Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » उठ तिलोत्तमाको (उत्तरकथा) तिलोत्तमाको साझा उज्यालो

उठ तिलोत्तमाको (उत्तरकथा) तिलोत्तमाको साझा उज्यालो

उत्तरकथा
नन्दलाल आचार्यनन्दलाल आचार्यमाघ २१, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

धुवाँको लहरले आकाश ढाक्दै थियो। खरीखोलाको घाटमा तिलोत्तमा मृत लोग्ने अभयराजको चितामा दाउराहरू जोड्दै थिइन्। चितामा आगो लाग्दा उनको मनभित्र पनि नयाँ युगको सुरुवात भएको अनुभूति भयो। अभयराजको अस्तित्व खरानीमा परिणत हुँदै गर्दा तिलोत्तमाको जीवनमा आशा र नवीनताको ज्वाला सल्किन थालेको थियो।

भ्रमण गर्न थाल्यो उनको मन समयको पगडन्डीमा। आज यहाँ उभिएर तिनलाई अन्तिम विदाइ गर्दा उनले आफ्नो जीवनको दुविधा र पीडालाई पनि चितामा सँगै जलाइरहेको अनुभव गरिरहेकी थिइन्। अभयराजको सम्झनाहरूले उनलाई आहत गरिरहे पनि उनी आफ्ना पाइलाहरू अघि सार्न प्रतिबद्ध थिइन्।

शिवगोपाल पुरोहितका शब्दहरूले उनलाई जीवनप्रति नयाँ दृष्टिकोण दिएका थिए। “बाँचेकाहरूले इतिहास बनाउँछन् ।” यिनै शब्दहरूले उनको आत्मा भिजाएका थिए।

घाटबाट फर्केर गाउँतिरको बाटो लाग्दा तिलोत्तमा आफ्नो जीवनलाई फरक तरिकाले हेर्न सक्ने अवस्थामा पुगिन्। अब उनी कमजोर र विधवा मात्र थिइनन्। उनी इतिहास रच्ने आँटिलो पात्र बन्न तयार भएकी थिइन्। माधवको विश्वासिलो ध्वनि स्पर्शले उसको हृदयमा हलचल पैदा गरेको थियो। माधवको निर्णय केवल भावनामा आधारित थिएन भन्नेमा उनी विश्वस्त थिइन्।

“तिलोत्तमा,” माधवले फेरि अर्को पटक साहस गरेर बोल्यो, “तिमीलाई साथ दिने मेरो प्रतिज्ञा केवल शब्द होइन। यो मेरो सम्पूर्ण जीवनको संकल्प हो। म तिमीलाई मेरो माया दिन चाहन्छु, तर म तिमीलाई आफ्ना सपनाहरू पछ्याउन पनि स्वतन्त्र छाड्नेछु।”

माधवका शब्दमा एक गहिरो सच्चाइ थियो। तिलोत्तमाले गहिरो श्वास लिइन् र घुमेर उसको अनुहार हेरिन्, “माधव, तिमीले गरेको यो प्रस्ताव केवल मेरो जीवनभरको कथा होइन, मेरो स्वाभिमानको आधार पनि बन्न सक्छ। तर मलाई थाहा छ, यस यात्रामा म तिम्रो समर्थनमा मात्रै निर्भर रहन सक्दिनँ। मैले आफ्नो अस्तित्वलाई आफैं सिद्ध गर्नुपर्छ।”

तिलोत्तमा र माधवको मिलनको खबर गाउँभरि फैलियो। कसैका लागि यो विद्रोह थियो। कसैका लागि परम्पराको नयाँ व्याख्या थियोे। रूपमती, जसले आफ्नो जीवनको हर अभाव सहेर समाजका रीतिथितिहरू लाई सम्हालेको अनुभव गरेकी थिइन्, तिलोत्तमाको निर्णयले चकित भइन्।

“तिमी साँच्चै साहसी छ्यौ, तिलोत्तमा!” रूपमतीले भनिन्, “तर यो साहसलाई समाजले स्वीकार्ला त? मैले त आफ्नो जीवनभर केवल अरूका लागि जिउने बोझ मात्र सहे। तिमी भने आफैँलाई खोज्दैछौ।”

“रूपमती,” तिलोत्तमाले न्यानो स्वरमा थपिन्, “म समाजको ऋण तिर्दैछु, तर आफ्ना इच्छाहरूको हत्या गरेर होइन। हाम्रो परम्पराले हामीलाई बाँधेको थियो, तर अब यो नयाँ समयको आवश्यकता हो। हाम्रो साहसले मात्र परम्परालाई जीवन्त राख्छ।”

रूपमतीको आँखा आँसुले भरियो, “तिमीले जो निर्णय गर्‍यौ, त्यो मात्र होइन; तिमीले हामी सबैको लागि नयाँ बाटो खोलिदियौ।”

घाटको खरानीले तिलोत्तमाको आत्मालाई एउटा नयाँ रूप दिएको थियो। उनले माटोबाट एउटा गाग्री उठाइन् र नदीको पानी भरेर अभयराजको सम्झनामा चढाइन्।

“यो गाग्री अभयराजको प्रतीक हो।” उनी सोच्न थालिन्, “उहाँले मलाई बाँच्न सिकाउनु भएको मात्र थिएन, अब उहाँकै आत्माले मलाई अघि बढ्न बल दिनेछ।”

त्यसपछि तिलोत्तमाले एउटा सानो कालो गुराँसको बिरुवा रोपिन्। गाउँलेहरूले उनको यस्तो कर्मलाई देखेर अचम्म माने।

“यो गुराँस मेरो जीवनको नयाँ सुरुवात हो।” तिलोत्तमाले घोषणा गरिन्; “यो म मेरो जीवनमा नयाँ फूल फुलाउन चाहन्छु भन्ने संकेत हो।”

माधव र तिलोत्तमाको विवाहको दिन गाउँमा विशेष माहोल थियो। शिवगोपाल पुरोहितले पुरानो परम्पराका केही पानाहरू पढेर सुनाए।

“हाम्रो परम्पराले नारीलाई शृङ्गार गर्न, मातृत्वको आनन्द लिन र जीवनका रंगहरूमा रमाउन दिएको अधिकारलाई हामीले बिर्सिएका थियौं । आज यो विवाहले हामीलाई त्यो सम्झाएको छ।”

तिलोत्तमाले आफ्नो विवाहको क्रममा सिन्दूर थाप्दा उनको आँखामा आँसुको सागर उम्लिरहेको थियो। तर त्यो आँसु पीडाको होइन, नयाँ विहानीको सुरुवातको थियो।

“म माधवलाई आफ्नो जीवनको सहयात्री बनाउँदै छु, तर यो मेरो आफ्नै जीवनको उद्देश्य बाँच्नका लागि हो।” तिलोत्तमाले भित्रैदेखि अनुभव गरिरहेकी थिइन्।

विवाहपछि तिलोत्तमा र माधवले समाज सुधारका कामहरू गर्न थाले। उनीहरूले विधवाहरूको लागि शिक्षाको महत्त्वका बारेमा गाउँमा चेतना फैलाए। तिलोत्तमाले स्त्री शिक्षा र अधिकारका लागि अभियान चलाइन्। तर समाज परिवर्तन यति सजिलो थिएन। ब्राह्मण शिवगोपालका अनुयायीहरूले पनि उनीहरूको निर्णयलाई सुरुमा चुनौती दिए।

“यी तिलोत्तमा हाम्रो परम्पराको अपमान गर्दैछिन्।” कतिपयले आरोप लगाए। तर तिलोत्तमाले दृढताका साथ जवाफ दिइन्, “परम्पराको अर्थ समाजलाई जकडेर राख्नु होइन। परम्पराको अर्थ समाजलाई बाँच्नका लागि आधार दिनु हो।” उसको स्पष्ट धारणा र अडानले बिस्तारै समाजमा स्वीकार्यता पाउन थाल्यो ।

एक दशकपछि, तिलोत्तमा र माधवको नाम गाउँ-गाउँमा मात्र होइन, सहर-सहरमा चर्चित थियो। उनीहरूको प्रयासले गाउँमा शिक्षा, स्वास्थ्य र महिलाको सम्मान स्थापित गर्न ठोस भूमिका खेलेको थियो। तिलोत्तमाले आफ्ना सन्तानहरूलाई सशक्त, शिक्षित र समानताको भावना भरिएको समाज निर्माण गर्न प्रेरित गरिरहेकी थिइन् ।

रूपमतीले एक दिन तिलोत्तमालाई भेटेर भनिन्, “तिमीले जुन बाटो रोज्यौ, त्यो कठिन थियो। तर तिमीले हामी सबैका लागि नयाँ इतिहास लेख्यौ।”

तिलोत्तमाले मुस्कुराउँदै उत्तर दिइन्, “बाँच्नेहरू नै इतिहास लेख्छन्। मैले त केवल बाँच्ने हिम्मत देखाएकी हुँ।”

एक दशकको संघर्षपछि, तिलोत्तमाको प्रयासले गाउँलाई मात्र होइन, सहरहरूलाई पनि परिवर्तन गर्न प्रेरणा दियो। महिलाहरू शिक्षित भए, समाजले नयाँ चेतना पायो।

रूपमतीले एक दिन भनिन्, “तिम्रो संघर्षले हामी सबैलाई आफ्नो मूल्य थाहा पाउने साहस दियो।”

त्यो गुराँसको बिरुवाले गाउँको हृदयमा एउटा अनुपम वातावरण सिर्जना गर्‍यो। वसन्त ऋतुमा फक्रिने त्यसले रातो गुराँसको रूप लियो। फूलहरूले प्राकृतिक सौन्दर्यलाई झनै मनमोहक बनाउँथे। हरियो जंगलको बीचमा रातो गुराँसको फूलले मानौँ सिंगो गाउँलाई आफ्नै रंगमा सजाएको थियो। गाउँलेहरूका लागि त्यो गुराँस केवल एउटा बिरुवा थिएन; यो थियो उनीहरूको इतिहास, संस्कार र साहसको प्रतीक।
तिलोत्तमाको गाथाले यो गुराँसलाई जीवन्त बनायो। गाउँको जनजीवनसँग यसको गहिरो सम्बन्ध थियो। जति बेला गुराँस फुल्थ्यो, त्यो बेला गाउँलेहरूका सम्झनाहरू तिलोत्तमाको साहस र नयाँ सुरुवातका कथासँग जोडिन्थे। त्यो गुराँस गाउँको पुनर्जागरण र संघर्षको प्रतीक बन्यो।
प्रकृतिले त्यो गाउँलाई कति उदारता दिएको थियो भन्ने कुरा गुराँसका फूलहरूले देखाउँथे। यो फूलले मात्र गाउँको सौन्दर्य बढाएको थिएन; यो त्यहाँका मानिसहरूको भावना, प्रेरणा र सहकार्यको प्रतीक पनि बनेको थियो। फक्रिँदा यसको सुवासले गाउँलाई मात्र नभई, हावा र वातावरणलाई समेत सुगन्धित बनाउँथ्यो।
त्यसैले, त्यो गुराँसले गाउँलाई जीवन्तता, ऊर्जा र अमर स्मृतिको प्रतीक बनाउँदै हरेक वसन्तलाई विशेष बनाइरह्यो। यो केवल एउटा बिरुवा नभई गाउँको आत्मा बन्यो।

यस्तो अवस्था आएकोमा तिलोत्तमाले मुस्कुराउँदै भनिन्, “मैले केवल आफ्नै जीवनमा उज्यालो ल्याउने प्रयास गरेको थिएँ । तर त्यो उज्यालो साझा बनेछ।”
०००
२०८१ माघ ८ गते।
सिद्धार्थटोल, उदयपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उठ तिलोत्तमा उत्तरकथा तिलोत्तमाको साझा उज्यालो नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

लघुकथा: पैसा | हाम्रो कथाघर

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

लघुकथा: इमेज | हाम्रो कथाघर

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

अनुवादित लघुकथा: फैसला | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.