मेरो मौनताको पर्दा
सुस्तरी सुस्तरी चिर्दै
तिमी मेरो मनको
आँखीझ्याल उघार्न
सफल भएका हौ।
जब पुग्यौ आँखीझ्याल नजिक
र गर्यौ दृश्यावलोकन
त्यहाँ तिमीले चाहे जस्ता
सुन्दर र कलात्मक दृश्य थिएनन्।
जब देख्यौ असिनाले चुटेर
छियाछिया परेका फर्सीका पातझैँ
मेरा मनका व्यथाहरू,
र भेट्यौ चकनाचुर ऐनाझैँ
मेरो जिन्दगी।
जुन ऐनामा तिमी
आफ्नो सुन्दर मुहार हेरेर
मुस्कुराउन सक्ने थिएनौ।
त्यसैले तिमीलाई लाग्यो होला
व्यर्थै चिरेछु त्यो पर्दा
र चियाएँ आँखीझ्यालबाट
तर देख्न चाहेको दृश्य त्यो थिएन।
सायद,
त्यसै कारण अब तिमी मौन छौ
एकदमै मौन।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।