जुगौं भयो
आफूसँग एक्लै हिँडिरहेको
एक्लो मुटुको एकोहोरो
धड्कनसँग बोलिरहेको !
आफ्नै आँसुको डिलमा बसेर
एकान्तसँग रोइरहेको
झुक्किएर आउने मुस्कानका ओठहरूसँग
एक्लै हाँसिरहेको
वेदनाका एकाङ्गी औंला समातेर
अस्तित्व चिथोर्न आउने
बौलाहा समय बिताइरहेको !
एक्लो पनि
यति धेरै भएको छु कि
कहिलेकाहीं त रहर लाग्छ
केहि क्षणलाई भएपनि पढौँ
मेरो मृत्युको खबर सुनेर
तिम्रो अन्तस्करणमा गुञ्जिने
मृत्युका समवेदनाहरू!!
– मिरमा



