छैन केही गुनासो
यसै चुपचाप छु
सुनिदिने पनि त छैनन्
अनि गरूँ कोसंग गुनासो
जे-जे छ यही मनमै दबाएर राख्नु छ अब
तिमीले यसरी बेवास्ता गर्दा, ‘म’
दुख्छु, छटपटिन्छु, आत्तिन्छु, भौतारिन्छु, गल्छु
सबै थाहा हुँदाहुँदै
फेरि त्यहीं पीडा दिन्छ्यौ ।
मर्नका निम्ति श्वास रोकिनु नै पर्ने रहेनछ
अर्धमृत भई बाँचेझैँ गरेको छु
अब तिम्रो मर्जी, तिम्रो खुसी
मेरो मर्जी चल्थ्यो भने
एक दिन त के कुरा
एक पल पनि तिमी हुने थिईनौ टाढा ।
कवि: प्रभात
कपिलवस्तु



