रहेन भूमि भूमि,
अब परिणत भयो रणभूमिमा।
रहेन अब साझा फुलबारी,
परिणत भयो मरुभूमिमा।
के सपना देखेकी थिइन् आमा नेपालले,
के देखाए उनका पुत्रहरूले?
चलेनी हावा तन्त्र–तन्त्रको,
छोएन कसैलाई केही मन्त्रले।
रहेनछ कसैलाई प्रेम देशको,
मोह रहेछ सबैलाई
आफ्ना सुख र सोखको।
कतै जलाइन्छन् पत्रकार,
कतै मारिन्छन् सोझा जनता।
सोचेथेँ बसन्तमा पालुवा पलाएझैँ
पलाउलान् नयाँ उमङ्ग,
रहेछु म त भ्रममा।
किनकि,
खुनका आँसु बगाइरहेकी छिन् आमा नेपाल —
आज, देखेर आफ्नै सन्तान।


