एक भेटमा तिमीले भनेकी थियौ
‘म तिम्रा आँखाहरुमा समाएकी छु
कहिले आफ्नै आँखाले नियालौ भने
आफ्नै आँखालाई म त्यहाँ भेटिनेछु’
आज समयले नेटाे काटेपछि
जब चल्याे हृदयमा सम्झनाका हुरीबतासहरु
मैले खाेज्न थालेँ आँखाभित्र तिमीलाई
खाेजेकाे बिम्बमा स्वयमकाे समेत प्रतिबिम्ब नभेटिएपछि
आँखाकाे डिलबाट केही भागिहाल्याे
जुन बग्दै बग्दै ओठसम्म पुग्याे
ओठकाे मुस्कानले चाखेकाे त्याे चिज
सायद हाम्राे ‘प्रेम’ थियाे
सायद ‘नुनिलाे प्रेम’
कवि: शून्य नयन




