Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२

मेरो संसार

बैशाख २३, २०८२

हतियार

बैशाख २३, २०८२

फुर्सद

बैशाख २३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कविता: विश्वलाई फन्को मार्दा

कविता: विश्वलाई फन्को मार्दा

काव्य - गद्य कविता
सत्यजीतसत्यजीतचैत्र १६, २०८१984 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

विश्वलाई फन्को मार्दा,
देखें मैले –
मानवता चिच्याइरहेछ
शान्तिको चित्कार बगिरहेको छ
सभ्यता र संस्कृतिको खोलोमा
रक्तको भेल बगिरहेको छ

विश्वलाई फन्को मार्दा
सुनें मैले –
अन्धविश्वासका घण्टीहरू
विज्ञानको कान थुन्दैछन्
धर्मको नाममा विभाजनको
अर्को अध्याय लेखिँदैछ

विश्वलाई फन्को मार्दा
महसुस गरें मैले –
मान्छेहरू यन्त्र बनेछन्
स्वार्थको पाङ्ग्रामा घुम्दैछन्
असमानताको भूमरीमा
स्वतन्त्रता हराइरहेछ

विश्वलाई फन्को मार्दा
जागें म –
सोचेँ, के साँच्चै यस्तै हो मानवता?
के यही हो सभ्यताको पराकाष्ठा?
किन न्यायको हाँसो
रुवाइमा बिलायो?

विश्वलाई फन्को मार्दा
चेतना बढाइदिएँ –
समानताको गीत गाउँदै
एकताको माला गाँस्न थालेँ
शान्तिको झण्डा फहराउँदै
न्यायको सूर्य उदाउन थालेँ

विश्वलाई फन्को मार्दा
प्रतिबिम्ब देखें –
त्यहाँ मान्छेहरू हातेमालो गर्दैछन्
मायाको बिरुवा रोप्दैछन्
नफर्किने गरी अन्त्य भयो
घृणाको अधिनायकत्व

विश्वलाई फन्को मार्दा
अझै पनि देख्न चाहन्छु –
हिंसा होइन, प्रेमको जीत होस्
अत्याचार होइन, समानताको किल्ला उठोस्,
र,
संपूर्ण मानवता एक भएर
स्वाभिमानको यात्रा तय गरियोस्

विश्वलाई फन्को मार्दा
देखें मैले –
सपना चकनाचुर
आशाका पुल भत्किएका
न्यायका दीप निभेका
र, शान्तिका स्वरहरू
गोलीले थिचिएका

विश्वलाई फन्को मार्दा
सुनें मैले –
नक्कली सत्ताका भाषणहरू
झूटका पुलिन्दा र
आडम्बरका महलहरू
जहाँ –
गरिबको आवाज
प्रतिगमनको तुँवालोमा हराएको छ

विश्वलाई फन्को मार्दा
महसुस गरें मैले –
देशभक्तिको नाउँमा
हिंसाका झण्डाहरू उठेका छन्
माटोको माया भन्दै
रगतका खोलाहरू बगिरहेका छन्
आदर्शको चितामा
स्वार्थका अग्नि जलिरहेका छन्

विश्वलाई फन्को मार्दा
अचम्म लाग्यो –
किन सत्यको शिर झुकेको?
किन झूटको सिंहासन अडिएको?
किन बाँच्न पाउने हक
हतियारको थाप्लामा झुकेको?

विश्वलाई फन्को मार्दा
जागें म –
मुटुमा आगो सल्काउँदै
सत्यको ब्यानर उठाएँ
समानताको नारा घन्काएँ
शान्तिको झिल्का फैलाएँ

विश्वलाई फन्को मार्दा
पाए मैले –
एक नयाँ बिहान
जहाँ मान्छेहरू नतमस्तक छैनन्
स्वाभिमानको लहर उठेको छ
अनि
अमानवताको जङ्गलमा
मानवता फुल्न थालेको छ

विश्वलाई फन्को मार्दा
सपना नटुटोस्
आशा नझुकोस्
र
प्रेमको आवाजले
घृणालाई निलिदियोस्

०००
ललितपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कविता विश्वलाई फन्को मार्दा सत्यजीत

यो पनि पढ्नुहोस्...

कविता: हिम्मत

कविता: अनुभव

कविता: नारी मुटुको शल्यक्रिया

मातातीर्थ औंसी विशेष कविता: आमा

मातातीर्थ औंसी विशेष कविता: अन्तरंग भाव

मातातीर्थ औंसी विशेष कविता: चुलोभित्र बलिरहेकी आमा

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: सपना

कथा: पश्चात्ताप

पाक्षिक लघुकथा अभियान – अंक ०७

कथा: स्वास्नी

भर्खरै

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२

मेरो संसार

बैशाख २३, २०८२

हतियार

बैशाख २३, २०८२

फुर्सद

बैशाख २३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.