जुगौं भयो
आफूसँग एक्लै हिँडिरहेको
एक्लो मुटुको एकोहोरो
धड्कनसँग बोलिरहेको !
आफ्नै आँसुको डिलमा बसेर
एकान्तसँग रोइरहेको
झुक्किएर आउने मुस्कानका ओठहरूसँग
एक्लै हाँसिरहेको
वेदनाका एकाङ्गी औंला समातेर
अस्तित्व चिथोर्न आउने
बौलाहा समय बिताइरहेको !
एक्लो पनि
यति धेरै भएको छु कि
कहिलेकाहीं त रहर लाग्छ
केहि क्षणलाई भएपनि पढौँ
मेरो मृत्युको खबर सुनेर
तिम्रो अन्तस्करणमा गुञ्जिने
मृत्युका समवेदनाहरू!!
– मिरमा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।