-तिमी
धेरैसय दिन अगाडि
निर्जीव चोयाको कोक्रामा
अबोध बालक बनी सुतिरहेको बेला म उस्तै थिए ।
थुप्रै हजार दिन पछी
समयको छिनाले छिया-छिया पारेको
तिम्रो बूढो जिन्दगी भित्र पनि म उस्तै छु,
तिमीले कहिले मलाई अत्यधिक खुसी बनायौ ।
तर, म पुलकित हुन जानिन
कहिँले चाहिने भन्दा बेसी दु:खि तुल्यायौँ ।
र, पनि कहिल्यै मैले गुनासो पोखिन ।
म त मन हुँ ।
तिम्रो दृष्टिमा अटेको सृष्टिमा होईन
बाठा मान्छे हरुको बस्तीमा होईन
तिमीले बनाएको देवताको मन्दिरमा पनि होईन
म त तिम्रो
जिउँदो जिवनको आत्मा सँगै रहिरहने
अदृश्य मन हुँ-
– सुशील लामा
पाँचखाल-११, काभ्रेपलान्चोक
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।