Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

बाल लोककथा: नयाँ युगको सुरुवात | हाम्रो कथाघर

पुस २४, २०८२

बाल-उपन्यास: अद्भूत विवाह भाग: ०३ | हाम्रो कथाघर

पुस २४, २०८२

समीक्षा: शब्दमा जीवन र भावनाको त्रिवेणी: ‘आस्था’ र ‘ग्याब्रियले’ को संयुक्त समीक्षा

पुस २३, २०८२

समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ | हाम्रो कथाघर

पुस २३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » पुस्तक समीक्षा: सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ पढेपछि | हाम्रो कथाघर

पुस्तक समीक्षा: सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ पढेपछि | हाम्रो कथाघर

पुस्तक चर्चा - समीक्षा
भाष्कर मैनाली शर्माभाष्कर मैनाली शर्मापुस २३, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

समीक्षा: सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ पढेपछि
— भाष्कर मैनाली शर्मा


सरुभक्तद्वारा लिखित उपन्यास ‘प्रतिगन्ध’ २०७६ साउनमा पहिलो पटक प्रकाशित भएको हो। जम्मा ४८७ पृष्ठ समेटिएको यो उपन्यास नेपाली आख्यान साहित्यमा आकारका हिसाबले केही मोटा उपन्यासहरूमध्ये पर्दछ। यस कृतिको प्रकाशन बुक हिल पब्लिकेसन, कालिकास्थान, काठमाडौँबाट भएको हो।

उपन्यास ‘प्रतिगन्ध’ पढिसकेपछि पाठकले अनेकौँ सामाजिक, सांस्कृतिक र मानवीय यथार्थहरूको गहिरो बोध गर्दछन्। यस उपन्यासले मुख्य रूपमा नेपालजस्तो देशमा पर्याप्त र सम्मानजनक रोजगारीको अभाव रहेको यथार्थ उजागर गर्दछ। रोजगारीकै खोजीमा नेपालीहरू अमेरिकाजस्ता विकसित मुलुकतर्फ पलायन हुन बाध्य भएका छन्। यसरी विदेशिएपछि उनीहरू क्रमशः आफ्नो मौलिक संस्कार, संस्कृति र भाषाबाट टाढिँदै जान थालेका छन् र आफू पुगेको देशकै जीवनशैली र संस्कृतिलाई आत्मसात् गर्न विवश छन्।

उपन्यासका मुख्य पात्रहरू आफ्नै देशमा आफ्ना सपना पूरा हुन नसकेपछि अमेरिकाजस्ता विकसित राष्ट्रहरूमा सपना खोज्न पुग्छन्। यस कृतिले नेपाल प्राचीन कालदेखि नै ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपमा समृद्ध देश भएको तथ्यलाई पनि स्मरण गराउँछ। बुद्ध जन्मेको भूमि, सगरमाथा, अन्नपूर्ण, लोत्से, धौलागिरिजस्ता विश्वप्रसिद्ध हिमालहरू र चारैतिर फैलिएको हरियाली तथा लालीगुराँसले सजिएको देश हुँदाहुँदै पनि नेपालमा असल रोजगारीको अभाव रहनु दुःखद यथार्थ हो।

राजनीतिक रूपमा अनेकौँ आन्दोलन, क्रान्ति र परिवर्तनका कुरा भए तापनि आम नागरिकको जीवनस्तरमा ठोस सुधार हुन नसकेको अवस्था उपन्यासले स्पष्ट देखाएको छ। बरु देशको अवस्था दिनानुदिन खस्किँदै गएको र नागरिकहरू आफ्नो जीवन धान्न तथा सपना पूरा गर्न विदेशिन बाध्य भएको पीडादायी यथार्थ यस कृतिमा प्रतिविम्बित छ।

मानिसलाई आफ्नो भाषा, संस्कार र संस्कृति अत्यन्त प्रिय हुन्छ। बाह्य रूपमा जति नै पाश्चात्य भेषभूषा अपनाए पनि र जति नै शुद्ध अङ्ग्रेजी बोले पनि मानिसको अन्तरमनमा आफ्नै मातृभाषा र संस्कृतिप्रतिको माया गहिरो रूपमा बसेको हुन्छ। यही यथार्थ ‘प्रतिगन्ध’ उपन्यासमा सशक्त ढङ्गले प्रस्तुत गरिएको छ। उपन्यासका पात्रहरू अमेरिकाजस्तो भौतिक रूपमा सम्पन्न देशमा बसे पनि आफ्नो जन्मभूमि, भाषा र संस्कृतिप्रति भावनात्मक रूपमा जोडिएका देखिन्छन्। तर परदेशी जीवनका बाध्यताका कारण उनीहरूले ती मूल्यहरू पूर्ण रूपमा अभिव्यक्त गर्न सक्दैनन्।

विदेशी संस्कार अपनाउँदै जाँदा आफ्नै संस्कार क्रमशः दबिँदै जाने कटु यथार्थ उपन्यासले देखाएको छ। कतिपय अवस्थामा नेपाली संस्कृतिलाई तल्लो दर्जाको ठानी अवहेलना गरिएको प्रसङ्ग पनि यस कृतिमा पाइन्छ। उदाहरणका रूपमा, रवि जोन्सनकी अमेरिकी मूलकी पत्नीले नेपाली संस्कार र संस्कृतिलाई तल्लो स्तरको भन्दै आफ्ना छोराछोरीलाई त्यसअनुसार हुर्काउन नदिएको प्रसङ्ग उल्लेखनीय छ। यस्ता घटनाहरूले विदेशिएका नेपाली समुदायले चाहेर पनि आफ्नो संस्कार र संस्कृति जोगाउन नसकेको पीडा पाठकको मनमा गहिरो गरी गढ्छ।

यस उपन्यासले अर्को महत्त्वपूर्ण यथार्थ पनि उजागर गर्दछ। हामीजस्ता सामान्य मानिसहरूको मनमा अमेरिका पुगेपछि सबै सपना पूरा हुन्छन्, जीवन सुख, समृद्धि र सम्पन्नताले भरिन्छ भन्ने धारणा व्याप्त छ। तर उपन्यासले देखाएको यथार्थ यसभन्दा बिल्कुल फरक छ। अमेरिका पुगेपछि पनि मानिसले निरन्तर सङ्घर्ष गर्नुपर्छ; कतिपय अवस्थामा आफ्नै देशभन्दा बढी सङ्घर्ष गर्नुपर्ने स्थिति आउँछ। सबै सपना पूरा हुँदैनन् भन्ने कटु सत्य यस कृतिले स्पष्ट पार्छ।

धनसम्पत्ति, सुविधा र भौतिक सुखले मात्र मानिसलाई पूर्ण सन्तुष्टि दिन सक्दैनन्। मानिसको अन्तरमन केवल पैसा र सुख-सुविधाबाट तृप्त हुँदैन भन्ने गहिरो मानवीय सत्य ‘प्रतिगन्ध’ले उजागर गरेको छ। विश्वकै शक्तिशाली र विकसित देशमा बसेर आर्थिक रूपमा सम्पन्न भए पनि मानिसको मनको कुनामा आफ्नै जन्मभूमिप्रतिको माया जीवितै रहन्छ र अन्ततः आफ्नै देश फर्किने चाहना पलाइरहन्छ। यस उपन्यासले विश्वको जुनसुकै कुनामा पुगे पनि मानिसलाई आफ्नै जन्मभूमिको मोह लाग्ने सत्यलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

उपन्यासको भाषा र शैली सामान्यतः सहज छ। तर मार्टिन लुथर किङ, अब्राहम लिङ्कन, सन् २००१ को ९/११ आतङ्कवादी घटना तथा अमेरिकामा घटेका अन्य आतङ्ककारी घटनाहरूको सन्दर्भ भएकाले यो उपन्यास केही हदसम्म बौद्धिक पाठकहरूका लागि अझ बढी बोधगम्य देखिन्छ।

यो उपन्यासबाट हामीलाई अर्को महत्त्वपूर्ण कुरा पनि बोध हुन्छ। विश्व मञ्चमा नेपाल गरिब र अविकसित राष्ट्रका रूपमा चिनिएको छ। तर, अमेरिकामा काम गर्न गएका नेपाली भाषीहरूले त्यहाँ चमत्कार नै गरेका छन्— कोही डाक्टर बनेका छन्, कोही बैंकमा उच्च पदमा कार्यरत छन्, त कोही अमेरिकाका प्रख्यात विश्वविद्यालयहरूमा अध्ययनरत छन्। यो कुरा यस ‘प्रतिगन्ध’ उपन्यासमा मात्र सीमित छैन। वास्तविकतामा पनि नेपाली मूलका मानिसहरूले अमेरिकाजस्ता विकसित राष्ट्रहरूमा उच्च पदहरू हासिल गरेका छन्। उनीहरूले त्यहाँका शीर्ष विश्वविद्यालयहरूमा अध्ययन गरेर इतिहास रचेका छन्।

यस्ता सफलताहरू देख्दा हामीमा खुसीसँगै एक प्रकारको गहिरो दुःख पनि लाग्छ। यो दुःख किन? किनकि नेपाली भाषीहरूले अर्काको देशमा यति ठूला उपलब्धिहरू हासिल गरे, तर नेपाल सरकारले यहाँको मानव संसाधनलाई सदुपयोग गर्न सकेन। यदि यी प्रतिभाशाली नेपालीहरूले आफ्नै मातृभूमिमा अवसर पाएका भए आज देशको मुहार फेरिन्थ्यो र धेरै क्षेत्रमा प्रगति हुन्थ्यो। तर दुःखको कुरा, नेपालले आफ्ना अधिकांश प्रतिभाहरूलाई गुमाइरहेको छ।

यस कृतिमा अमेरिकी जीवनशैलीका विविध पक्षहरू— ‘लिभिङ टुगेदर’ सम्बन्ध, सन्तानले अभिभावकसँग प्रेमसम्बन्धबारे खुला रूपमा कुरा गर्ने संस्कृति, स्त्री–पुरुष दुवैले घरायसी काममा समान रूपमा सहभागी हुनुपर्ने मान्यता— उल्लेख गरिएको छ। श्रीमान्ले श्रीमती तथा परिवारका लागि खाना पकाउने जस्ता दृश्यहरूले अमेरिकी समाजको पारिवारिक संरचनालाई चित्रण गर्छन्।

त्यसैगरी, विवाहपछि सम्बन्धविच्छेदका थुप्रै प्रसङ्गहरू साथै घरेलु हिंसाबारे हाम्रो परम्परागत सोचभन्दा फरक दृश्य पनि उपन्यासमा प्रस्तुत छन्। सामान्यतया घरेलु हिंसा भनेपछि पुरुषद्वारा महिलामाथि हुने हिंसा सम्झिने गरिन्छ; तर यस उपन्यासमा महिलाद्वारा पुरुषमाथि हिंसा भएको र पत्नीले श्रीमान्माथि हात उठाएको जस्ता नौला एवं यथार्थपरक प्रसङ्गहरू पनि समावेश छन्।

अन्त्यमा भन्नुपर्दा, सरुभक्तद्वारा लिखित ‘प्रतिगन्ध’ उपन्यास अत्यन्तै पठनीय कृति हो। यसले पाठकलाई सामाजिक, सांस्कृतिक, राजनीतिक र मानवीय जीवनका अनेक आयामहरूबारे गहिरो बोध गराउँछ। आगामी दिनहरूमा पनि सरुभक्तबाट यस्तै सशक्त, यथार्थपरक र चिन्तनशील उपन्यासहरू पढ्न पाइयोस् भन्ने अपेक्षा पाठकका रूपमा हामीले राखेका छौँ।


–०००–
दार्जिलिङ

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उपन्यास प्रतिगन्ध पुस्तक समीक्षा भाष्कर मैनाली शर्मा सरुभक्त

यो पनि पढ्नुहोस्...

समीक्षा: शब्दमा जीवन र भावनाको त्रिवेणी: ‘आस्था’ र ‘ग्याब्रियले’ को संयुक्त समीक्षा

समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ | हाम्रो कथाघर

पुस्तक समीक्षा : माटोबाट उब्जिएका कथा र चेतनाको रक्तपुस्तिका ‘शल्यक्रिया’ | कुमार दाहाल | हाम्रो कथाघर

पुस्तक समीक्षा: जमुना भट्टराईकृत “मर्नु अघि” उपन्यास आँसुको यशोधरा | हाम्रो कथाघर

समीक्षा: पीडामाझ जीवन जिउन सिकाउने कविता | हाम्रो कथाघर

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: रमनीया | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

भर्खरै

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

बाल लोककथा: नयाँ युगको सुरुवात | हाम्रो कथाघर

पुस २४, २०८२

बाल-उपन्यास: अद्भूत विवाह भाग: ०३ | हाम्रो कथाघर

पुस २४, २०८२

समीक्षा: शब्दमा जीवन र भावनाको त्रिवेणी: ‘आस्था’ र ‘ग्याब्रियले’ को संयुक्त समीक्षा

पुस २३, २०८२

समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ | हाम्रो कथाघर

पुस २३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.