-तिमी
धेरैसय दिन अगाडि
निर्जीव चोयाको कोक्रामा
अबोध बालक बनी सुतिरहेको बेला म उस्तै थिए ।
थुप्रै हजार दिन पछी
समयको छिनाले छिया-छिया पारेको
तिम्रो बूढो जिन्दगी भित्र पनि म उस्तै छु,
तिमीले कहिले मलाई अत्यधिक खुसी बनायौ ।
तर, म पुलकित हुन जानिन
कहिँले चाहिने भन्दा बेसी दु:खि तुल्यायौँ ।
र, पनि कहिल्यै मैले गुनासो पोखिन ।
म त मन हुँ ।
तिम्रो दृष्टिमा अटेको सृष्टिमा होईन
बाठा मान्छे हरुको बस्तीमा होईन
तिमीले बनाएको देवताको मन्दिरमा पनि होईन
म त तिम्रो
जिउँदो जिवनको आत्मा सँगै रहिरहने
अदृश्य मन हुँ-
– सुशील लामा
पाँचखाल-११, काभ्रेपलान्चोक




