एक भेटमा तिमीले भनेकी थियौ
‘म तिम्रा आँखाहरुमा समाएकी छु
कहिले आफ्नै आँखाले नियालौ भने
आफ्नै आँखालाई म त्यहाँ भेटिनेछु’
आज समयले नेटाे काटेपछि
जब चल्याे हृदयमा सम्झनाका हुरीबतासहरु
मैले खाेज्न थालेँ आँखाभित्र तिमीलाई
खाेजेकाे बिम्बमा स्वयमकाे समेत प्रतिबिम्ब नभेटिएपछि
आँखाकाे डिलबाट केही भागिहाल्याे
जुन बग्दै बग्दै ओठसम्म पुग्याे
ओठकाे मुस्कानले चाखेकाे त्याे चिज
सायद हाम्राे ‘प्रेम’ थियाे
सायद ‘नुनिलाे प्रेम’
कवि: शून्य नयन
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।