कुहिरो मेटिदै गयो
हिउँका पर्दाहरू पग्लिएझैँ
सुनौलो घामले भुइँछेउ सुम्सुम्यायो,
नयाँ किरणले मन उज्यालो पार्यो
चिसो बतासले बिस्तारै बिदा माग्यो,
न्यानो हावाले अङ्गालो हाल्यो।
पातहरूले फेरे रङ नयाँ
हरियालीले ओढ्यो सुन्दर काया
खेतका कान्लामा फूले फूलहरू
वनभित्र गुञ्जिए मधुर स्वरहरू
कोइलीको कुहुकुहू, भमरा गुन्जन
नयाँ उमङ्गको आयो सन्देश
नदी झनै चञ्चल बग्यो
हिमाल जलले भरियो
माटोले पोख्यो सुगन्धित वास्ना
मुस्कुरायो धर्तीको रूप रसिला
बालीनाली लहलह झुले
सुनौला सपना आँखाभरि खुले
नयाँ आशा, नयाँ तरङ्ग
हरियाली गाउँभरि छायो उमङ्ग
प्यारा पालुवाहरू उम्रिए फेरि
शाखाहरू रमाए हर्षले भारी
फूलहरू फक्रिए हाँस्दै गाउँदै
रङ्गीन संसार सुगन्धले छाउँदै
चराहरू चिरबिर उड्न थाले
बागबगैंचामा झुम्न थाले
मधुमास गुञ्जिए फूलका भमरामा
बिहानी छरियो प्रेमका स्वरहरूमा
वसन्त आयो आशिष् बोकेर,
प्रकृति सजायो सुन्दर पोशाकले
उदास मनहरू मुस्कुराउँदै छन्
बाँच्ने रहर फेरि पलाउँदैछन्।
०००
जगन्नाथ – १ बाजुरा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।