Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » अक्षरा -२ का अक्षरहरूलाई केलाउॅंदा – म्यामराज राई

अक्षरा -२ का अक्षरहरूलाई केलाउॅंदा – म्यामराज राई

पुस्तक चर्चा - समीक्षा
म्यामराज राईम्यामराज राईमाघ १६, २०८१350 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

विषय प्रवेश –
‘विश्वभरका साहित्यकारहरू एक हौँ, नेपाली साहित्यलाई समृद्ध बनाऔॅं’ भन्ने नाराकासाथ स्थापित ‘विश्व नेपाली साहित्य महासङ्घ’को छोटो रूप विनेसाम हो। उसका शाखाहरू फैलिने क्रममा देवीबहादुर ईङ्नामको नेतृत्वमा सन् २०१९ मा जापान शाखा बिस्तार भयो। कर्मथलो जापान भएका नेपाली भाषा र साहित्यप्रेमीलाई अटाएर बनेको जापान शाखाले साहित्यिक गतिविधि गर्न थाल्यो। मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक गरी कार्यक्रम गरिरह्यो। एक कार्यकालको समयावधि दुई वर्षको हो, कार्यकालभरिका गतिविधिलाई समेट्दै र अलावामा विश्वभरि छरिएका नेपाली भाषी सर्जकका साहित्य सिर्जनालाई समेटेर द्वै-वार्षिक कार्यक्रममा मुखपत्रको रूपमा अक्षरा विविध सङ्ग्रह प्रकाशन गर्न थाल्यो। त्यही क्रममा यस शाखाको दोस्रो कार्यकाल समाप्तिसॅंगै उसले अक्षरा -२ बजारमा ल्याएको हो।

चित्रकार तथा कवि दिलिप राईद्वारा कोरिएको आवरण प्रतीकात्मक चित्र रङ्गीनमा छ। आवरणको माथिल्लो भागमा कृतिको नाम रोमन र देवनागरी लिपीमा छ। सबैभन्दा मुनि लोगोसहित संस्थाको नाम छ। पछिल्लो भागमा नववर्ष २०८१ को उपलक्ष्यमा मानाविया प्रालिका प्रोपाइटर विशाल डल्लाकोटीबाट प्राप्त शुभकामनासहित विज्ञापन छ, जहाँ नेपाली, अङ्ग्रेजी र जापानी भाषाको प्रयोग गरिएको छ। आवरणको भित्री पृष्ठमा संस्थागत रूपमा यसै शाखाको शुभकामना छ भने मुन्तिर नागासिमा केन्सेचु हाकेन कम्पनीको प्रबन्ध निर्देशक कुलमान लामाको शुभकामना नेपालीमा र कम्पनीको नाम र ठेगाना अङ्ग्रेजीमा लेखिएको छ। दोस्रो पानादेखि अलिखित पेज नम्बर आठभित्र सम्पादक मण्डल, चिनारी, क्रमश: नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली राजदूतावास जापान र विनेसाम, केन्द्रीय समितिबाट प्राप्त शुभकामनाहरू, प्रकाशकीय र विषयसूची आदि छन्। पछाडिबाट दोस्रो भित्री पृष्ठमा विनेसाम, जापान शाखाको कार्यसमिति (सन् २०२२-२०२४) को नामावलीसहित फोटो रङ्गीनमा छ। देवीबहादुर ईङ्नाम, रविन्द्र दिखुक्पा, विजय स्याङ्बो, बिमन किराती, शिवराज राई र गङ्गा गगनद्वारा सम्पादित यस कृति बाहिरी पाना बाहेक १६८ पृष्ठसम्म फैलिएको छ। नेपाली साहित्यमा साधनारत नेपाली मूलका भारतीय लगायत नेपाल, जापान, दक्षिण कोरिया, बेलायत र इजरायलमा कर्मथलो बनाएका ६० सर्जकका ७४ थान साहित्यिक कोशेलीहरू समाविष्ट छन्। तीसॅंगै नववर्षको अवसरमा सात ओटा संघसंस्था तथा व्यक्तित्वहरूबाट प्राप्त शुभकामनाहरू र दुई ओटा विज्ञापनहरू सादामा छन्। नियमित गतिविधि झल्किने गरी खिचिएका ३६ प्रति र सन् २०२२/०८/२७ तारिख दार्जिलिङ्मा विनेसाम, भारत शाखाद्वारा आयोजित विराट साहित्य सम्मेलन र सम्मान तथा विविध पुस्तक विमोचन समारोहमा खिचिएका फोटोहरू चार प्रति सादामा छन्। पुस्तकको मूल्य नेपाल र भारतमा व्यक्तिगत रु. ३०० हो भने संस्थागत मूल्य रु. ५०० र बाँकी वैदेशिक मूल्य १० अमेरिकी डलर तोकिएको छ।

क) सङ्गृहीत सिर्जनाहरू

०१. कविता –
पत्थरहरूको देश (मञ्जुल मितेरी), नेक्स्ट स्टेशन (प्रविण लामा), कोरोना कहर (दीप मुस्कान), घरदेशको बुद्ध (विनेश राई ‘मिन्जाई’), जाने बेला (शरद पोखरेल), च्याङ्वाको नाउॅंमा (सजिना मोक्तान), गुलाबको खेती गरेको छु (प्रदिप तुखेसा रैकारबारी), अस्तु बिसर्जन (अमरदेव बास्तोला), छोरा नजन्माइदेऊ आमा (मञ्जु गिरी), रिक्तता (उमेश तिमल्सिना), बोट (दिलिप राई), आमा! म घर फर्केँ (रबिन शर्मा), प्रिय! आगमन (मिना खड्का), चौतारी (कल्पना तामाङ्), चियाका रङहरू (नुरन राई ‘जुदु’), बाटाहरू (नरेश कटुवाल), वाक्य फुटेका समय (डा. सुकराज दियाली), युद्धको विभीषिका (कमला तामाङ्), फर्केर आऊ (कृष्णप्रसाद गौतम), मन (के. बि. पौडेल), चिसो मुटु र आँखाहरू (सुनिता राई कान्दाङ्वा), साकेन्वा/साकेला (रविन्द्र दिखुक्पा), सोल्टिनी! ओ सोल्टिनी! (शरण मुस्कान), प्रिय अक्टोबर दुई (सम्झना चाम्लिङ्), बिस्तारा (हेमन्त गिरी), पर्यावरणीय समस्याले निम्त्याएको सङ्कट (तोयानाथ सुवेदी), गीतको सौन्दर्य चेत (बिमन किराती), गाउॅंघर (नमन राई), डायनाजस्ती मेरी आमा (प्रमिला राई), सोल्टी कान्छा (सयपत्री थुलुङ्), सलाम छ कमरेड (भुवन रोका ‘मित्रजी’) र देवीबहादुर ईङ्नामको बेनामी कविता समेत गरी ३२ थान कविताहरू छन्। नेक्स्ट स्टेशन, जाने बेला, च्याङ्वाको नाउॅंमा, गुलाबको खेती गरेको छु, सोल्टिनी! ओ सोल्टिनी!, प्रिय अक्टोबर दुई, सोल्टी कान्छा, प्रिय! आगमन र चौतारी शीर्षकका कविताहरू प्रेमिल विषयमा छन्। कोरोनाकालीन भयावह स्थिति बारे बोलेको छ कोरोना कहर शीर्षकको कविताले। ‘घरदेशको बुद्ध’ले शान्तिको प्रतीक बुद्ध भूमिमा अशान्ति मच्चिरहेको कुरो व्यङ्ग्यात्मक शैलीमा पोखेको छ। बोलीमा छोरा र छोरी बराबरी भन्ने तर व्यवहारमा वंश धान्ने छोरो नै चाहिने दम्पत्तिहरूप्रति व्यङ्ग्य छ ‘छोरा नजन्माइदेऊ आमा’मा। बोट कविता छोटो र मिठो छ भने ‘रिक्तता’मा हजुरआमाको ठाउॅं हरकोणबाट अरूले ओगट्न नसक्ने कहानी छ। बाध्यताले परदेशिएको छोरो घर फर्किॅंदाको परिवेशमा आधारित छ ‘आमा घर फर्केँ’, त्यतिखेरको माहोल कस्तो हुन्छ भनेर जोकोहीले अनुमान गर्न सकिन्छ। ‘चियाका रङहरू’ले श्रम शोषण भएको कटु यथार्थ ओकलेको छ। मान्छेमा दुईजिब्रे प्रवृत्तिप्रति प्रहार गरेको छ बाटाहरू शीर्षकको कविताले। त्यस्तै, ‘वाक्य फुटेको समय’ जातीय विभेद विरुद्धमा एउटा मिहिन आवाज छ। ‘युद्धको विभीषिका’मा युद्धमा फसिरहेको विश्वप्रति चिन्ता गरिएको छ भने ‘मन’ शीर्षकको कवितामा आफ्नो मनप्रति विश्वास, अनुरोध, चाहना गरिएको छ। ‘साकेन्वा/साकेला’मा किरात समुदायको मुन्धुमी गाथा छ। बान्तावा मातृभाषाका केही शब्दहरू समेत मिसिएका छन्, जुन कविताको सुगन्ध हुन्। ‘गीतको सौन्दर्य चेत’मा राज्यसत्ताले सोझा जनतामाथि गीतमार्फत निरन्तर शोषण गरिरहेको छ भन्ने उदाहरणसहित सन्दर्भहरू पेश गरिएको पाउॅंछौ। ‘गाउॅंघर’ कविताले मातृभूमिको सम्झना ताजा गराउॅंछ भने आमाको महिमा गाएर सकिन्न भन्ने आशयमा ‘डायनाजस्ती मेरी आमा’ शीर्षकको कविता छ। दश वर्षे जनयुद्धले निम्ताएको परिस्थिति बारे बोलेको कविता हो ‘सलाम छ कमरेड’। पत्थरहरूको देश शीर्षकको कवितामा हिंसा र अशान्ति मच्चाउनेहरूप्रति व्यङ्ग्य छ। कविले बुद्ध पुन: जन्माउनुपर्ने आवश्यक ठानेर मायादेवी ब्यूँताइदिन खोजिरहेको प्रसङ्ग बडो मार्मिक लाग्छ। चिसो मुटु र आँखाहरू शीर्षकको कवितामार्फत कविले शान्तिको आह्वान गरेका छन्। हाल युद्धमा फसिसकेको देश इजरायलमा कर्मथलो बनाएकी कवि कान्दाङ्वाले चाँडो शान्ति स्थापना होस्, भनी कामना गरेकी छिन्। ‘बिस्तारा’ कवितामा बिस्ताराको सहायतामा हुने वा हुनसक्ने क्रियाक्लापहरूको सरल भाषामा व्याख्या गरिएको छ‌। अस्तु बिसर्जन शीर्षकको कविताले गरिबीको रेखामुनिको एक गरिबले भोग्ने जिन्दगी बारे बोलेको छ। निकै मर्मस्पर्शी लाग्छ। कवि तोयानाथ सुवेदी भने पर्यावरणीय समस्याले निम्त्याएको सङ्कटमा चिन्ता व्यक्त गर्छन्।

०२. कथा –
समाविष्ट कथाहरूमा सपना इन्द्रेणीको (डा. साङ्मु लेप्चा), पर्दाफास (म्यामराज राई) र चिनको डायरी (सुजन वैरागी) हुन्। नारी त्यागको पर्याय हो। घर उज्यालो पार्न हदैसम्मको धैर्यता र सहनशीलता नारीसॅंग हुन्छ भन्ने आशयमा बुनिएको कथा हो सपना इन्द्रेणीको। पर्दाफास कथा जापानमा सहयोग गर्ने नाममा ठग्ने प्रवृत्तिलाई पर्दाफास गरिएको कथा हो। सत्यता नजिक छ। यस्ता ठगहरू बारे पर्दाफास नहुँदा कतिपय निरन्तर ठगिइरहेका छन्। आफ्नो देशकाले आफ्नै देशकालाई ठगिरहेका हुन्छन्। सचेतना मूलक कथाको रूपमा लिन सकिन्छ। प्रेमिल सम्बन्धमा आउने उतारचढावलाई विषय बनाएइको छ चिनको डायरी कथामा। सुमधुर सम्बन्धमा खुसी हुनु र सम्बन्धमा तिक्तता आएपछि दु:खी हुनु मानिसको स्वभाव हो। समयले एउटा मोडमा ल्याएको बेला ती सम्बन्धहरू सम्झेर नोस्टाल्जिक हुनु पनि मानव जातिकै स्वभावभित्र पर्छ।

०३. मुक्तक –
गृष्मा पौडेल, किरण महत, रामचन्द्र न्यौपाने, अरुण पौडेल, पेम नर्बु शेर्पा ‘ज्योति’ र गङ्गा गगनका दुईओटा रुवाइयत समेत गरेर विविध विषयमा १९ थान मुक्तकहरू छन्।

०४. लघुकथा –
राजन घलेको म घर आउॅंदैछु शीर्षकको लघुकथा छ। विश्वको हरेक देशमा कानुन जरुर हुन्छ र जुनै देशमा रहॅंदा उसकै नियम, कानुन पालना गर्नु अनिवार्यता हो। कथामा परिणाम दुखद देखिए पनि जनचेतनामूलक भने छ। अर्को लघुकथा रातो टिका शीर्षकमा देविका मंग्राती राईको छ। पारिवारिक बेमेलबाट सिर्जित परिस्थितिको विषयलाई मार्मिक ढङ्गले उठान गरिएको छ। रातो टिका बिम्बको रूपमा आएको छ। कथाकारले दुईओटा विषय उठाउन खोजेका छन्। पात्र नियतिले पीडक श्रीमानको नामको रातो टिका नलगाएर विद्रोह गर्न लगाएकी छन्। अर्को, श्रीमानको मृत्युपश्चात् नारीले आजीवन रातो रङको बन्देज लगाउने प्रथा अर्थात् आफ्नो बाँकी जीवन रङ्गाउन नपाउने भनेर निर्णय गर्ने समाजप्रति नारी पुरुषमा समानता खै? भनी प्रश्न गरेकी छिन्।

०५. नियात्रा –
के. बि. पारखीले ‘नमस्ते साहित्यिक यात्राले छोडेका यादहरू’ शीर्षकको नियात्रामार्फत जापानको चिवा प्रान्तमा अवस्थित नोकोगिरी हिमाल चढाउॅंछन्। आफू समेत सॅंगसॅंगै चढेका छन्। टोक्योदेखि करिब ८४ किमीको दूरीमा रहेको त्यस ठाउॅंसम्म ओहोरदोहोर यात्रा गराएका छन्। त्यसै गरी, विजय हितानले ‘पर्यावरण अपराधी मुलुकमा पुग्दा’ शीर्षकमार्फत लण्डनबाट अमेरिकासम्मको यात्रा गराउॅंछन्। पृथ्वी नै जलवायु परिवर्तनको चपेटामा परिरहेको बेला पर्यावरण अभियन्ता समेत रहेका हितानले पर्यावरण धूमिल पार्ने अमेरिकाको कालो कर्तूत समेत खोलेका छन्।

०६. गजल –
विजय स्याङ्बोका दुई तथा असीम विश्वकर्मा, गिरिजा गैह्रे, मनोज मौसम के. सी., आनन्द अधिकारी, शारदा पाण्डे, मुना आत्रेय र सुमन मेवाहाङ्का एक ओटाको दरले जम्मा नौ ओटा गजलहरू छन्। गजल प्रेमिल, यथार्थपरक र व्यङ्ग्यपरक विषयमा छन्।

०७. विविध –
नरेन्द्र बस्नेतद्वारा लेखिएको ‘जापानमा नेपाली विद्यार्थीहरूको अवसर र चुनौती’ शीर्षकमा लेख जापानमा भविष्य देख्नेका लागि निकै महत्त्वपूर्ण छ। उपयोगी र खोजमूलक छ। कल्पना पौडेल ‘जिज्ञासु’को ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ का दिन विश्वभर र नेपालमा पनि १३५औॅं मे दिवस मनाइॅंदै छ’ शीर्षकको लेख तथ्यपरक छ। विश्वमा साथै नेपालमा श्रमिक दिवस मनाउन थालिएको अर्थ र कारणसहित सटीक व्याख्या गरिएको छ। शङ्करहरि खालिङ्को निबन्ध ‘जीवनका रङहरू’ शीर्षकमा छ। हामीले प्रत्यक्ष भोग्ने अनुभवका सन्दर्भहरू जोड्दै बुनिएको निबन्ध निकै यथार्थपरक लाग्छ। मेरो हात जगन्नाथ भन्ने भनाइजस्तै मन पर्ने रङ आफ्नो जीवनमा आफ्नै तरिकाले प्रयोग गर्न सकिन्छ। जन्मिॅंदै कसैको जीवन पनि रङ्गीन हुँदैन। प्रमोद श्रेष्ठको चेतनामूलक एउटा गीत छ। माथिल्लो ओहदाकालाई खबरदारी सॅंगसॅंगै आवाजविहीनहरूका लागि एउटा आवाज छ। ‘सुमित्रा थामी अविरलका स्पर्शविनाका सुस्केराहरू एक सुक्ष्म अवलोकन’ भन्ने शीर्षकमा तिलक ओलीको समीक्षा अटाएको छ। यहीबाट दार्जिलिङ् निवासी कवि सुमित्रा थामी अविरलको इतिहास पत्ता लाग्छ र उनको स्पर्शविनाका सुस्केराहरू कवितासङ्ग्रहको फेहरिस्त थाहा पाइन्छ। उनमा भएको कवि हृदय सजिलै पढ्न सकिन्छ। समालोचनाहरू दुई ओटा छन्। जसमध्ये कवि मञ्जुला तामाङ् सुब्बाको इजा अर्घ्य कवितासङ्ग्रहको मञ्जिल थाम्देनद्वारा गरिएको समालोचना छ। जसले उक्त सङ्ग्रह खोजी खोजी पढ्न आतुर बनायो। पुस्तकप्रति कौतुहलता जगायो। यसर्थ समालोचक थाम्देनले आफ्नो धर्म निभाएको जस्तै लाग्छ। अर्को, रोशन राई ‘चोट’द्वारा समालोचित शान्ति वन उपन्यासमा मानवीय पीडा भन्ने शीर्षकमा छ। यसबाट उपन्यासकार डा. साङ्मु लेप्चाको बेलिबिस्तार थाहा हुन्छ। नेपाली साहित्यले एउटा राम्रो उपन्यासको रूपमा ‘शान्ति वन’लाई पाएको महसुस हुन्छ। यस पुस्तकको सौन्दर्य हुनसक्छन् – यी समीक्षा र समालोचनाहरू।

निष्कर्ष –

विनेसाम, जापान शाखाको मुखपत्र अक्षरा -२ प्रकाशन प्रशंसनीय कार्य हो। समग्रमा पठनीय छ। कोठेबारीको क्षेत्रफल थोरै हुन्छ तर भान्सामा आवश्यक सागसब्जी उमार्दा गृहिणीलाई सहज भए जस्तै यस पुस्तक संस्थाको मुखपत्र भएकोले सबै खालका सामग्रीहरू समेटेर संस्थाले कोठेबारी बनाएको महसुस हुन्छ। पाठकलाई पनि साहित्य सिर्जना लगायत विविध एउटै पुस्तकभित्र पाउॅंदा खुसी लाग्न सक्दछ। काम प्राथमिकतामा पर्ने देशमा बसेर साहित्य सेवा गर्नु चानचुने कुरो हैन। यस शाखाले विगत छ वर्षदेखि निरन्तर साहित्य सेवा गरिरहेको छ। नेपाली साहित्यमा यो एउटा गर्विलो पदचाप हो, भन्न सकिन्छ। घोडा चढ्ने मान्छे लड्छ भन्ने उखान जस्तै केही ठाउॅंमा सम्पादक समूह लडेको देखिन्छ। उसले भाषिक शुद्धतामा कुनै सम्झौता गर्नु हुँदैन। नेपाली मानक भाषा सकेसम्म हुबहु लागु गर्ने कोशिस गर्नुपर्छ। हरेक साहित्यिक सामग्रीहरूमा भाषिक सम्पादन गर्ने अधिकार सम्पादकलाई स्वत: प्राप्त हुन्छ। कुनै पनि साहित्यमा आञ्चलिकता र समयान्तर पात्रले बोलेको संवादमा बाहेक अशुद्ध लेख्नु या हुनु वर्जित मानिन्छ। प्रस्तुत सामग्रीहरू हेर्दा कतिपय ठाउॅंमा नेपाली भाषामा लेख्न सहजता हुँदाहुँदै अङ्ग्रेजीमा लेखिएका छन्। सम्पादकले विधागत नियमको ख्याल गरेको भए यस मुखपत्रको गरिमा अझ बढ्थ्यो कि! जस्तै, मुक्तककारहरू क्रमश: किरण महतको दोस्रो र पेम नर्बु शेर्पा ‘ज्योति’को पहिलो मुक्तक दोषरहित देखिॅंदैन। विजय स्याङ्वोको दोस्रो गजलमा र सुमन मेवाहाङ्को गजलमा काफिया दोष देखिन्छ। हुन त अहिले गजल बारे बजारमा बहर/बेबहरमा बहस चरमचुलीमा छ। कल्पना पौडेल ‘जिज्ञासु’को लेखको शीर्षक अनर्थ नहुने गरी छोट्याउने ठाउॅं नदेखिएको हैन। केही कविताहरू हतारमा सङ्कलन भए जस्तै लाग्छन्। विषयसूचीमा केही सुधार्नुपर्ने ठाउॅंहरू छन्। कुनै एउटा थरको ठाउॅंमा लेखिएको थाम्देन हुनुपर्नेमा अन्यथा भएको छ। नरेन्द्र बस्नेतको ‘लेख’लाई नमिल्दो विधामा दर्ता भएको छ। त्यसलगायत कविहरू क्रमश: हेमन्त गिरी, तोयानाथ सुवेदी, भुवन रोका ‘मित्रजी’का कविता शीर्षक सही सूचीकृत गरिएको छैन। जापानमा रही कविको परिचय बनाएका केही कविहरू छुटेका छन्। चाल दिइएन या समावेश हुन अनिच्छुक भए? हुन त काम गर्ने माथि नै प्रश्न गरिन्छ। आगामी अङ्क अझ अनुकरणीय भएर आओस् र यस शाखाले निरन्तर स्याबासी पाइरहोस्, यही शुभेच्छा छ।
°°°°°
हतुवागढी -६, होम्ताङ्, भोजपुर / हाल: जापान

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

पुस्तक समीक्षा म्यामाराज राई

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.