनेको गाउँ नै हो स्वच्छ वातावरण, शान्त अनि सामाजिक सद्भाव र एकता ! म अनायासै स्मृतिको पाना पल्टाएर पढिरहन्छु ।

आजभोलि मलाई झट्ट निन्द्रा पर्दैन । साविक समयमा खाना खाएर ओछ्यानमा पल्टन्छु । निदाउन बल गर्छु तर निन्द्रै आउँदैन । यता कोल्टे फर्कन्छु उता कोल्टे फर्कन्छु उत्तानो पर्छु निन्द्रा आए पो । अनि अङ्कलाई सयबाट गन्दै उल्टो आउँछु; भएन फेरि सुल्टै गन्छु त्यति गर्दा पनि कहिले त लामै समय निदाउन गाह्रो हुन्छ ।
बुढेयौलीपनले छोप्यो भनौँ भने भर्खर पैँतालीस काट्दै छु । सरकारी जागिर खाएको भए अझै पन्ध्र वर्ष बाँकि नै छ । साठी कटेका कतिपय रिटायर्डहरूले पनि नयाँ कामको खोजी गर्दै हिँडेको देखेकी छु । रिटायर्ड लाइफपछि नयाँ जागिरको खोजी गरी नयाँ कामको सिर्जनामा लाग्ने धेरै नै छन्, यो समाजमा । अझ रिटायर्डपछि बल्ल नयाँ जीवनको सुरु भयो भन्नेहरू पनि मैले देखेकै हो । मनमा अनेक अनेकका तर्कनाहरू आउँछन्, हराउँछन् । म मेरो बाल्यकालको सिंढी ओर्लन्छु बिस्तारै किशोरावस्थामा उक्लन्छु । मनमा अनेक तरङ्गहरू पानीका फोकाझैँ उठ्दै फुट्दै गर्छन् ।

चार पाँच वर्षको उमेरदेखिको बाल्यकालका रमाइला घटनाहरूलाई सम्झने हो भने मलाई छुट्टै आनन्दको अनुभूति हुन्छ । मनमा खुसी भरिएर आउँछ । आहा ! ती दाजुहरूलाई दलाई दलाई मीठो खान पाइने । आज मलाई सन्चो छैन भन्दा बोकेर स्कुल पुऱ्याइदिने । आमा बाले भ्याइएन भन्नुभए ठूलो दाइ र माइला दाइले पालै पालो बोकेरै स्कुल ल्याउने लाने गर्दथे । गाउँकाले छोरीलाई बढी नै पुल्पुल्याउनुभयो भन्दा आमाले हा ! चारचारवटा दाजुमुनिकी यही एउटी छे भनेर टारिदिनुहुन्थ्यो । मेरो खुसी भनेकै बाल्यकालका ती दिन थिए । जसलाई सम्झेर म आज पनि हाँस्न पाएकी छु ।

बिहेपछि दुःख सुख चलेकै थियो तर श्रीमानको कमाइले मात्र छोराछोरी पढाउनदेखि लिएर अरु सबै व्यवहार धान्न गाह्रो हुँदै गयो । दाजुभाइ भनेका पनि आमा बा छौन्जेल रहेछन् । उनीहरूकै घरव्यवहार चलाउन पर्ने । त्यही पनि आमाबाले गर्दै आउनुभएका कामलाई कसैले पछ्याएनन् । मैले आफूले पनि बाआमाले गर्नुभएकै काम गरेको भए पनि हुने । जहाँ बसे पनि आखिर काम नगरी त खान पाइने होइन….। अहो ! मनमा कति कुरा खेलेको होला । सम्झनाको पासो जति समात्यो उति आइरहने । बाह्र वर्षसम्म विदेशी भूमिमा पनि मैले कहिले आफूलाई नितान्त एक्लो महसुस गरेकी थिइनँ । तर अब म बस्नै नसक्ने भएकी छु । मलाई पैसा होइन आत्मसम्मान चाहिएको छ । त्यसैले म यतिका वर्षपछि फर्केर आफ्नै देशमा केही गर्ने मनसायले गाउँ फर्कदै छु ।

अँ साँच्चि मिना, सिता, हरिकला पनि त गाउँमा नै छन् । उनीहरूले बरु देशमै बसेर आफ्नै माटोमा पसिना पोखिरहेका छन् । मैले पढेको विद्यालय फेरिएको छ । कलेज पनि अर्कै भएको छ । मैले तिनीहरूसँग बात मार्न नपाएको धेरै भयो । म त आफ्नै एक्लो संसारमा पो भुलेछु । अब जे भयो भयो । बाँकि जीवन मेरै गाउँलाई हुनेछ । मेरा आत्मीय परिवारजन, मित्रजन, मान्यजन सबै सबैसँग मेरो भेट हुनेछ । म भोलि नै यो खण्डहरभूमि सधैँका लागि छोडेर जानेछु । मैले यहाँ कहिल्यै पनि आफू हुनुको अपनत्व स्वीकार गर्न पाइन । आमाको ममता पाइन । दाजुभाइको माया पाइन । गरे त खालि मलाई होइन, मेरो शारीरिक बललाई माया गरे । मैले काम गर्न नसकेको दिनमा अलिकति भएपनि देखिइहाल्थ्यो जति लुकाउन खोजे पनि । जे होस् अब यस्तो दुःख कहिल्यै हुने छैन ।

समय बित्दै गयो बुवा समाजसेवी गाउँको प्रधानपञ्च, आमा गृहिणी । आमाकी एउटी छोरी चार दाजुकी एउटी बैनी परिवारको ढुकढुकी भै हुर्किंदै गएँ । म कलेज जाने भएँ गाउँबाट साइकलमा १ घन्टाको बाटो म घरमा आइनपुगुन्जेलसम्म आमाको चिन्ता भन्नु नै म माथि हुने गर्दथ्यो, अचानक भाग्यको खेल, जुराएको लगन, अर्काको घरमा जानु पर्ने जात १९ बर्षको उमेरमा विवाह भयो ! दुःख सुखलाई जिन्दगी सम्झदै अनेकन प्रकारले जीवन चल्दै गयो ! उही आमाका कथा व्यथा मेरो जिन्दगीमा पनि सुरु भए । मात्रै आयश्रोत फरक थियो ! यिनै जिन्दगीको सेरोफेरोमा समाज सेवी बनेँ, उद्योगी बनेँ, प्रशिक्षक बनेँ अरू अझैँ के के बनेँ ! आज त्यही के के बन्दा बन्दै उही अभाव उही गरिबीको चपेटाबाट कहिल्यैँ उम्कन नसक्दा यो काँधमा ठूलो जिम्मेवारी बोकेर परदेशिएको पनि एक दशक भन्दा बढी भयो !

यतिका वर्ष भयो आज भन्दा ३० बर्ष अघि गाई भैसीले बाच्छी र पाडा, बाख्राले पाठा पाठी पाउन छोडेपछि आम्दानीको स्रोत घटेर आमा आत्तिन थाल्नुभयो र बुबासँग सल्लाह गर्नुभयो । “अब वस्तु पाल्न हाम्रो ग्रहले नदिने भो छोरा छोरीको ग्रहमा हुन्छ कि ज्योतिषी कहाँ हेराउन जानु पऱ्यो ।” बुबाको स्वीकृति लिएर आमा ज्योतिषी बाजेकोमा हेराउन जानु भयो ! ज्योतिषी बाजेसँग आमाले गोठबाट आयस्रोत घटेपछि घर चल्न गाह्रो भएको कुरा राख्दै चार छोरा छोरीमध्ये कस्को नाममा गाई, भैसी, बाख्रा सुनाउँदा हामीलाई गोठबाट फलिफाफ होला भन्नुभएछ ।

ज्योतिषी बाजेले छोरीको नाममा सुनाउनुस् सबै बाख्रा गाई भैसी बाच्छो, पाडा र खसी जन्मने छन् तपाइँको गोठमा भन्दिएपछि आमा प्रसन्न मुन्द्रामा घरमा फर्किनु भयो । मलाई टीका लगाएर बाख्रा, गाई भैसी सबै तिम्रो है छोरी भन्नु भयो, म बचेरो फुरङ्ग हुँदै आँगनमा नाच्न थालेँ । आमा त्यसो भए अब मेरो पैसा कति हुन्छ हगि ? आमाले हाँस्दै भन्नु भयो छोरी गाई भैसी हाम्रो नाममा नफापेर तिम्रो नाममा सुनाएको मात्र हो, अब गाई, भैसी र बाख्राले बाच्छो, पाडी र पाठो पायो भने तिमीलाई झुम्का बनाइदिन्छु है भन्नु भयो । मेरो अझैँ भुइँमा खुट्टा भएन दाजुहरूलाई खुच्चिङ भन्दै स्कुल जाँदा सबै साथीहरूलाई पनि सुनाएँ ! नभन्दै त्यसको ६ महिनामा बाख्राले चार वटा पाठै पाठा पायो, र त्यसको डेड बर्ष भित्र मेरो आमाको सपना साकार भयो । मलाई तीजको बेला पारेर कानमा लगाउने झुम्का सहित सबै गहना बनाइदिनु भयो ! त्यसपछि मेरो आमालाई घर खर्च, खेतालाको लागि खर्चको कहिल्यै अभाव भएन !

यसै बीच आज भन्दा दुई बर्ष अघि म मेरो गाउँ गएको थिएँ ! त्यो बेलामा मलाई छिमेकी आमाले भन्नुभयो, “नानी यो तिम्रो बाख्रा हो नि ।” मलाई अचम्म लाग्यो, म खुसीले गद्गद् भएँ यतिका बर्षपछि पनि मेरो नामको बाख्राको शाखा सन्तान । अनि मैले छिमेकी आमालाई भनेकी थिएँ, “माइली आमा म फेरि मेरै गाउँ फर्केर आउँदैछु नि ।” मेरो कुरा सुनेर माइली आमाको अनुहार अर्कै भएको थियो । उहाँले मलाई मेरै बाख्राका सन्तान दिन्छु भन्नुभएको थियो । तर माइली आमालाई फर्कने वचन दिएको पनि दुइ वर्ष बित्यो । उहाँले के भन्नुभयो होला । अबको दुईदिन पछि त म माइली आमाको नजिकै पुगेर भन्नेछु आमा म आएँ । तपाइँसँगै बसेर बाख्रा पाल्न आएँ । मेरो गाउँको काखमा बस्न आएँ । ओहो ! कति रमाइलाे मेरो गाउँ, मेरो साथ पाएर फुल्नेछ ।

– डा. गोपाल पौड्याल ‘मण्डने’

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा डा. गोपाल पौड्याल `मण्डने′

यो पनि पढ्नुहोस्...

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

छोटो कथा: अँध्यारोतर्फको यात्रा

कथा: घरको मृत्यु

पाक्षिक लघुकथा अभियान – अंक: १०

कथा : स्वच्छन्द

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पाक्षिक लघुकथा अभियान – अंक: १०

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ४०

असार २९, २०८२

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

असार २८, २०८२

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

असार २६, २०८२

छन्द कविता: जीवन मन

असार २४, २०८२

कविता: अनुहारमा सूर्य उदाउनुपर्छ

असार २४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.